मतदाता शिक्षाको अभावमा बदर मतकाे सम्भावना बढी
२१ वैशाख २०७९
•
३ मिनेट पाठ
मतदाता शिक्षाको अभावमा बदर मतकाे सम्भावना बढी
मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा बदर मत बढ्न सक्ने देखिएको छ। हरेक निर्वाचनमा मतदाता शिक्षा अनिवार्य हुन्छ। बदर मत संख्या घटाउन मतदाता शिक्षाको आवश्यक पर्छ तर यस पटक मतदाता शिक्षाको कार्यक्रम नहुँदा बदर मत अझै बढन सक्ने अनुमान गरिएको हो।




मतदाता शिक्षामा खर्च घटाएको निर्वाचन आयोगले यो पटक सञ्चार माध्यम र प्रविधिको प्रयोगलाई भने जोडदिएको छ। रेडियो, टेलिभिजन तथा अनलाइनमार्फत श्रव्य दृष्य सामाग्री प्रसारण र सामाजिक सञ्जाललाई प्रयोग गर्ने आयोगको तयारी छ।

०७४ को स्थानीय तहको निर्वाचनमा बैतडीमा १० वटै पालिकामा २ हजार १ सय ११ बदर मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जुन कुल खसेको मतको २ दशमलव ३५ प्रतिशत हो। त्यतिबेला जिल्लामा १ लाख २५ हजार २ सय ८३ मध्ये ७१ दशमलव ६६ प्रतिशत मत मात्रै खसेको थियो। यस पटक मतदाता संख्या बढेको छ। जिल्लाका सबै पालिकामा मतदाता संख्या १ लाख ४० हजार २ सय १ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जसमा महिला ७० हजार ९ सय ६९, पुरुष ६९ हजार २ सय ३० तथा तेस्रो लिंगी २ जना रहेका छन्।

यो पटक अन्य निर्वाचनभन्दा बदर मतको संख्या बढन सक्ने जगन्नाथ क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए। ‘मतदाता शिक्षा पनि छैन,’ उनले भने, ‘दलहरुको गठबन्धन र एउटै पार्टीको चुनाव चिन्हबाट अरु दलका उम्मेदवार मैदानमा होमिएकोले यो पटक मत बदर हुने जोखिम झन बढी देखिँदैछ।’  निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय चुनावमा करिव २२ करोड रुपैयाँ मतदाता शिक्षाका लागि खर्च गर्दैछ। अघिल्लो स्थानीय चुनावमा भने झण्डै ८० करोड रुपैयाँ मतदाता शिक्षामा खर्च भएको थियो। २०७४ को निर्वाचनमा घरदैलोका लागि २० हजार स्वयंसेवक खटाइएको थियो। अहिले चुनावको अघिल्लो र त्यही दिन बुथ वरिपरि मात्रै स्वयंसेवक परिचालन गरिने निर्वाचन कार्यालयले जनाएको छ।

विगतमा निर्वाचनमा स्वास्थ्य स्वयंसेविका र बालविकासका सहजकर्ताहरुलाई मतदाता शिक्षामा परिचालन गरिन्थ्यो। उनीहरु नमुना मतपत्र बोकेर घर घरै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाउँथे। तर पनि बदर मतको संख्यामा कमी आउन सकेको थिएन। ‘यसपटक एफएम र पत्रपत्रिकाबाट मात्रै मतदाता शिक्षा दिने भन्ने छ, बजेट धेरै छैन,’ जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फु्यालले भने। उनका अनुसार कार्यक्रम र बजेट नआएका कारण विगत जस्तो मतदाता शिक्षा दिन नसकिएको हो।

विगतको स्थानीय तहको निर्वाचनमा ग्रामीण भेगका पालिकाहरुमा बढी मत बदर भएका छन्। निर्वाचन कार्यालयका अनुसार डिलासैनी गाउँपालिकामा ३ दशमलव ९४ प्रतिशत पुर्चौडी नगरपालिकामा ३ दशमलव ८८ प्रतिशत पञ्चेश्वर गाउँपालिकामा २ दशमलव ६६ प्रतिशत मत बदर भएको थियो।

स्थानीय तहको निर्वाचनमा मात्रै होइन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा बदर मतको प्रतिशत अझ बढी छ। यस पटक मतदाता शिक्षाको अभावसँगै राजनीतिक दलहरुबीचको गठबन्धनले समेत बदर मत बढन सक्ने अवस्था छ। ‘बदर मत घटाउन हामीले सक्दो प्रयास गर्नेछौं, तर यस पटक मतदाता शिक्षाको अभावको कारण बढन सक्छ,’ जिल्ला निर्वाचन अधिकृत फु्यालले भने। मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरु अलमलमा परेका छन्। जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा धेरै मतदाता अन्यौलमा परेका छन्। स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्यौल हुन सक्ने जानकारहरुले बताएका छन्।

बदर मतको संख्या कम गराउन राजनीतिक दलहरुले पनि अग्रसर हुनुपर्ने निर्वाचन कार्यालयका प्रमुख फुयालले जोड दिए। उनले भने ‘मतदाताहरुलाई मतदाता शिक्षाका विषयमा जानकारी दिनु राजनीतिक दलहरुको पनि कर्तव्य हुन आउँछ। उनीहरुका नेता कार्यकर्ताहरुले मतदान गर्ने तरीका बारेमा सिकाउन सक्छन्।’  जिल्ला निर्वाचन कार्यालयमा १५ ओटा दल दर्ता भएपनि निर्वाचनमा भने ५ वटा दलले मात्रै भाग लिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
५६ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस