बलिका नाममा बालक हत्या : रुढीवादी र परम्परागत सोचको परिणति
१० साउन २०७२
•
५ मिनेट पाठ
बलिका नाममा बालक हत्या : रुढीवादी र परम्परागत सोचको परिणति
काठमाडौं- नवलपरासी कुडिया–४, मर्चहवामा बलिका नाममा बालकको हत्या भएको घटनालाई समाजशास्त्रीहरूले परम्परागत नेतृत्व र सोच अझै हाबी हुनुको परिणाम भनेका छन्।त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका समाजशास्त्री डा. युवराज लुइँटेलले शिक्षा, सामाजिक चेतना विस्तार गरेर अन्धविश्वास हटाउने चुनौती अझ बा"की रहेको प्रमाणका रूपमा सो घटनालाई लिन सकिने बताए। 'यो समाज विकासको चरणमा ठूलो पाठ हो,' उनले भने।

समाजशास्त्री लुइँटेलले अपराधी समात्ने र थुन्ने गरेर मात्र नभई शिक्षा र चेतनाबाट समाजको सोच र नेतृत्व परिवर्तन जरुरी रहेको औंल्याए।

त्रिविकै साइकोलोजी विभागका पूर्वप्रमुख डा. मुरारिप्रसाद रेग्मीले पुरानो सोच भएको गाउँ र परिवारका कारण उक्त घटना भएको बताए। 'एउटाले बलि दिनुपर्छ भनेको छ, त्यसलाई अरू मान्छेले खोज्न र बलि दिनका लागि समेत सघाइदिएको देखिन्छ,' उनले भने, 'एउटा व्यक्ति मात्रै नभएर परिवार र वरपरका मान्छेसमेत रुढिवादी सोचबाट ग्रस्त भएर नै यस्तो घटना हुन्छ।'

सदरमुकामदेखि २० किलोमिटर पूर्वमा पर्ने मर्चहवामा स्थानीय कोदई हरिजनका बिरामी छोरा विजयको उपचारका क्रममा बलि चढाउने भन्दै १० वर्षीय जीवन कोहारको हत्या गरिएको थियो। झाँक्री गंगा हरिजनले बोक्सी बोलाउने क्रममा विजयले मान्छेको रगत चाहिन्छ भनेपछि कोदईसहित केही स्थानीयले जीवनलाई फकाएर लगी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले हत्यापछि जीवनलाई कपडाले बेरेर बाकसमा राखी रात परेपछि नजिकैको झाडीमा फालेका थिए।

डा. रेग्मी अहिले पनि कतिपय समाजमा एउटाको बलि दिएपछि अर्कोको आयु बढ्छ भन्ने सोच जीवित रहेको बताउँछन्। यस्ता घटना अफ्रिकामा कायम रहेको जनाउँदै उनले यो पूर्णत रुढीवादी सोच र विश्वास भएको बताए। 'लामो प्रक्रियाबाट मात्रै यो परिवर्तन सम्भव हुन्छ,' उनले भने, 'सहरीकरण र सानैदेखि शिक्षामार्फत यस्ता सोचलाई कम गराउँदै लान सकिन्छ।'

लुइँटेल यो घटनाले सिंगो नवलपरासी र मधेसी समुदायको प्रतिनिधित्व नगर्ने बताउँछन्। उनले घटनाले जहाँ घट्यो त्यही समाजको अवस्था झल्काउने बताए।

लुइँटेलका अनुसार परम्परागत नेतृत्वमा चलेका लोकतान्त्रिक मूल्यमान्यता मान्नेभन्दा फरक खालका समाजमा चरम रुढीवादी घटना हुन सक्ने बताए। उनले यस्ता समाजमा विशेष गरी राजनीतिक र सामाजिक चेतना बढाउन जरुरी रहेको बताए।

शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले मान्छेको रगत र मासु खाएपछि ठीक हुन्छ भनी माग गर्ने व्यक्तिको शारीरिक र मानसिक परीक्षणबाट अनुसन्धान सुरु हुनुपर्ने बताए। 'यो सामान्य माग र विचार भएन,' उनले भने।

चिकित्सा विज्ञान र मानसिक रोगका दृष्टिले पनि यो हालसम्म नसुनिएको लक्षण भएको उनको भनाइ छ। मानसिक रोगका कतिपय बिरामीले भगवान् चढ्यो भन्दै हातखुट्टा कमाएर आफूप्रति ध्यानाकर्षण गराउँछन्। यसलाई चिकित्सकीय भाषामा 'कन्भर्जन डिस्अर्डर' भनिन्छ। 'केही समयमा मानिसले दिमाग नियन्त्रण गर्न नसक्दा आफूलाई भगवान्को अवतार ठान्ने समयस्य हुन्छ र त्यो ठिक भएर जान्छ पनि,' डा. ओझाले भने।

उनले बली चढाउनुपर्छ भन्ने ठान्ने र त्यस प्रक्रियामा सघाउने अन्य मानिसमा पनि अन्धविश्वास रहेको बताए। 'धामीझाँक्रीले स्वास्थ्य र सामाजिक रूपमा समेत धेरै समस्या सिर्जना गरेका छन्,' उनले भने, 'यस विषयमा स्वास्थ्य र गृह मन्त्रालयले मिलेर सेवालाई वैज्ञानिकीकरण र सोच परिवर्तन गर्न लाग्नुपर्छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस