सोमबार दिउँसो नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुर नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक जना जवानले हवाई फायर गरेका छन्।
दिउँसो २ बजेतिर सीमा क्षेत्रको दसगजा नजिक भारतीय भूमिमा एसएसबीका जवानले ३ राउण्ड हवाई फायर गरेको स्थानीयले बताए। भारतका स्थानीयसँग विवाद भएपछि एसएसबीका जवानले २ राउन्ड आकाशमा र १ राउन्ड जमिनतिर हवाई फायर गरेको बताइएको छ। एक स्थानीयका अनुसार गोली चलाउने एसएसबी नशामा रहेको जस्तो देखिन्थे।
दसगजा नजिक सुरक्षामा खटिएका एसएसबीका जवानले एक्कासी गोली पड्काएपछि स्थानीयहरु त्रसित भएका छन्। घटनास्थलमा स्थानीयको ठूलो भीड लागेको र घटना लगत्तै आएको एसएसबीको टोलीले उनलाई नियन्त्रणमा लिएर गएको बताइएको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एसएसबीका जवानले भारतीय भूमिमा गोली पड्काएको जानकारी प्राप्त भएको बताए। घटनास्थल दसगजाभन्दा करिब १ सय मिटर पर भारतीय भूमिमा घटना भएको हो। घटनाका विषयमा थप बुझ्ने काम भइरहेको प्रजिअ दाहालले बताए।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भारतीय भूमिमा घटना भएको सूचना आए पनि आफूहरुलाई विस्तृतमा जानकारी नहुने बताए।