काठमाडौं- जुलाई ३०, २०१५, बिहान ७:०० बजे। अर्थात् अबको ठिक ८ दिनपछि उनलाई फाँसीमा झुन्ड्याउन भारत, महाराष्ट्र राज्यसरकारले तोकेको मृत्युको 'डेटलाइन' हो यो। २२ वर्षअघि भारत, मुम्बईमा भएका शृंखलाबद्ध बम हमलाका योजनाकार मानिएका याकुब मेमनलाई अदालतले सन् २००७ मै मृत्युदण्ड सुनायो।
घटनाको एक वर्षपछि पाकिस्तानबाट काठमाडौं आएका उनी त्रिभुवन विमानस्थलमा पक्राउ परे पनि भारतीय अधिकारीले उनी मुम्बई रेलवे स्टेसनबाटै पक्राउ परेको अदालतमा दाबी गरेका थिए। याकुबले आफू काठमाडौंबाट पक्राउ परेको बताउँदा पनि कसैले पत्याएनन्।
अदालतको मृत्युदण्ड सजायविरुद्ध उनी राष्ट्रपति कार्यालय गए, अपिल गरे तर सुनुवाइ भएन। त्यसपछि सर्वाेच्च। आफू आत्मसमर्पणकै लागि काठमाडौं हुँदै भारत आउन लागेको र काठमाडौंमै पक्राउ गरेको दाबी गर्दैै याकुबले मृत्युदण्ड सजाय खारेज गरेर जन्मकैद सुनाउन माग गरे अदालतसँग।
अन्ततः सर्वाेच्चले पनि उनको कुरा पत्याएन र मंगलबार निवेदन खारेज गर्योर। अन्ततः मृत्युदण्ड अवश्यम्भावी बन्यो।
वास्तवमा उनी काठमाडौंमै पक्राउ परेका थिए र पछि भारत पुर्याखइएका थिए।
कसरी समातिएका थिए याकुब
विसं २०५१, साउन १३। बिहान ११ बजे।
पाकिस्तानी एयरलाइन्सबाट पाकिस्तानको कराँची हुँदै त्रिभुवन विमानस्थलमा यात्रु बाहिरिँदै थिए।
हल्का दाह्री पालेका एक युवकको मुहारले प्रहरीको ध्यान तान्यो।
विमानस्थलबाट भित्रिने यात्रुमाथि सुरक्षा जाँचमा त्यति कडाइ नहुने भए पनि प्रहरीले ती युवकलाई भने विशेष निगरानीमा राख्यो। उनी विमानस्थलको लगेज लिने स्थानमा आए।
विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीले ती युवकलाई रोके र उनको रादहानी मागे। उनले पाकिस्तानी राहदानी दिए। प्रहरीले उनको सुटकेस खोतले, मेरी बास्सै! त्यहाँ त एउटा होइन, पाकिस्तानी राहदानीको चाङै पो भेटियो।
'अन्यको तुलनामा पाकिस्तानबाट आउने यात्रुमाथिको सुरक्षा निगरानीमा कडाइ गर्न निर्देशनै हुन्थ्यो,' २२ वर्षअगाडिको घटना स्मरण गर्दै त्यस समय विमानस्थल रहेका एक सुरक्षाकर्मीले भने, 'विमानबाट उत्रिएदेखि ती युवकले अलि असहज व्यवहार देखाउँदा सहजै हाम्रो नजरमा परेका थिए।'
तत्कालीन विमानस्थल सुरक्षाप्रमुख रमेशचन्द ठकुरीले तत्कालीन प्रहरी महानिरीक्षक मोतिलाल बोहोरालाई घटनाबारे जानकारी गराए। जानकार अधिकारीका अनुसार बोहोराले उनलाई नियन्त्रणमै राख्न निर्देशन दिए।
विमानस्थलमा पाकिस्तानी नागरिक प्रहरीको नियन्त्रणमा रहेको र उनको साथमा अन्य धेरै राहदानी भएको खबर लैनचौरमा रहेको नेपालस्थित भारतीय दूतावासका अधिकारीसम्म पुग्न समय लागेन।
दूतावासका अधिकारी लगत्तै दलबलसहित विमानस्थल पुगे। भारतीय अधिकारीसँगै रहेका भारतीय सुरक्षाकर्मीले उनलाई देख्नासाथ पहिचान गरिहाले। उनी थिए– २ सय ५७ जनाको ज्यान जाने गरी मुम्बईमा सन् १९९३ मा भएको शृंखलाबद्ध बम विष्फोट घटनामा संलग्नमध्ये एक मुख्य आरोपित याकुब मेमन।
'अन्य यात्रुलाई झैं प्रहरीले उनको सुटकेस हेरेको थियो, त्यतिबेला कतैबाट उनीबारे कुनै जानकारी आएको थिएन र उनी हाइप्रोफाइल क्रिमिनल हुन् भन्ने थाहा थिएन,' तत्कालीन घटनाबारे जानकार एक सुरक्षा अधिकारीले भने, 'उनको सुटकेसमा भएको पाकिस्तानी राहदानीका कारण नियन्त्रणमा लिएका थियौं,' भारतीय दूतावासका अधिकारीले उनको पहिचान गरेपछि उनको वास्तविकता खुल्यो।'
भारतीय सुरक्षा अधिकारीले उनको पहिचान गरेपछि विमानस्थलको माहोल बदलियो। भारतीय दूतावासका अधिकारी र सुरक्षा अधिकारीको दौडधुप बढ्यो। लगत्तै उनलाई कडा सुरक्षा घेरामा राखियो र विमानस्थलभित्रै भारतीय सुरक्षाकर्मीले सोधपुछ थाल्यो।
उनको सुटकेसमा फेला परेका राहदानीमध्ये एउटा टाइगर मेमनको नाममा थियो जसलाई भारतीय सुरक्षा संगठनले मुम्बई बम विष्फोट घटनाको मुख्य योजनाकार सूचीमा राखेको थियो। विष्फोटको अनुसन्धानमा डी. कम्पनीका प्रमुख दाउद इब्राहिम घटनाको योजनाकार खुलेको थियो भने टाइगर योजनाकार र आर्थिक संकलक।
याकुब उनै टाइगरका भाइ थिए जो घटनालगत्तै परिवारसहित भागेर दुबई हुँदै पाकिस्तान पुगेका थिए।
विमानस्थलका तत्कालीन सुरक्षा प्रमुख चन्दसमक्ष मेमनलाई प्रधान कार्यालयबाट आएको टोलीलाई बुझाउन निर्देशन आयो। चन्दले निर्देशनअनुसार सादा पोसाकमा आएको प्रहरी टोलीलाई हस्तान्तरण गरे।
त्यसको आठ दिनपछि २०५१ साउन २१ मा भारतीय सञ्चार माध्यमले लेखे, 'मुम्बई बम विष्फोटका मुख्य आरोपित याकुब मेमन मुम्बईको रेलवे स्टेसनमा पक्राउ परे।'
२१ वर्ष पुरानो घटनाबारे जिज्ञासा राख्दा चन्दले याकुब नेपालको विमानस्थलमा पक्राउ परेको पुष्टि गरे। सुटकेस जाँच गर्दा धेरै राहदानी फेला परेपछि नियन्त्रणमा लिएको र थप अनुसन्धानका लागि त्यसबेला हेडक्वाटरको टोलीले लगेको उनले जानकारी दिए।
'र्याकन्डम चेकिङ क्रममा सुटकेसमा धेरै राहदानी देखेपछि उनलाई विमानस्थलमा नियन्त्रणमा लिइएको थियो,' घटनाबारे स्मरण गर्दै चन्दले नागरिकसँग भने, 'हेडक्वाटर टोलीले अनुसन्धानका लागि लगेको थियो।'
... ... ...
मार्च १२, १९९३ मा साढे १ देखि साढे ३ बजेबीच मुम्बईका विभिन्न स्थानमा शृंखलाबद्ध १२ वटा बम विष्फोट गराइएको थियो जसमा २ सय ५७ जनाको ज्यान गयो भने ७ सय १३ जना घाइते भए।
अनुसन्धानमा बाबरी मस्जिद भत्काएको प्रतिशोधमा मुम्बईमा सक्रिय माफिया समूह डी. कम्पनीका प्रमुख दाउद इब्राहिमको योजनामा उक्त हमला भएको र उनलाई याकुबका दाजु टाइगरलगायतले सघाएको खुलेपछि केन्द्रीय अनुसन्धान ब्युरोले याकुबसहित १ सय ९० जनालाई घटनाको अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो।
घटनाको दिन याकुब मुम्बईमै थिए। दोस्रो दिन उनी परिवारसहित दुबई हुँदै पाकिस्तान पुगेकाको अनुसन्धानमा खुल्यो। चार्टर एकाउन्टटेन्टसमेत रहेका याकुबलाई होटल ताजमा योजना बन्दा सँगै रहेको, विष्फोटक सामग्रीका लागि आर्थिक स्रोत जुटाएको, आफैं बम राखेको लगायत सिबिआईको आरोप थियो।
बम विष्फोट घटनाका दोषीको सूचीमा राखेर खोजी सुरु भए पनि उनी पाकिस्तानमा परिवारसाथ बसेर निर्माण व्यवसायमा सक्रिय थिए। घटनाको एक वर्षपछि काठमाडौं विमानस्थलमा ओर्लिंदा पक्राउ परेका उनी भारत पुर्यासइए र लामो बहसपछि घटनाको मतियार ठहर्यािउँदै उनलाई अदालतले टाडा कानुनअनुसार मृत्युदण्ड सजाय सुनायो।
उनले आफू मुम्बईको रेलवे स्टेसनमा नभई आत्मसर्मपण गर्न भारत आउने क्रममा नेपालको काठमाडौंमा पक्राउ परेको दाबी गर्दै मृत्युदण्डको फैसला बदर गर्न भारतीय राष्ट्रपति कार्यालयमा निवेदन हाले। राष्ट्रपति कार्यालयले निवेदनको सुनुवाइ नगरेपछि उनी मृत्युदण्डको फैसला रोक्न भारतको सर्वोच्च अदालतमा पुगे। अदालतले मंगलबार उनको निवेदन खारेज गरेपछि ८ दिनपछि उनै मेमनको फासी निश्चित भएको हो।
भारतको महाराष्ट्र सरकारले उनको फाँसीको समय सार्वजनिक गरिसकेको छ–
जुलाई ३०, बिहान ७ बजे।