चितवन–नवलपरासी प्रहरीले बालक बली दिएर मारेको आरोपमा शनिबार पाँचजनालाई पक्राउ गरेको छ । नवलपरासी कुडिया गाविस-४ का १० वर्षीय जीवन कोहारको लाश बिहीबार झाडीमा फेला परेको थियो ।सोध खोज गर्दै जाँदा सो बालकलाई बली दिएर मारेपछि लाश झाँडीमा फ्याँकेको पत्ता लागेको नवलपरासी प्रहरीले शनिबार जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ । कुडियाका कोदइ हरिजनका १८ वर्षीय छोरा विजय हरिजन बेला बेलामा बिरामी हुने भएकाले निको पार्न बालकको बली दिएको खुल्न आएको प्रहरीको प्रेश विज्ञप्तीमा उल्लेख छ । बालक जीवन मंगलबारदेखि हराई रहेका थिए । छोरा हराएको भन्दै हिजुरबुबा प्रमानन्द कोहारले बेलाटारी इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
त्यस दिन आफुहरु सपरिवार खेतमा धान गोड्न गएको र जिवन सुर्यभान चमारको घरमा खेल्दै बसेको देखेको उजुरीमा उल्लेख थियो । बिहीबार लाश फेला पारेपछि प्रहरीले सुर्यभानसहित नौजनालाई समाएर सोधपुछ गरेको थियो । उनीहरुसँग भएको सोधपुछले घटनाको विवरण र कारण पत्ता लागेको नवलपरासी प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
'कोदाई हरिजानले छोरालाई निको पार्नका लागि बालकको बली दिएको स्वीकार गरेका छन् । अन्ध विश्वासका कारण यस्तो भएको उनको बयान छ,' प्रहरीले निकालेको विज्ञप्तीमा उल्लेख छ । सो काममा सुर्यभान पनि संलग्न भएको प्रारम्भिक बयानबाट खुलेको छ । कोदाईले ५० हजार रुपैयाँ दिएर मार्नका लागि अरुलाई खटाएका थिए ।
प्रहरीले कुडियाका ३५ वर्षीय कोदाई हरिजन, ५० वर्षीय गंगा हरिजन, ५० वर्षका रुदल हरिजन, ३२ वर्षका सुर्यभान हरिजन र १८ वर्षका विजय हरिजनलाई नियन्त्रणमा लिएको हो । घटनापछि कोदाई भारत छिरेका थिए । स्थानीयको सहयोगमा उनलाई भारतबाट ल्याएको प्रहरीले जानकारी दियो । गंगा हरिजन स्थानीय पुजारी पनि हुन् । कोदाई शनिबार र अरु शुक्रबार नै समातिएका थिए ।