दृष्टिविहीन भन्छन्ः हाम्रो मताधिकार सुरक्षित भएन
१६ वैशाख २०७९
•
३ मिनेट पाठ
दृष्टिविहीन भन्छन्ः हाम्रो मताधिकार सुरक्षित भएन
पोखरामा शुक्रबार मताधिकारबारे भनाई राख्दै दृष्टिविहीन रुबिना घिमिरे। तस्बिरः सन्देश/नागरिक
पोखराका पुष्पराज बराल दृष्टिविहीन छन्। उनी यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आठौं पटक मताधिकार प्रयोग गर्दैछन्। तर उनलाई यसपटक मतदान गर्ने मन छैन। किनकी उनलाई आफ्नो मताधिकार सुरक्षित नभएको महसुस छ।  




उनी भन्छन्, ‘आठौं पटक मतदान गर्न जाँदा पनि मैले आफैले भोट हाल्न पाउँदिन। यसपटक पनि मैले मेरो भोट अर्कैलाई हाल्न लगाउनुपर्ने बाध्यता छ। यसले मेरो भोट कसरी सुरक्षित हुन्छ?।’आफूले एउटालाई हाल भन्दा अर्कैलाई हालिदियो भने? उनी थप्छन्, ‘त्यसैले निर्वाचन आयोगले जबसम्म आफैँले भोट हाल्ने वातावरण मिलाउँदैन तबसम्म हामी दृष्टिविहीन कोहीपनि भोट हाल्न नजाऔं।’

अर्का दृष्टिविहीन चेतप्रसाद भण्डारी पनि मताधिकार सुरक्षित मात्र नभई कसलाई मत दियो भन्ने गोपनियता पनि नरहने अवस्था प्रति चिन्ता व्यक्त गर्छन्। दृष्टिविहीन आफैले भोट हाल्ने व्यवस्था हुनुपथ्र्यो’ ,उनले भने, ‘नत्र त हाम्रो भोट अर्कैले हाल्दा आफूले चाहेको उम्मेदवारलाई भोट नजाने सम्भावना त छँदैछ। अर्कोतिर जसले हाम्रो भोट हालिदियो उसले सार्वजनिक गरिदियो भने?’ त्यसैले आफूहरुको मताधिकारको गोपनियता सुरक्षित नरहने अवस्था रहेको उनको भनाई छ।

बराल र ढकाल मात्र होईन अपांगता स्वाबलम्वन विकास संघ (डिडा) नेपालले शुक्रबार पोखरामा आयोजना गरेको ‘अपांगता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको विकासका निम्ति सम्बन्धित सरोकारवालाहरुबीच नीतिगत सम्वाद’ विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि दृष्टिविहीन सहितका अपांगता भएका व्यक्तिहरुले निर्वाचनमा आफूहरुको मताधिकार सुरक्षित नहुनुका साथै गोपनीयता पनि नभएको बताएका हुन्। आफूहरुको मताधिकार र गोपनीयता सुरक्षित गर्नका लागि राज्य, निर्वाचन आयोग, दलहरु, नेताहरु, नागरिक समाज लगायतलाई उनीहरुले आग्रह गरे।

कार्यक्रममा बोल्दै दृष्टिविहीन रुविना घिमिरेले राजनीतिक पहुँच नपुग्दा अपांगता भएकाहरुको चुनावी अधिकार सुरक्षित नभएको टिप्पणी गरिन । जसका कारण आफूहरुले दुःख पाएको उनको गुनासो छ। ‘चुनावमा भोट हाल्न जाँदा बाटोको समस्या, भोट हाल्दा आफैले हाल्न नसक्ने समस्या, हालेपछि गोपनियता भंग हुने खतरा हुन्छ,’ उनले भनिन्। त्यसैले राजनीतिक पहुँच पु¥याएर समाधान खोज्नुपर्ने उनको भनाई छ।

दृष्टिविहीन शेरजंग गुरुङले दलहरुले जारी गर्ने घोषणापत्रपनि आफूहरुले पढ्न नपाएको गुनासो गरे। चुनावमा मताधिकार सुरक्षित नहुने, गोपनीयता भंग हुने सम्भावना त छँदैछ,उनले भने, ‘हामीले उम्मेदवारका घोषणा पत्रपनि पढ्नबाट बञ्चित भयौं, यो त सरासर अन्याय हो।’

सुस्त श्रवण अपांगता भएका शक्तिप्रसाद लामिछानेले आफ्नो दोभासे दीलमाया गुरुङमार्फत चुनावमा भोट हाल्न लाइन बस्दा झञ्झट र दुव्र्यवहार बेहोर्नुपर्ने स्थिति रहेको बताए। ‘हामी भोट हाल्न बस्छौं तर हामीलाई राम्रो व्यवहार हुँदैन,’ उनले भने।
राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका प्रतिनिधि निरज गिरीले निर्वाचनमा मताधिकार सुरक्षित गर्ने, गोपनीयता कायम राख्नेसम्म मात्र नभई मतदान सहज रुपमा गर्ने वातावरणपनि निर्माण गरिनुपर्ने बताए। ‘मतदान स्थलमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै लाईन हुन्छ तर अपाङ्गता भएका हाम्रो लागि छुट्टै लाईन हुँदैन। अब हाम्रो लागि पनि छुट्टै लाईन हुनुपर्‍यो,’ उनले भने।

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष अञ्जना केसीले भने चुनाव बहिस्कार गर्ने भनाई सहि नभएको बताईन्। माग पूरा नभएपनि चुनाव बहिस्कार गर्नु उचित नहुने भन्दै उनले भनिन्, ‘भोट नहाल्ने होईन हालौं, मताधिकार सुरक्षित गरौं अहिले, जितेपछि उहाँहरुलाई भेटेर हामीले तपाईंलाई भोट हालेर जितायौं, अब हाम्रो माग पूरा गर्नुपर्छ भनेर दवाब दिऔं।’

डिडा नेपालका प्रदेश अध्यक्ष दीपक तिमिल्सिना, शिक्षाका लागि नागरिक राष्ट्रिय अभियान गण्डकी प्रदेश संयोजक ईन्दिरा पौडेल, स्वाबलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङ लगायतले संविधानले अपांगता भएकाहरुको अधिकार सुनिश्चित गरेपनि व्यवहारिक कार्यान्वयन नहुँदा अपांगता भएकाहरुको समस्या ज्यूँ का त्यूँ रहेको बताए। अपांगता भएकाहरुको समस्या समाधान गर्न राज्य र दलहरु जिम्मेवार बन्नुपर्ने उनीहरुको भनाई थियो।
अर्को समाचार
दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव: बादलमाथि उड्ने सपना पूरा भयो
१५ साउन २०८०
•
३ मिनेट पाठ
दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव: बादलमाथि उड्ने सपना पूरा भयो
प्याराग्लाइडिङ साहसिक खेलका रुपमा चिनिन्छ। साहसिक खेलकुदमा रमाउनेले मात्रै यो गर्छन्। अधिकांश भने प्याराग्लाइडिङ गर्न डराउँछन्। अर्थात् प्याराग्लाइडिङ गर्न जो कोहिले आँट नै गर्दैनन्।  तर आँट, हिम्मत र साहस भयो भने सजिलै गर्न सकिन्छ भन्ने उदाहरण दृष्टिविहीनले प्रस्तुत गरेका छन्।




सोमबार पोखराको आकाशमा दुई विदेशीसहित १२ जना हावामा कावा खाँदै प्याराग्लाइडिङ अनुभव बटुले। ती मध्ये १० जना दृष्टिविहीन थिए। यसको चाँजोपाँजो मिलाएको थियो ‘ब्लाईन्ड रक्स’ नामक संस्थाले। दृष्टिविहीन होस् वा अपाङ्गता भएका जो कोही पनि सक्षम हुन्छन् भन्ने सन्देश दिनका लागि आफूहरूले सामूहिक प्याराग्लाइडिङ गराएको ब्लाईन्ड रक्सकी संस्थापक सृष्टि केसीले बत्ताइन्। ‘जीवनको उचाईमा पुग्न वा जीवनको सफलता चुम्नका लागि अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्याराग्लाइडिङ गरेर दिनु थियो,’ उनले भनिन्, ‘त्यसमा हामी सफल भएका छौं।’

व्यक्तिगत रुपमा आफ्नो प्याराग्लाइडिङको दोस्रो अनुभव भएको बताउँदै उनले भनिन्, ‘४–५ वर्ष अघि मैले पहिलो पटक प्याराग्लाइडिङको अनुभव लिएकी थिए। त्यति बेलादेखि नै म मा आत्मविश्वास, एउटा सकारात्मक सोच र उत्साह भरेको थियो। त्यसैले यो म आफूमा मात्र सीमित गर्न चाहन्न थिए। आज आफ्नै संस्थामार्फत अन्य ११ जनालाई यो अवसर प्रदान गर्न सफल भयौँ।’

प्याराग्लाइडिङ गर्दाको अनुभव शब्दमा व्यक्त गर्न नसकिने खालको भएको उनले बत्ताइन्। जीवनमा ‘जो कोहिको सपना हुन्छ कि बादल भन्दा माथि माथि उड्ने,’ उनले थपिन्, ‘म आज त्यही सपना पूरा गरिरहेकी थिए। म बादललाई स्पर्श गरिरहेकी थिए। आकाशमा हावामा कावा खाँदै उड्दा आफूले सुन्दर पोखरालाई नजिकबाट अनुभूति गरेको बत्ताइन्। ‘उड्दै गर्दा पाइलटले गरेको व्याख्या, मन्द न्यानो घाम, सितल हावालाई मैले मनबाटै महसुस गरे। त्यसलाई मैले मनको दृश्यमा कैद गरे। मैले साँच्चिकै सुन्दर पोखरालाई नजिकबाट अनुभूति गरे,’ उनले भनिन्, ‘आँखाले नदेखेपनि भित्री मनले पोखरा देख्न पाए।’

जीवनमा उचाईमा पुग्न, जीवनमा सफलता हात पार्न दृष्टिविहीनमा सीमित हुन नहुने सृष्टि बताउँछिन्। ‘त्यो भयो भने हामी माथि उठ्न सक्छौँ। त्यो भन्दा माथि उड्न सक्छौँ,’ उनले भनिन्। ‘जीवनमा सपना देख्नका लागि आँखा होइन, हिम्मत चाहिन्छ’ भन्दै उत्प्रेरणा भर्ने सृष्टि आत्मबल भयो भने मान्छे कहिल्यै अपाङ्गता र दृष्टिविहीन नहुने बताउँछिन्। उनी भन्छिन्, ‘आत्मबललाई सबल पक्ष ठानेर, मानेर अघि बढ्नु पर्छ। यसो भयो भने कुनैपनि पक्षमा हामी पछि पर्दैनौँ र पर्नु पनि हुँदैन।’

सृष्टिसँगै प्याराग्लाइडिङ गर्ने काठमाडौं मूलपानीकी सुनिता दवाडीले प्याराग्लाइडिङ गर्दा आफूहरूले सोच्दै नसोचेको सफलता चुमेजस्तो अनुभूति गरेको बत्ताइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरको रुपमा काम गर्ने सुनिताको यो प्याराग्लाइडिङको पहिलो अनुभव थियो। उड्नुअघि के होला र कसो होला भनेर मनमा कुरा खेलाएकी उनले भनिन्, ‘प्याराग्लाइडिङका बारेमा धेरै थरी कुरा सुनेकी थिए। गर्ने बेला के होला भन्ने लागिरहेको थियो। तर आकाशमा हुँदा एकदम रमाइलो भयो। हावाको प्रेसर (चाप)ले माथि माथि गएको, तल झरेको सबै थाहा हुँदो रहेछ।’ अरूले उडेको सुन्दा आफूलाई पनि उड्न मन लागेको बताउने उनी भन्छिन्, ‘उहिलेदेखि नै उड्ने प्लान थियो। कहिले उड्न पाइएला भन्ने लागेको थियो। आज बल्ल पूरा भयो।’

प्याराग्लाइडिङ भन्ने बित्तिकै डरलाग्दो हुन्छ भन्ने ठानेकी बागलुङ घर भई पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा अध्ययनरत चाँदनी शर्मा पनि प्याराग्लाइडिङ गर्दाको अनुभव जीवनकै सबैभन्दा अविस्मरणीय रहेको बताउँछिन्। आकाशमा के हुन्छ होला, कस्तो हुन्छ होला भन्ने डरले सताइरहेको थियो,उनले भनिन्, ‘तर गाडीको सिटमा बसेर यात्रा गरेजस्तो मात्र भयो। फ्रेस हावाले मन नै आल्हादित भयो। यो अनुभवलाई म शब्दमा वर्णन गर्न सक्दिन।’ जीवनमा हावामा कावा खाँदै बादलको माथि माथि आकाशमा उडिएला भनेर त मैले कहिल्यै सोंचेकै थिईन,’ उनले भनिन्, ‘तर आज एक्कासि पूरा भयो। मेरो त खुसीको सीमा नै छैन।’
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस