खोटाङ– सुस्तमनोस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा खोटाङमा एक बृद्ध कारागार चलान भएका छन्।सुस्तमनस्थितिकी २४ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा पक्राउ परेका नुनथला–५ का ६१ वर्षीय लाखमान तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। गत असार–८ गते पक्राउ परेका तामाङलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतले जनाएको छ। असार–६ गते भएको उक्त बलात्कारको घटनाको आरोपमा तामाङबिरुद्ध असार–१० गते जबरजस्ती करणी महल अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। सुस्तमनस्थितकी महिलालाई जबरजस्ती गरेको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बाक्लिसामा उजुरी दिएका थिए।
बलात्कारको शिकार भएकी युवतीको हाईमन च्यातिएको र ६ वटा टाँका लगाईएको जनाइएको छ । पिडितलाई महिला तथा वालवालिका कार्यालयले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो। युवतीको जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो।