कोहलपुर- नेपालगन्ज-सुर्खेत राजमार्गअर्न्तगत चिसापानीमा मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी बर्दिया बासगडी नगरपालिका-५ का ३० वर्षीय लोकबहादुर पुन र २३ वर्षीय मोहन रावलको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरले जनाएको छ।
दुर्घटनामा बाँसगडीकै २४ वर्षीय गोपाल परियार गम्भीर घाइते भएका छन्। घाइतेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सुर्खेतबाट कोहलपुरतर्फ आउँदै गरेको भे४प ४२०५ नम्बरको मोटरसाइकल चिसापानी-४ देउरालीमा आइतबार राति दुर्घटना भएको हो। तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर पल्टिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।