बैशाखको कालोपत्रे असारमै उक्कियो
०७ साउन २०७२
•
८ मिनेट पाठ
बैशाखको कालोपत्रे असारमै उक्कियो
इलाम–बहुप्रतीक्षित र बहुआयामिक महत्वको नेपालटार–मंगलबारे सडकमा ११ करोड रुपैयाँ खर्चेर गरिएको कालोपत्रे तीन महिनामै उक्किएको छ । इलामको दोस्रो ठूलो व्यापारिक केन्द्र मंगलबारे यो सडकमा बैशाखमा गरेको कालोपत्रे असारमै उक्किएको हो ।१२ किलोमिटरमा गरिएको कालोपत्रे उक्किएर सडक रोपाईं गर्नलायक हिलाम्य भएको छ भने सरकारी लगानी खेर जा"दा स्थानीय आक्रोशित छन् ।सूर्य कन्ट्रकसन कम्पनीद्वारा ११ करोड रुपैया"मा गरिएको कालोपत्रे तीन महिनामै उक्किएपछि सडकमा सवारी साधन चलाउन पहिलेजस्तै समस्या परेको छ । २०१५ सालबाटै मोटर गुड्न थालेको यो सडक अहिलेसम्म कालोपत्रे नहु"दा दिक्क बनेको स्थानीय बल्लबल्ल भएको कालोपत्रे उक्कि"दा सरकारी निकाय र ठेकेदार कम्पनीप्रति रुष्ट छन् । चित्तबुझ्दो कालोपत्रे हुनुपर्ने चौतर्फी माग छ ।
kalopatre




तीन महिनामै कालोपत्रे उक्किएर हिलाम्य भएको इलामस्थित नेपालटार–मंगलबारे सडक ।
४५ प्रतिशत बिलोमा ठेक्का पारेको कम्पनीले १२ किलोमिटर सडकको झण्डै पुरै खण्ड कालोपत्रे गरेको थियो । त्यो उक्किएर सडकमा हिलो जमेपछि सडकको अवस्था पहिले जस्तै भएको र सरकारी लगानी बालुवामा पानी भएको भन्दै स्थानीय आक्रोशित छन् । गुणस्तरीय कालोपत्रे नहुँदा पत्याउनै नसक्ने गरी छोटो अवधिमै उक्किएको र छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने उनीहरुको माग छ ।

सडकको नेपालटारदेखि शान्तिडाँडा खण्डसम्म दर्जनौं ठाउँ कालोपत्रे उप्किएको छ । केही ठाउँ हिलो जमेको छ । निर्माण कम्पनीले भने बर्षायाममा गुणस्तरीय काम नहुने भन्दै बाँकी काम रोकेको छ । ठेकेदारले इमान्दार काम नगरेको र सरोकारवालाले पनि इमान्दार रुपमा कार्यान्वयन नगराएको आरोप लगाउँदै उद्योग वाणिज्य संघ मंगलबारेका अध्यक्ष मातृका घिमिरेले आपत्ति जनाएका छन् ।

'दशकौं प्रतीक्षा गर्दा बल्ल बल्ल कालोपत्रे भयो, त्यो पनि तीन महिनामै उक्कियो,' सडक ठेकेदार र सरोकारवालाको पैसा कमाउने माध्यम बनेको आरोप लगाउँदै घिमिरेले भने, 'त्यतिका रकम छुट्टिँदासमेत चित्तबुझ्दो काम नहुनु लज्जाको कुरा हो, यसले सरकारी कामको स्तर कतिसम्म घिनलाग्दो हुन्छ भन्ने देखाएको छ ।' सडकमा अहिले पानीको आहाल जम्दा सवारी साधन चल्न समस्या छ ।

नेपालटार–मंगलबारे सडक कालोपत्रे गर्ने काम गुणस्तरीय नभएको स्वीकार्दै पूर्वाञ्चल डिभिजन सडक कार्यालय इलामका प्रमुख शिव दाहाल 'काममा त्रुटी भएको' र 'यसलाई सुधार्न लगाउने' बताउ"छन् । गल्ती लुकाउने कुरा नभएको उल्लेख गर्दै दाहाल भन्छन्, 'गुणस्तरहीन कालोपत्रेबारे ठेकेदार प्रतिनिधि र स्थानीयसँग छलफल भइसकेको छ, मर्मत सुधार गराएर चित्तबुझ्दो भएपछि मात्र जिम्मा लिन्छौं ।'

अघिल्लोपटकको कालोपत्रे उक्किए पनि त्यो बेला सडक कार्यालयले ठेकेदारलाई सुधार गर्न नै नलगाई जिम्मा लिएको थियो । कार्यालयले यसपल्ट ठेकेदार कम्पनीलाई साढे सात करोड भुक्तानी गरिसकेको र बाँकी रकम भने निकासा नै नभएको जनाएको छ । यसपल्ट प्राविधिकहरु भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित भएकाले अनुगमनमा सोचे जति समय दिन नसकेको कार्यालय प्रमुख दाहाल बताउँछन् ।

यता, निर्माण कम्पनीका प्रतिनिधि सोम अधिकारीले भने माटोको बनावटका कारण कालोपत्रेको काम राम्रो नभएको दावी गरेका छन् । 'हामीले राम्रै काम गरेका हौं तर, माटोको बनावटका कारण टिकाउ हुन सकेन,' उप्किएको सडक कम्पनीले मर्मत गरिदिने जानकारी दिंदै अधिकारीले भने 'धेरै ठाउँ काम गरियो, तर यस्तो भएको थिएन ।'

यसअघि पनि सडक कार्यालयले नै ठेक्कामार्फत यो सडकको नेपालटारदेखि एक किलोमिटर कालोपत्रे गरेको थियो । त्यो कालोपत्रे ६ महिना पनि टिकेन । कालोपत्रे गरिएको हो भन्ने नै थाहा नहुने गरी हिलाम्य भएपछि स्थानीयले त्यतिखेर सडकमै रोपाईसमेत गरेर विरोध जनाएका थिए । फेरि कालोपत्रे गरिए पनि उस्तै अवस्था आएपछि स्थानीय सरकारले गर्ने विकासे कामप्रति नै असन्तुष्ट छन् । २०१५ सालदेखि नै यस सडकमा गाडी गुडे पनि हालसम्म सडकको अवस्था नसुध्रिएको स्थानीय बताउँछन् । मंगलबारेका ६५ वर्षीय निरानन्द गजुरेल भन्छन्, '१५ सालमा गाडी चलेको सडकमा बल्ल–तल्ल कालोपत्रे भयो, तर तीन महिना पनि टिकेन ।' यसअघि २०६२ सालमा पनि नेपालटार–मंगलबारे सडकमा कालोपत्रे गरिएको थियो तर केहि महिनामै कालोपत्रेको नामोनिशान हराएको थियो ।

निर्माण कम्पनीले निर्माण सामग्री कमसल प्रयोग गरेका कारण यत्ति छिटो कालोपत्रे उप्किएको स्थानीय बताउँछन् । स्थानीयले नेपालटार–मंगलबारे सडक निर्माण अनुगमन समिति पनि बनाएका छन् । तर, स्थानीयको प्रयास डिभिजन सडक कार्यालय र ठेकेदारको लापर्वाहीले व्यर्थ भएको अनुगमन समितिका सदस्य मनकुमार श्रेष्ठ बताउँछन् । १५ वर्षयता मात्र यस सडकमा करोडौं रुपैंयाँ बजेट विनियोजन भए पनि सदुपयोग नहुँदा सडकको अवस्था जस्ताको त्यस्तै रहेको उनी बताउँछन् ।

सडक कार्यालयको हेलचेक्र्याईकै कारण अहिलेसम्म भएका सबै काम राम्रो हुन नसकेको बताउँदै श्रेष्ठले भने , 'हामीले शुरुमै कालोपत्रे राम्रो नभएको ठहर गरेर ठेकेदारलाई कुरा राखेका हौं । तर पेलिंदै गएपछि मुनिबाट अलकत्र निस्किएर कालोपत्रे बलियो हुन्छ भन्थे, तर सडक रोपाई गर्न मिल्ने भएको छ ।' नेपालटार–मंगलबारे सडकका नाममा सडकभरी पैसा विच्छ्याउँदा पुग्ने गरी पैसा आएको भए पनि काम भने हुन नसकेको स्थानीय बताउँछन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस