हवाई युनिटका लागि सेनाले दुई अर्ब माग्यो
११ पौष २०६६
•
७ मिनेट पाठ
हवाई युनिटका लागि सेनाले दुई अर्ब माग्यो
'चिनियाँ हेलिकप्टर उपयुक्त नहुने'
किरण भण्डारी, काठमाडौं, पुस १२- राष्ट्रिय सेनालाई स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा माओवादी बाहेकका शक्ति एकमत भएको अवसर पारी रक्षा मन्त्रालयले हवाई युनिट सबलिकरणको लागि करिव दुई अर्ब रुपैयाँ माग गरेको छ।
मध्यम आकारको सैनिक हवाईजहाज तथा हेलिकप्टर खरिद र सेनासँग रहेको हवाई उपकरणको मर्मत संभारका लागि रक्षाले उक्त रकम मागेको हो।

रक्षाले अर्थ मन्त्रालयलाई पठाएको प्रस्तावमा विग्रेका नौ वटा हेलिकप्टर निर्माणका लागि करिब ८५ करोड लाग्ने उल्लेख छ। सेनासँग रहेको २४ वटा हेलिकप्टर मध्ये पन्ध्र वटा मात्र चालु अवस्थामा छ।

एक/एक हवाईजहाज र हेलिकप्टर खरिद गरिदिनुपर्ने पाँच वर्षदेखिको सेनाको मागलाई रक्षाले उपयुक्त मौका छोपेर अघि बढाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री र अर्थ मन्त्रीलाई मौखिक सहमत गराई सेनाले मागेको हवाइजहाज र हेलिकप्टर खरिद गर्न एक अर्ब १५ करोड भन्दा बढी पर्छ। सेनाको आकार अनुसार एउटा मात्र हवाईजहाज अपुग भएकाले कम्तीमा अर्को थपिदिन माग गरिएको छ।
सेनाको संख्या अहिलेभन्दा एक चौथाई कम हुँदापनि एउटा हवाइजहाज थियो अहिलेपनि त्यही मात्र भएकाले प्याराजम्प लगायत तालिम समेत प्रभावित भएको रक्षाको दावी छ।
'राजाको पालामा आउनै लागेको हवाइजहाज लोकतन्त्र आएपछि हरायो,' सैनिक मुख्यालय स्रोतले भन्यो- 'मुलुकमा पछिल्ला वर्षमा बढेको अराजकता राज र विखण्डनबादले पिरोलिएर सेना बलियो पार्नुपर्नेमा धेरै सहमत देखिएकाले यसपाला हवाइजहाज आउला भन्ने आशा गरेका छौ।'

अघिल्लो महिना प्रधानमन्त्री माधवकुमार नेपालले अर्थ मन्त्री सुरेन्द्र पाण्डे सहित निर्देशनालयको भ्रमण गरेको बेला सेनाले हवाई युनिटको क्षमता बढाउन माग गरेको थियो। प्रधानमन्त्रीबाट सकारात्मक संकेत पाएपछि मुख्यालयले तयार गरेको प्रस्तावमा गहन छलफलपछि रक्षाले यही साता अर्थमा पठाएको छ।

'सेनाको हवाई निर्देशनालय सवलिकरणका लागि प्याकेजमा प्रस्ताव पठाएका छौ,' रक्षा सचिव नविन घिमिरेले नागरिकसित भने- 'प्रस्तावमा मर्मत सम्भार, हेलिकप्टर खरिददेखि चीनलाई बैना दिइएको हवाइजहाजका विषयमा प्रतिनिधिमण्डल पठाउने कुरा समेटिएको छ।'

प्रधानमन्त्रीसँगै शनिबार चीन भ्रमणमा गएका अर्थमन्त्री सुरेन्द्र पाण्डे फर्केपछि प्याकेजबारे विस्तृत छलफल हुने उनले बताएका छन्। अर्थ स्रोतका अनुसार एम ए ६० हवाईजहाजका लागि बैना दिइ चार वर्षदेखि चीनमा अलपत्र परेको ३९ करोडबारे प्रधानमन्त्रीको भ्रमणदलले अनौपचारिक छलफल गर्नेछ।

अहिले हुने कुराकानीका आधारमा रक्षा मन्त्री विद्या भण्डारीको आसन्न चीन भ्रमणमा हवाइजहाज खरिदबारे सरकारले ठोस प्रस्ताव लिएर जानेछ। त्यस अघि नै अर्थ, रक्षा, सेना र बेइजिङ स्थित दुतावासको प्रतिनिधि संलग्न प्रतिनिधि मण्डलले चीन भ्र्रमण गर्नेछन्।
प्रधानमन्त्री चीनबाट फर्केलगत्तै गृहमन्त्री भीम रावल र त्यसपछि रक्षा मन्त्री भण्डारीले सुरक्षा अधिकारीहरुसहित चीन भ्रमण गर्ने कार्यक्रम छ।

'बैना दिइएको पैसाबाट कस्तो वायुयान किन्ने भन्ने बिषयमा सरकारपिच्छे अलग अलग प्रस्ताव गएका कारण चिनियाँहरु अलमल्ल परेका छन्,' रक्षा मन्त्रीका प्रेस सल्लाहकार सुवास देवकोटाले भने- 'मन्त्रीको भ्रमणमा ३९ करोड उकास्ने र हवाइजहाज खरिदबारे औपचारिक निर्णय लिइन्छ।'
राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा चार वर्षअघि नेपाल सरकारले सैन्य प्रयोजनको दुई वटा एमए- ६० हवाइजहाज खरिदको लागि ३९ करोड रुपैयाँ बैना दिएको थियो। ५० सिट क्षमताको ती हवाइजहाजको मूल्य १ अर्ब ९५ करोड रुपैयाँमा छिनेर बीस प्रतिशत बैना दिइएको हो।

जनआन्दोलन स्थापनापछिको सरकारले सेनाको संख्या नै अधिक भएको भनी सैन्यको सट्टा सोही रकमलाई बैना मानि त्यहि मोडेलको एउटा यात्रुबहाक हवाइजहाज किन्न खोज्यो।

नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम दुवै उक्त कम्पनीको बिमान व्यवसायिक प्रयोजनको लागि भित्र्याउन उत्सुक भएनन। यात्रुवाहक ल्याउने प्रस्ताव टुङ्गो नलाग्दै गिरिजाप्रसाद कोइराला सरकार ढलेपछि ओझेल पर्दै गएको विषयलाई रक्षा मन्त्री बिद्या भण्डारीले ब्युँताएकी छिन्।

चिनियाँ पक्षले चार वर्ष पहिले अर्डर गरी सम्झौता अनुसार नउठाएको भनि डेमरेजको माग गरेको छ। यद्यपी त्यतिबेला अर्डर गरिएको हवाईजहाज चिनिया कम्पनीले अन्यत्र बिक्री गरिसकेको छ। 'भाका नाघेर बैना पच भैसकेको छ, तैपनि दुई सरकारको मित्रवत सम्बन्धले ३९ करोड डुव्दैन,' अर्थ मन्त्रीलाई उदृत गर्दै स्रोतले भन्यो-'हवाइजहाज अरुलाई बेचिसकेकाले पनि हामीलाई सजिलो भएको छ।'

नेपालले बैना हालेको एम-६० अरु मुलुकलाई बिक्री गरिसकिएको भए वाइ-१२ हवाइजहाज पनि उपयुक्त बिकल्प हुने सेनाको प्रस्तावमा उल्लेख छ। सेनाले चिनियाँ हेलिकप्टर उपयुक्त नहुने भन्दै सरकारलाई एमआइ-१७ वा त्यस्तै खालको अरु विकल्पमा रोज्न प्रस्ताव गरेको छ। 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस