'इटहरीमा डुबानबाट सुरक्षित राख्न विश्वासिलो आधार दिनेलाई मतदान गर्छौ'
२१ वैशाख २०७९
•
३ मिनेट पाठ
'इटहरीमा डुबानबाट सुरक्षित राख्न विश्वासिलो आधार दिनेलाई मतदान गर्छौ'
इटहरी वडा नं. ४ को गैरीगाउँँमा २०७४  सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको एक महिनापछि अर्थात २०७४ साउन २७ गते राति आएको बाढीले चारवटा वडा तहसनहस पारि दियो। झण्डै पाँच वर्ष पुग्न लाग्दा पनि यहाँका बासीन्दाले त्यो बेलाको पीडा भुल्न सकेका छैनन्।




बर्खाको समयमा बुढी खोलामा बाढी आउँदा वस्तीमा बाढी पस्ने त्रासले गर्दा यहाँका बासीन्दा तराईमा हुने गरेका छन्। यतिबेला आसन्न वैशाख ३० गते हुन लागेको निर्वाचनका लागि इटहरीका राजनीतिक दलका उम्मेदवारहरुले भने तिनै बाढी पीडितको समस्या समाधान गर्ने संकल्प गर्दै घर घरमा मत माग्न पुगेका छन्।

स्थानीयबासी भने आफ्ना समस्या समाधान गर्ने संकल्प गर्नेमध्ये पूरा गर्ने विश्वासिलो व्यक्तिको खोजी गरि रहेका छन्। ‘मत माग्न आउने सबैले समस्या समाधान गर्छु नै भनीरहेका छन् तर हामी छलफलकै क्रममा छौ,’ गैरीगाउँकी लक्ष्मीकुमारी चौधरीले भनिन, ‘हेरौ अब हाम्रा माग पूरा गर्ने जसले विश्वास दिलाउँछ, उसैलाई मत दिनेछौं।’ उनीहरुको एउटै माग छ, विगतको नियती व्यहोर्नु नपरोस्।

गैरीगाउँमा २०६५ सालदेखि ऐलानी जग्गा ओगटेर बस्न थालेका बग्रेल्ती घर परिवार छन्। ‘अघिल्लो वर्ष पनि हामीलाई ऐलानी जग्गाको लालपुर्जा दिने भनेर वडा कार्यालयमा सबै प्रक्रिया पूरा गरियौं, अहिलेसम्म पाएको छैन,’ स्थानीय इन्द्रा रसायलीले भनिन, ‘हाम्रो त आसैआशमा जिवन वित्ला जस्तो भइसक्यो।’ उनका अनुसार अब भने राजनीतिक दलसँग आफ्ना माग पूरा गर्ने आधार खोजेर अनि मात्र मतदान गरिनेछ।

गैरीगाउँसँगै वडा नं. ३, ९ र १० को बुढी खोला नदीको तटीय क्षेत्रमा बसोबास गर्नेलाई यहाँका हरेक राजनीतिक दलले भोट बैंकको रुपमा प्रयोग गर्ने गर्छन्। ‘चुनाव आएका बेला नेताहरुले संसार नै देखाउँछन् तर यसपटक भने हामी सचेत हुनेछौँ,’ रसायलीले भनिन्।

इटहरीमा २०७४  साउन २७ गते राति आएको बाढीले इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो। नदीमा आएको बाढीले इटहरी क्षेत्रमा मात्र नौं जनाको मृत्यु समेत भएको थियो। पछिल्लो कात्र्तिक पहिलो साता आएको बेमौसमी बाढीले पनि सबैभन्दा बढी बाढीले इटहरी क्षेत्रमा क्षती गरियो। जसमा बाढीले बगाउँदा चार जनाको मृत्यु हुन पुगेको थियो।

चार वर्षअघि आएको बाढी पीडित सय घर परिवारलाई ऐलानी वा सरकारी जग्गा खोजी गरेर व्यवस्थित कार्यपालिकाको निर्णय पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। इटहरीमा वर्षेनी आकाशबाट परेको पानीको निकास नहुँदा वस्तीका घरहरुमा पानी प्रवेश गरेर क्षती गर्ने गरेको छ। अर्कातिर अविरल रुपमा परेको वर्षासँगै आएको बाढी बुढी र टेङ्ग्रा खोलाको पानी ओभरफ्लो भएर वस्तीमा प्रवेश गर्ने गरेको छ।

इटहरीमा बाढी रोकथामका निम्ति प्रभावकारी काम नहुँदा वर्षेनी स्थानीयले समस्या झेल्दै आएका छन्। बाढीबाट प्रभावित इटहरीका विशेष गरी वडा नं. ३, ४, ९, १०, ११ र १२ छन्। रेटक्रस सुनसरीको तथ्याङ्क अनुसार इटहरी उपमहानगरपालिकामा सात हजार ४१७ घरघुरी बाढीको जोखिममा छन्।

यहाँ पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, तेह्रथुम, धनकुटा लगायतका स्थानबाट बसाई सर्नेले घर निर्माण गरेका छन्। नयाँ प्लटिङ् गरेको स्थानमा घर निर्माण गरेसँगै सबैतिर सडक विस्तार गरिएको छ। तर, सडक विस्तार गर्दा व्यवस्थित ढल निकास छैन।

इटहरीमा खोला कटान तथा डुबान नियन्त्रण सम्बन्धि कुनै पनि काम नभएको भने होइन। वर्षेनी मोटो रकम खर्च हुने गरेको छ। तर पनि परिणममुखी नतिजा भने आउन सकेको छैन। यहाँका सवै राजनीतिक दलहरुले इटहरी नगरलाई बाढी तथा डुबानको जोखिमबाट मुक्त गर्न नगर क्षेत्र भएर बग्ने शेरा र टेङ्ग्रा खोलालाई स्थायी रुपमा डाइसर्भन गरी व्यवस्थित गर्ने पनि उल्लेख गर्छन्।

तर, अहिलेसम्म ठोस काम भने हुन सकेको छैन, जसले गर्दा पनि यसपटक स्थानीय बासीले संकल्प पूरा गर्ने आधार खोजीरहेका छन्। ‘हामीलाई जुनसुकै पार्टी भएपनि भयो, तर हाम्रो वस्ती बाढीबाट सुरक्षित हुनुपर्‍यो, त्यो माग कसले पूरा गर्ने विश्वासिलो आधार दिन्छ, उसैलाई मतदान गर्छौ,’ रसायलीले भनिन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस