काठमाडौं– 'मेरोे बाइक चोरी भयो,' हातमा हेल्मेट लिएका एकजना युवा हतासिदै चिच्याए। उनी केही पर उभिएका ट्राफिक छेउ हुत्तिदै पुगे र उही कुरा दोहोर्याए–'सर भर्खर मेरो बाईक चोरी भयो।'
प्रहरीलाई मोटरसाइकल हराएको गुनासो सुनाउन पुगेका ती युवाले पछि बुझे उनको मोटरसाईकल प्रहरीले उठाएर बग्गी खाना लगेको रहेछ।
'तपाइँको बाईक बग्गी खाना पुग्यो,' ट्राफिक व्यवस्थापनमा खटिएका जनसेवा प्रभाग विशाल बजारका ट्राफिक इन्चार्ज दुर्गाबहादुर कार्कीले उनलाई सम्झाए, 'ब्लुबुक, लाइसेन्स र एकहजार सडक पार्किङ जरिवाना लिएर बग्गीखाना जानुस्।'

न्युरोड खिचापोखरीबाट बुधबार काठमाडौं महानगरपालिका र प्रहरी टोलीले सडकमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल नियन्त्रणमा लिएको हो। न्युरोड क्षेत्रमा सवारी चापका कारण पार्किङ ठूलो समस्या बनेको छ।
भिडियोः