इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा रहेका १ जना थुनुवालाई प्रतिबन्धित औषधि पुर्याउने ३ जना पक्राउ परेका छन्।
थुनामा रहेका पथरीशनिश्चरे–२ का २२ वर्षीय रूपन राईलाई पथरीशनिश्चरे नगरपालिका–४ का २० वर्षीय सन्दीप लिम्बू, २१ वर्षीय सागर राई र पथरीशनिश्चरे–२ का १९ वर्षीय दीपक लिम्बूले प्रतिबन्धित औषधि दिन खोजको मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।
वैशाख ६ गते पक्राउ परेका रूपनलाई अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर उर्लाबारी प्रहरीले अनुसन्धान गरिरहेको छ।
थुनामा रहेका रूपनलाई भेट्न र कपडा पुर्याउन भनेर पुगेका उनीहरुले कपडाभित्र राखेर प्रतिबन्धित औषधि दिन खोजेको प्रहरीले जनाएको छ। थुनुवालाई दिन लागेको कपडा चेक गर्दा कपडाभित्र प्रतिबन्धित औषधि स्पासपेन ३ चक्की र डिस्पोक्यानन् अल्कोहल स्वार्ड ३ प्याकेट फेला परेको छ। ३ जनालाई पक्राउ गरी हिरासतमा राखेर अभद्र व्यवहार मुद्दामै अनुसन्धान थालेको प्रहरीले जनाएको छ।