तनहुँमा आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका ११५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार जिल्लाका १० स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्।
गत आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लाभर एक हजार ७५१ जनाले उम्मेदवारी दिएका थिए। अब जिल्लामा एक हजार ६३६ उम्मेदवार भिड्ने भएका छन्। निर्वाचनबाट जिल्लाका १० स्थानीय तहको ८५ वडामा ४४५ जना मात्र जनप्रतिधिका विजयी हुनेछन्।
शुक्रबार १४ जना स्थानीय तहको प्रमुखका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय तनहुँको प्रमुख हरि ढकालले जानकारी दिए। उनका अनुसार चार जना उपप्रमुखको उम्मेदवारी फिर्ता भएको छ। स्थानीय तहको प्रमुख बन्नलाई ७२ जना र उपप्रमुख बन्नलाई ५६ जनाले उम्मेदवारी दिएका थिए। शुक्रबारको उम्मेदवारी फिर्तासँगै प्रमुख पदमा ५८ जना र उपप्रमुखमा ५२ जना चुनावी मैदानमा भिड्नेछन्। ४६ जना वडाध्यक्ष, ३५ जना वडा सदस्य, महिला सदस्य १२ र दलित महिला सदस्य चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका कमल गैरे र जनता समाजवादी पार्टीका पुण्यबहादुर हिराचनको उम्मेदवारी फिर्ता भएको छ। उपमेयरमा एकीकृत समाजवादीकी रेखा थापा बस्यालले पनि उम्मेदवारी फिर्ता लिएकी छन्।
व्यासको मेयरमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी पार्टीका शंकरनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेदवारी दिएका वृषराज श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
भिमाद नगरपालिकाको मेयरममा कांग्रेसबाट उम्मेदवारी दिएका निरञ्जन खनालले फिर्ता लिएका छन्। उपमेयरमा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी मधुमाया ढकालले पनि फिर्ता लिइन्। भानुको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हरिबहादुर क्षेत्रीको उम्मेदवारी फिर्ता भएको छ।
देवघाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका तीन जनाले फिर्ता लिएका छन्। माओवादी केन्द्रबाट शुसिला नेपाल, स्वतन्त्रबाट हिमालय पौडेल र सुकलाल गुरुङको उम्मेदवारी फिर्ता भएको छ। बन्दीपुरको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका मानकाजी श्रेष्ठ र केशव अधिकारी, घिरिङको अध्यक्षबाट माओवादी केन्द्रका हरिहर अधिकारी, म्याग्देको अध्यक्षबाट स्वतन्त्र उम्मेदवारी दिएका हिमकुमार मल्ल र आँबुखैरेनीमा स्वतन्त्र उम्मेदवारी दिएका कर्णबहादुर गुरुङले उम्मेदवारी फिर्ता लिएका छन्। बन्दीपुरको उपाध्यक्षमा एमालेबाट फुलमती थापा र स्वतन्त्रबाट लक्ष्मी गौतमको उम्मेदवारी फिर्ता भएको छ।