बच्चाको रगतमा सिसैसिसा
१५ साउन २०७२
•
७ मिनेट पाठ
बच्चाको रगतमा सिसैसिसा
काठमाडौं- तपाईंका बालबालिका पेट दुखेको गुनासो गरिरहन्छन्? रिसाउने र एकान्त मन पराउनेजस्ता असामान्य आनीबानी देखाइरहन्छन्? उनीहरूको उमेरअनुसार शारीरिक र मानसिक विकास भएको छैन?




यस्ता लक्षण बालबालिकामा देखिए स्वास्थ्यकर्मीको परामर्श तुरुन्त लिनुपर्छ। उनीहरूको रगतमा हानिकारक लिडको मात्रा बढी हुन सक्छ।

बिहीबार सार्वजनिक स्वास्थ्य अनुसन्धान प्रतिवेदनअनुसार लिडले बच्चाको शारीरिक तथा मानसिक विकासमा असर पुर्यारउँछ। लिडको मात्रा बढी भए बच्चामा पेट दुख्ने, खान मन नलाग्ने, मानसिक विकास रोकिने, कब्जियत तथा रक्तअल्पता हुने लक्षण देखा पर्छन्। र, मिर्गौला नै फेल हुने सम्भावना पनि हुन्छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले तयार गरेको प्रतिवेदनअनुसार उपत्यकाका तीन जिल्लाका बालबालिकामा रगतमा लिडको मात्रा अत्यधिक भेटिएको छ। परिषदले लिडजन्य सामग्री र खेलौनाका कारण बालबालिकामा असर बढ्दै गएको परिकल्पनामा अनुसन्धान गरेको थियो।

घर रङरोगन गर्ने पेन्ट्स, खेलौना, लिपस्टिकमा बढी मात्रामा लिड पाइने गरेको छ। यस्ता लिड हावा तथा धुलोको कणबाट श्वासप्रश्वास, खाना तथा अन्य माध्यममार्फत शरीरभित्र पुगेपछि रगत संक्रमित हुन्छ र असर देखा पर्छ।

परिषदका प्रमुख अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार नेपालका औसत बालबालिकामा लिडको मात्रा न्यूनतम सीमाभन्दा धेरै बढी र तत्काल अस्पताल भर्ना गरिहाल्नुपर्ने तहभन्दा केही मात्रै कम छ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) का अनुसार रगतमा लिडको मात्रा ५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी हुनु हुन्न। ४५ भन्दा बढी भए अस्पताल भर्ना गर्नुपर्छ। सयभन्दा बढी भए तत्काल मृत्यु हुन्छ।

धिमालका अनुसार अध्ययन गरिएका बालबालिकामध्ये ९.३ प्रतिशतको रगतमा मात्रै लिड शून्य थियो। २६ प्रतिशतमा ०.१ देखि ५ मिलिग्राम डेसिलिटर र अन्यमा झन्डै अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था नजिक थियो।

लिडको सम्पर्कमा आउँदा वयस्कभन्दा बालबालिकामा असर बढी हुने भएकाले अध्ययन बालबालिकाकेन्द्रित गरिएको धिमालको भनाइ छ। 'बडीमासका कारण वयस्कमा २० प्रतिशत असर हुँदा बालबालिकामा ७० प्रतिशतसम्म हुन्छ,' उनले भने।

धिमालका अनुसार पाटन, त्रिवि शिक्षण र सिद्धि स्मृति अस्पताल भक्तपुरमा उपचारका लागि आएका ३ सय १२ बालबालिकाको रगतको नमुना अध्ययन गरिएको थियो। ती बालबालिका बिरामीभन्दा पनि खोप लगाउन र अन्य शारीरिक वृद्धि परीक्षणका लागि आएका थिए। 'सहरीकरणसँगै रङको प्रयोग बढ्दा लिडको असर पनि बालबालिकामा बढिरहेको छ,' धिमालले भने, 'धुलोमा बढी खेल्ने बालबालिकामा पनि लिड धेरै पाइएको छ।'

धिमालका अनुसार लिडले स्नायु प्रणाली, मस्तिष्क, मिर्गौला र आइक्यू विकास, हाडजोर्नी र मासु वृद्धिमा सबैभन्दा बढी असर पार्छ। त्यसैगरी बच्चामा तौल घट्दै जाने, कब्जियत र कमजोर हुने समस्या त्यत्तिकै देखिन्छ।

धिमालले रगतमा लिड देखिएपछि शरीर विषाक्तरहित बनाउन र जा"च गर्न धेरै खर्च लाग्ने बताए। प्रतिवेदनअनुसार एउटा बच्चाको रगतमा लिड जाँच्न करिब ६ हजार रुपैयाँ खर्च भएको थियो।

अन्तर्राष्ट्रिय अध्ययनअनुसार लिडका कारण संसारभर प्रत्येक वर्ष ६ लाख बालबालिका अपांग हुन्छन्। तीमध्ये १ लाख ४३ हजारको मृत्यु हुन्छ। अध्ययनले धनी र सम्पन्न परिवारको तुलनामा गरिब परिवारको बच्चामा साढे ३ गुणा बढी लिड भेटिएको देखाएको छ। यसैगरी, घरभित्र भन्दा बाहिर खेल्ने बच्चामा साढे ४ गुणा बढी लिड पाइएको थियो।

सेन्टर फर इन्भरमेन्ट पब्लिक हेल्थका रामचरित साहले नेपालमा लिडको प्रमुख स्रोत पेन्ट्स नै रहेको बताए। उनका अनुसार पेन्ट्समा २ लाख १३ हजार पिपिएमसम्म लिड हुन्छ। नेपाली पेन्ट्समा १४ सय गुणा लिड पाइन्छ। सरकारले गत असार ५ मा नयाँ मापदण्ड ल्याएर पेन्ट्समा ९० पिपिएमभन्दा कम लिड प्रयोग गर्न भनेको छ।

'लिड कम भएको रङ लगाएको घरमा बस्दा स्वाभाविक रूपमा असर कम हुन्छ,' साहले भने, 'अब बच्ने पहिलो तरिका यही हो, अभिभावकले रङ किन्दा यसको ख्याल गर्नुपर्छ।'

साहका अनुसार अस्पतालका बालबालिका वार्ड, विद्यालय र घरमा १० माइक्रोग्राम प्रतिवर्गफिटभन्दा बढी लिड भेटिए अमेरिकी सरकारले आपतकालीन अवस्था घोषणा गर्छ।

विद्यालयले बालबालिकालाई आकर्षित गर्न झन् बढी किसिमका रङरोगन गर्ने भएकाले जोखिम बढेको परिषदका सदस्यसचिव डा. खेम कार्कीले बताए। 'पेन्ट्स समयक्रमसँग खुइलिँदै धूलोमा मिसिन्छ र जोखिम बढ्दै जान्छ,' उनले भने।

धिमालले लिडले मन्द विषका रूपमा असर गर्छ। 'यसबाट बच्ने सबैभन्दा उत्तम उपाय अभिभावकलाई लिडरहित वातावरणमा हुर्काउनु नै हो,' उनले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस