दोलखा- शनिबार राति लामोसाँघु-जिरी सडक खण्डस्थित चरंगे खोलामा आएको बाढीले पुल बगाएपछि जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। पुल बगेपछि राजधानी ओहोरदोहोर गर्न रामेछाप सदरमुकाम हुँदै खुर्कोट निस्केर बिपी राजमार्ग प्रयोग गर्न थालेका छन्। बिपी राजमार्गमा ठूला मालवाहक गाडी ओहोरदोहोर गर्न रोक लगाईएका कारण जिल्लामा खाद्यान्न संकट हुन सक्ने चिन्ता पनि जिल्लाबासीमा बढेको छ।जिल्लामा सार्वजनिक सवारी साधन चलाउने संस्थाहरुले भने खोलाको वारपार बसेर दुवै तर्फका यात्रुको व्यवस्थापन गरी राजधानी ओहोरदोहोर गराइरहेका छन्। निजी सवारी साधन, मालवाहक गाडी र केही सार्वजनिक सवारी साधन भने खुर्कोट निस्केर बिपी राजमार्ग हुँदै राजधानी आउजाउ गर्न थालेका छन्।
पुल बगाएपछि स्थानीय र सुरक्षाकर्मीले सर्वसाधारणलाई खोला तार्न रुख ढालेर फड्के बनाएका छन्। 'फड्केको भरमा कष्टकर तरिकाले यात्रा गरिरहनुपरेको छ, पुल छिटो हाल्न सरकारले गम्भीर हुनु पर्यो।,' लोकतान्त्रिक खेलकुद महासंघ दोलखाका वरिष्ठ उपाध्यक्ष एवं चरिकोटका स्थानीय सन्तोषकुमार कुँवरले भने।
पुल बगेपछि सदरमुकामबाट जिल्लाबासी तामाकोसी–मन्थली–खुर्कोट सडक हुँदै बिपी राजमार्गबाट धुलिखेल निस्केर राजधानी आउजाउ गर्न थालेको जिल्ला उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमालले जानकारी दिए। चरिकोटबाट मन्थली हुँदै विपी राजमार्गको यात्रा गरेर राजधानी पुग्न १ सय ९८ किलोमिटर यात्रा गनुपर्छ। 'पुल बग्नु अघि सोझै राजधानी पुग्दा १ सय ३२ किलोमिटर यात्रा ४ घण्टामा गरे पुग्थ्यो,' रिमालले भने, 'अहिले ६ घण्टाको १ सय ९८ किलोमिटर यात्रा गर्नुपर्छ।'
पुल करिब २५ बर्ष अघि स्विस सरकारले लामोसाँघु– जिरी सडक निर्माण गर्दा राखेको थियो। पुल बगाएपछि सडक विभागले खोलामा तत्काल अर्को बेली ब्रिज हाल्ने प्रक्रिया अगाडि बढाएको छ। पुल महाशाखाका अधिकारी आइतबार स्थलगत निरीक्षण गरेर राजधानी फर्किएका छन्।
'एक साताभित्र त्यसको डिजाइन सकेर अर्को सातादेखि नयाँ पुल राख्न काम सुरु हुन्छ,' डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख कमलेश कुमार कर्णले भने। उनले तत्काल आवतजावत गर्न बेली ब्रिज राखिने भएपछि दीर्घकालीन हुने गरी आरसिसी ढलान पुला निर्माणको योजना सडक विभागले बनाइरहेको समेत जानकारी दिए। 'तत्काल बेलीब्रिज हालेर आउजाउको व्यवस्था मिलाइन्छ, सायद दशैँ–तिहारपछि नयाँ पक्की पुल निर्माणको योजनासमेत विभागले बुनेको छ,' कर्णले भने।