काठमाडौं– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संगठनभित्र निगाहा वा कृपाको आधारमा बढुवा सम्भव नभएको बताएका छन् ।हालै बढुवा पाएका प्रहरी अधिकृतहरुलाई दज्र्यानी चिन्ह दिने कार्यक्रममा उनले 'क्षमता, संगठनलाई दिएको योगदान र सेवाको मूल्यांकनका आधारमा बढुवा हुने बताए ।उनले व्यक्तिगत स्वार्थ केन्द्रीत भावनालाई त्यागी स्वमूल्यांकन गरी आफूसंग भएको क्षमतालाई संगठनको विकासमा उपयोग गर्न बढुवा पाएका प्रहरी अधिकृतहरुलाई निर्देशन दिए ।
'आउदा दिनमा संगठनले धेरै चुनौतिको सामना गर्नुपर्ने छ,' उनले भने' एकल प्रयासमा चुनौति पार गर्न सकिन्न, यसका लागि सामुहिक, व्यवसायिक एकता र भातृत्वभाव आवश्यक पर्छ ।'आगामी दिनहरुमा कुनै पनि पदको रिक्तता नराखी बढुवा प्रणाली अन्तर्गत प्रहरी कर्मचारीहरुको कामको मूल्यांकनका आधारमा बढुवा हुने बताउँदै उनले बढुवा प्रणालीलाई व्यवस्थित पारदर्शी र सस्थागत गर्दै लैजान संगठन क्रियाशिल रहेको बताए ।
प्रहरी प्रधान कार्यालयमा आयोजीत कार्यक्रममा उनले प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका सुदिप आचार्य, प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा पाएका बिनोद शर्मा घिमिरे,प्रहरी उपरीक्षकमा बढुवा पाएका दिपक थापा, अर्जुन चन्द ठकुरी, पवन कुमार गिरीलाई दज्र्यानी चिन्ह दिएका थिए ।
यसैगरी प्रहरी नायव उपरीक्षकमा बढुवा पाएका राजन भुजेल, नरेन्द्र चन्द, गोविन्दराज काप्mले, प्रदिपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रंजितकार, निरन्जन दत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ्ग, एक नारायण कोईराला,अनन्त राम शर्मा, बिनोद घिमिरे, डा.अमिन कुमार श्रेष्ठ, डा. सुवर्ण कुवँर, डा.संज्ञा मल्ल,उमा ज्ञवाली र उन्देश्वर तिवारीले समेत दज्र्यानी चिन्ह पाए ।