निर्वाचनका लागि भक्तपुरमा एक हजार ५ सय सुरक्षाकर्मी परिचालन
२१ वैशाख २०७९
•
१ मिनेट पाठ
निर्वाचनका लागि भक्तपुरमा एक हजार ५ सय सुरक्षाकर्मी परिचालन
आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।




जिल्लाका चार नगरपालिकाका सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालित हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए।

उनले आवश्यकतानुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन हुने  र मतदान केन्द्रमा गलत गतिविधि भए तत्कालै नियन्त्रणमा लिनसक्ने गरी सुरक्षा टोली परिचालन हुने सुरक्षा संयन्त्र बनाइएको जानकारी दिए। उनले प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र अन्य दुई कर्मचारी खटाइने र आवश्यकता पर्दा थप कर्मचारी खटाउन तीन प्रतिशत कर्मचारीलाई जगेडामा राखिएको बताए।

मतदान केन्द्रमा खटिने सबै कर्मचारीलाई यही वैशाख २२ र २३ गते तालिम दिइने र यसपछि सामग्रीसहित खटाइने जानकारी दिँदै प्रजिअ शर्माले अनुसन्धानको टोलीबाट दलहरुको आचारसंहिता उल्लङ्घन लगायतका गतिविधिको सूक्ष्म अनुगमन भइरहेको बताए। 

जिल्लामा कूल ७७ मतदान स्थल र २१९ मतदान केन्द्र छन्। जिल्लाका भक्तपुर नगरपालिकामा  ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा  ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८४२ र चाँगुनारायण नगरपालिकामा  ४३ हजार १०५  मतदाता छन्। रासस
अर्को समाचार
भक्तपुरमा निर्वाचनको तयारी पूरा, तीन हजार सुरक्षाकर्मी परिचालन
२० फागुन २०८२
•
२ मिनेट पाठ
भक्तपुरमा निर्वाचनको तयारी पूरा, तीन हजार सुरक्षाकर्मी परिचालन
बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ। म‌ंगलबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले यसबारे सञ्चारकर्मीलाई जानकारी दिँदै निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी मंगलबारदेखि नै मतदानस्थलमा कर्मचारी खटिएको जनाएको छ।




प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने, निर्वाचनको सबै तयारी पूरा भइसकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय सबैले आफ्नो जिम्मेवारी बहन गर्दै कर्मचारी परिचालन भएका छन्।'

सुरक्षा रणनीतिअनुसार सामान्य र सवेदनशील मतदान केन्द्रको पहिचान गरी विशेष सुरक्षा व्यवस्था गरिएको उनले जानकारी दिए। जिल्लामा ३९ मतदान केन्द्रलाई सामान्य र ३७ केन्द्रलाई संवेदनशील वर्गमा राखिएको छ। ती केन्द्रमा मतदानको दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सुरक्षा निकायका गरी करिब तीन हजार सुरक्षाकर्मी चौबिसै घण्टा परिचालन हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

जिल्लाका दुई निर्वाचन क्षेत्रका ७६ मतदानस्थल र २३३ मतदान केन्द्र रहेका छन्। यहाँको खरिपाटीस्थित विद्युत् प्राधिकरण तथा कृषि विकास तालिम केन्द्र बोडेमा मतगणनास्थल तोकिएको छ। दुवै स्थानमा सिसी क्यामरा जडानसहित सबै व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।

प्रत्येक निर्वाचन केन्द्रमा छ जना कर्मचारी र तीन जना स्वयंसेवक खटाइएको छ। मतदान सम्पन्न गर्न जिल्लामा एक हजार ४०० कर्मचारी तथा ७०० स्वयंसेवक खटाइएका छन्। शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षाका लागि ५० भन्दा बढी मोबाइल टोली खटाइने र कुनै केन्द्रमा विवाद भए तत्काल थप फोर्स पठाउने गरी तयारी जनाइएको छ।  

जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरका अनुसार मतदान अधिकृतसहितको टोली आवश्यक सम्पूर्ण सामग्रीसहित सबै मतदान केन्द्रमा पुगेर सर्वदलीय र सर्वपक्षीय बैठकसमेत सम्पन्न भएका छन्। निर्वाचनमा नखटिएका कर्मचारीलाई समानुपातिकमा मतदान गर्न भक्तपुर क्याम्पसमा अस्थायी मतदान केन्द्रको व्यवस्था मिलाइएको उनले जानकारी दिए।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस