काठमाडौं–बैशाख १२ गते भएको आम विनाशकारी भूकम्प गएको आज तीन महिना पुरा हुँदासमेत परकम्प जाने क्रम राेकिएकाे छैन । साे भूकम्पमा परी नौ हजार भन्दा बढीको ज्यान गुमाएका थिए भने हजारौंको घाइते भएका र लाखौं विस्थापित भएका छन् ।वैशाख १२ र २९ गते र त्यसपछि हालसम्म ३० हजारभन्दा बढी पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 'सुरुका दिनमा एकै दिनमा १३ सय पटक सम्म परकम्प गएका छन,' अधिकारीले नागरिकन्यूजसँग भने,' अहिले पनि त्यो क्रम रोकिएको छैन । उनका अनुसार अहिले पनि दैनिक करिब सय परकम्प जाने गरेको छ । तर पहिलाको तुलनामा परकम्प जाने क्रम कम भएको उनले भनाइ छ । वैशाख १२ गते र २९ गते १३ सय भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।
गोरखा भूकम्पको परकम्पसँगै मुलुकका पश्चिमी क्षेत्रमा भने भूकम्पका धक्का महशुस भएका छन् । तर नेपालको हालको भौतिक संरचनालाई हेर्दा ६ रेक्टरस्केलसम्मको भूकम्पले खासै असर नगरेको अनुभवले देखाएको केन्द्रले जनाएको छ । केन्द्रले चार रेक्टरस्केलदेखि माथिका परकम्प मात्र सार्वजनिक गर्ने गरेको छ । 'हामीले दुई रेक्टरदेखिका भूकम्पको मापन गर्ने गरेका छौं,' उनले भने,'तर त्यसलाई आम मानिसले महशुस नगर्ने र क्षतिपनि नहुने भएकाले सार्वजनिक नगरेका हौं ।'
केन्द्रका अनुसार चार रेक्टरस्केलभन्दा माथिका हालसम्म ३ सय ५९ वटा परकम्प गएका छन् । मंगलबार पनि सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ दशमलव १ रेक्टरस्केलको परकम्पन गएको छ । यसैगरी ५ देखि ६ रेक्टरस्केलका ४० परकम्प र ६ देखि ७ सम्मका ४ परकम्प गएको केन्द्रले जनाएको छ ।