काठमाडौ, साउन १३– पशु अधिकारको वकालत र बलि प्रथा रोक्ने अभियानमा लागेका व्यक्ति र संघसंस्थाहरुले मंगलबार केही क्षण खुशीयाली मनाए। गढिमाई मेलामा पशु चौपायाको बलि दिने प्रथा रोकियो भन्ने खबरले उनीहरु खुसी भएका थिए तर यो खुसी धेरै बेर टिकेन।मंगलबार राती जब गढिमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बलि रोक्ने कुनै निर्णय नभएको जानकारी दिए। त्यसपछि बलि दिने र नदिने बिषयमा निर्णय भएको हो होइन भन्ने कुरानै स्पष्ट हुन सकेन ।
पशुकल्याण सञ्जाल नेपाल र हुमाने सोसाइटी इन्टरनेशनलले मंगलबार भारतको राजधानी दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा समितिले बलि प्रथा रोक्ने निर्णय गरेको उल्लेख गरियो। समिति अध्यक्ष साहको भनाई र उनको विज्ञप्तिलाई आधार मानेर आयोजकले जारी गरेका विज्ञप्तिमा स्पष्टसँग लेखियो, ‘अबदेखि गढिमाई मेलामा बली दिइने छैन। यो प्रथा २०७६ देखि बन्द हुनेछ ।’
दिल्ली पुगेका समितिका सदस्य निर्णय भएको हो भन्छन, बाराको वरियापुरमा भएका समिति अध्यक्ष निर्णय भएकै छैन भन्छन्।
दिल्लीको पत्रकार सम्मेलन आयोजक मध्येको एक पशुकल्याण सञ्जाल नेपालका संस्थापक अध्यक्ष मनोज गौतमका अनुसार समितिका अध्यक्ष साह विशेष कारणले दिल्ली उपस्थित हुन सकेनन्। पत्रकार सम्मेलनमा भाग लिन गढिमाई मन्दिरका मुल पुजारी मंगल चौधरी थारु र समिति सचिव मोतीलाल कुशहवा त्यहाँ पुगेका थिए।
बलि रोक्ने निर्णय गरेको छैन : समिति अध्यक्ष साह
अध्यक्षले बली प्रथा रोक्ने कुनैपनि निर्णय नभएको जानकारी दिइरहँदा दिल्लीमा पुगेका समिति सचिव कुशवाहले भने गत माघमै निर्णय भएको जानकारी दिए। पुजारी थारुले पनि आफू बली प्रथाको पक्षमा नभएको र आम भक्तजनलाई अप्ठेरो नपर्ने गरी रोक्नुपर्ने धारणा व्यक्त गरे ।
अध्यक्ष साहले भने समितिले आगामी मेलामा बलि प्रथा रोक्ने बिषयमा कुनै निर्णय नगरेको जानकारी दिए। दिल्लीबाट विज्ञप्ति जारी हुन नपाउँदै बाराको वरियापुरमै रहेका अध्यक्ष साहले मंगलबार राती ९ बजे टेलिफोनमा नागरिकलाई त्यस्तो प्रतिक्रिया दिएका थिए।
‘समिति प्रतिनिधि र पुजारीले दिल्लीमा भएको कार्यक्रममा भाग लिइरहनु भएको छ। कार्यक्रममा के के भयो मलाई केही थाहा छैन। र, समितिले बलि प्रथा रोक्ने कुनैपनि निर्णय गरेको छैन’, समिति अध्यक्ष साहले मंगलबार राती नागरिकसँग भने । उनले आफूले बलि रोक्नेबारे कुनैपनि निर्णय नगरेको दाबी गरे।
बलि राेक्ने कार्यक्रमलाइ साहको शुभकामना

उनले दिल्लीमा भएको कार्यक्रमको सफलताका लागि पत्र मार्फत् शुभकामना दिएका छन्। उनले आफ्नो पत्रमा भनेका छन, ‘यस्तो एतिहासिक र सराहनिय र धेरै राम्रो कार्यक्रम गरेर हामीलाई बोलाउनु भएकोमा हामी धेरै खुशी छौ’, साहले भनेका छन् । उनले आगामी दिनमा समिति पशु कल्याण सञ्जाल नेपाल र हुमाने सोसाइटी इन्टरनेशनल मिलेर अघि बढ्न तयार रहेको उल्लेख गरेका छन् ।
दिल्ली पुगेका समिति सचिव मोतीलाल कुशवाह भने बलि प्रथा रोक्नेबारे समितिले गत माघमै निर्णय गरेको बताउँछन्। ‘माघे संक्रान्ति अघि कुनैपनि बलि नचढाउने र बलिको ठा“उमा नरिवल चढाउने निर्णय गरिसकेका छौ,’ उनले दिल्लीबाट टेलिफोनमा नागरिकसँग भने, ‘हामीले अबको मेलादेखि बली प्रथा रोक्ने निर्णय गरेका छौं ।’
म त कहिलै बलिप्रथाको पक्षमा छैन: पूजारी
दिल्लीको कार्यक्रममा मन्दिरका पुजारी मंगल चौधरी थारु पनि सहभागी छन्। ‘०७६ को मेलामा बलि प्रथा रोक्ने अहिलेदेखि नै प्रयास थाल्नुपर्छ। म त कहिल्यै बलि प्रथाको पक्षमा छैन’, पुजारी थारुले टेलिफोनमा भने, ‘बलि प्रथा राम्रो होइन । यसलाई छोडेर अघि बढनुपर्छ। बलिको स्थानमा नरिवल चढाउने व्यवस्था हुनुपर्छ।’ पुजारी थारुले जनचेतना र त्यस क्षेत्रको विकास भएमा ०७६ मंसिरको मेला बलिरहित हुने बताए ।
पशु कल्याण सञ्जाल नेपालका संस्थापक अध्यक्ष मनोज गौतमले समितिले बलि रोक्ने निर्णय गरिसकेको उल्लेख गरे। ‘यो निर्णय माघमा नै भइसकेको हो, तर यस्तो बिषय बाहिर आउँदा आफूलाई अप्ठेरो पर्छ भनेर होला अध्यक्ष साहजीले उल्टो भनाइ राख्नु भएको’, गौतमले दिल्लीबाट टेलिफोनमा भने, ‘यहाँ उपस्थित समितिका सदस्यले निर्णय गरेको बताइरहनु भएको छ।’
काठमाडाैं अाएर स्पष्ट पार्छाैं: गाैतम

गढीमाइ मन्दिर संचालन तथा विकास समितिका पदाधिकारी दिल्लीको पत्रकार सम्मेलनमा
दिल्लीका आयोजकले यो कार्यक्रम भारत विहारको राजधानी पटना र काठमाडौमा पनि गर्ने कार्यक्रम राखेका छन्। ‘हामीबीच केही असमझदारी भएको जस्तो देखियो हामी काठमाडौ आएर स्पष्ट पार्छौं’, गौतमले भने ।
पशु कल्याण सञ्जाल नेपालका अनुसार २०६६ को मेलामा राँगा, बोका, भाले, परेवा, ब“गुर र सु“गुर गरेर करिब ५ लाख पशुचौपायाको बलि दिइएको थियो । यसमध्ये रा“गाको संख्या मात्र १८ हजार ६ सय थियो । ०७१ मा यो संख्या ७० प्रतिशतले घटेको सञ्जाल नेपालले जनाएको छ।
गढीमाई मन्दिर बाराको सदरमुकाम कलैयाबाट नौ किलोमिटर पूर्व वरियारपुर गाबिसमा पर्छ ।