नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार आचारसंहिता विपरीत गतिविधी गरेको भन्दै दुईजना पत्रकारमाथि कारबाही अघि बढाएको छ।
आसन्न स्थानीय तह निर्वाचनमा राजनीतिक पार्टी र उम्मेदवार विशेषका लागि सामाजिक सञ्जालमार्फत मत मागेको भन्दै पत्रकार जीवछ यादव ‘उदासी’ र फिरोज सिद्धिकीलाई स्पष्टिकरण सोधेर कारबाही सुरु गरिएको महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले जानकारी दिए।
अध्यक्ष मनोज वनैताले जारी गरेको विज्ञप्तिमा ‘पत्रकारद्वय यादव र सिद्धिकीले सामाजिक सञ्जालमार्फत व्यक्ति विशेष तथा पार्टीको मत मागेको गुनासाहरु आएकाले त्यसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘पत्रकारद्वय यादव र सिद्धिकीलाई किन करबाही नगर्ने सम्बन्धमा महासंघ कार्यसमितिले स्पष्टिकरण सोधेको छ।
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गतफोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुनर्जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीजपुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
फोक्सिन्टारमाबेलिब्रीजपुनर्जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।
गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीजपुनर्जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।
नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीजपुनर्जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।
इन्जिनियर गोलेका अनुसार बेलिब्रीजपुनर्जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्याउने देखिएको कार्यालयले जनाएको छ।
उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थितझोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।
उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फखोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।
डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।
पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारको बेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।
त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।
तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...