'क्युमलोनिम्बस' बादलले खण्ड र अतिवृष्टि
१५ साउन २०७२
•
११ मिनेट पाठ
'क्युमलोनिम्बस' बादलले खण्ड र अतिवृष्टि
काठमाडौं- कास्कीको लुम्लेमा बिहीबार आकासै घोप्टिएलाझैँ घनघोर वर्षा भइरहँदा तराईका नेपालगन्ज, दाङ, धनगढी, सिमरालगायत ठाउँमा थोपै पानी परेन। लुम्लेमा चार घन्टामा २ सय ८९ मिलिमिटर पानी पर्यो तर नजिकैको पोखरामा भने १ सय १७ मिलिमिटर मात्र वर्षा भयो। चितवनमा बाढीले बगाएर एकजनाको मृत्युसमेत भयो।

तराईका अन्य जिल्लामा खडेरीको संकेत देखा परिरहेको छ। तराईका आठ जिल्लामा कम्तीमा १८ प्रतिशतदेखि बढीमा ६० प्रतिशत मात्रै रोपाइँ भएको छ भने पहाडी जिल्लामा कम्तीमा ५० प्रतिशतदेखि ९५ प्रतिशतसम्म रोपाइँ सकिएको छ। मौसम पूर्वानुमान महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार तराईको तुलनामा पहाडी भेगमा बढी बर्षा भएको छ।

यी भए यस वर्षको मनसुनका दृश्य। अघिल्लो वर्ष सिन्धुपाल्चोकको जुरेमा सुनकोसी नदी थुनिने गरी ठूलो पहिरो गयो। त्यसमा डेढ सयभन्दा बढी सर्वसाधारणको ज्यान गयो। त्यतिबेला पनि त्यसक्षेत्रमा भारी वर्षा भएको थियो। तीन/चार वर्षदेखि मनसुन भित्रिनेबित्तिकै सबैभन्दा बढी वर्षा सुदूरपश्चिममा हुने गरेको छ जबकि मनसुन पूर्वबाट भित्रिन्छ।

अहिले पनि खण्डवृष्टि, अतिवृष्टि र खडेरी स"गस"गै देखापरेका छन्। आखिर किन मनसुनी वर्षा यतिविघ्न परिवर्तन हुँदैछ त? वरिष्ठ मौसमविद तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापक मणिरत्न शाक्य भन्छन्, 'यी सबै परिवर्तनको प्रमुख र एकमुष्ट कारण तापक्रम वृद्धि र त्यसले निम्त्याएको जलवायु परिवर्तन हो।'

उनले पृथ्वीको तापक्रम वृद्धिस"गै संसारभर यस्ता परिवर्तन देखापर्न थालेको बताए। 'तापक्रम वृद्धिले गर्दा आकासमा क्युमलोनिम्बस बादल धेरै बनिरहेको छ र यसले निश्चित स्थानमा भारी वर्षा गराइरहेको छ, मेरो अध्ययनले यही देखाउ"छ,' शाक्यले भने। उनका अनुसार पृथ्वीको तापक्रम वृद्धि हुनेबित्तिकै संवाहन प्रक्रियाबाट वायुमण्डमा यस्तो बादल बन्छ। जमिनको पानीको सतह वाष्पीकरण प्रक्रियाबाट माथि जान्छ र बादल बन्छ।

'यही बादलले गर्दा मनसुनका सबै चरित्रलाई निमिट्यान्न पारिरहेको छ,' शाक्यले भने, 'आठ/दश वर्ष अघिसम्म यो बादलको मात्रा आकासमा निकै कम हुन्थ्यो।' उनका अनुसार मनसुनमा बंगालको खाडीबाट आउने प्रणाली सक्रिय हुनुपर्छ। त्यतिबेला बन्ने बादललाई स्टाटस बादल भनिन्छ तर अहिलेको क्युमलोनिम्बस बादलले 'स्टाटस' बादल बन्ने प्रक्रियासमेत बिथोलिरहेको छ। यसको मात्रा हरेक वर्ष घट्दै गइरहेको छ।

क्युमलोनिम्बस बादलले निश्चित स्थानमा भारी वर्षा गराउ"छ। यसले वायुमण्डको आठ/दश किलोमिटर क्षेत्रफल ओगटेको हुन्छ। यो पहाडी क्षेत्रमा जमिनको सतहबाट १२/१३ किलोमिटर माथि बन्छ भने तराईमा २० देखि ३० किलोमिटर माथि बन्छ। 'एक स्थानमा अत्यधिक वर्षा गराउने बादल यही हो। यसले आ"धी, हुरी र चट्याङ पनि त्यत्तिकै पार्छ,' उनले भने, 'बुधबार राति लुम्लेको वर्षा पनि त्यही बादलले गराएको हो। यस्तो वर्षा पहाडी क्षेत्रमा धेरै हुन थालेको छ।'

शाक्यका अनुसार अहिले मनसुनी वर्षाको चरित्र लगभग हराएको अवस्थामा छ। पछिल्ला वर्ष नियमित सिमसिम पानी पर्ने क्रम रोकिएको छ। 'मनसुन अवधिमा त लगभग देशभर नै एकनासले पानी पर्नुपर्ने हो तर अहिले मनसुनको यो प्रक्रिया लगभग हराएको छ,' उनले भने, 'त्यसैले पहाडी भेगमा क्युमलोनिम्बस बादलको प्रभाव बढी छ भने तराईमा खडेरीको संकेत देखापरेको छ।'

नेपालको औसत तापक्रम वृद्धिदर प्रतिवर्ष शून्य दशमलव शून्य चार डिग्री सेल्सियस छ। विश्वको सन् २००६ उताको एक सय वर्षको औसत तापक्रम वृद्धिदर शून्य दशमलव ७४ डिग्री सेल्सियस थियो। 'यो संसारको औसत वृद्धि दर हो तर कतिपय स्थानमा ४/५ डिग्री पनि बढेको पाइन्छ,' उनले भने, 'यति थोरै वृद्धि दरले यति विघ्न प्रकोप भइराखेको छ, यो अझै बढ्यो भने के हुने होला?'

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी महासन्धि र त्यसको वैज्ञानिक निकाय (आइपिसिसी) ले २१ औं शताब्दीभित्र विश्वको तापक्रम २.६ देखि ४.८ डिग्री सेल्सियससम्म बढ्नसक्ने चेतावनी दिएको छ। तापक्रम स्थीर राख्न मानवसिर्जित क्रियाकलापबाट भइरहेको हरितगृह ग्यासको उत्सर्जन घटाउन विज्ञहरूले आग्रह गरिरहेका छन्। वायुमण्डमा यही ग्यासको मात्रा बढ्दै गएकाले तापक्रम वृद्धि भइरहेको उनीहरुको अनुसन्धानले देखाएको छ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा मनसुनको चरित्र परिवर्तन भएको स्वीकार्छन्। 'यो जलवायु परिवर्तनकै कारणले भएको हो, यसमा दुविधा छैन,' उनले भने, 'तर पनि त्यसभित्रको कुनचाहिँ तŒवले गर्दा यस्तो भइरहेको छ भन्नेसंसारकै अध्ययनको विषय हो।'

डा. शर्मा तापक्रम वृद्धिले बनेको बादलका कारण जमिनको तापक्रम पनि घट्ने बताउँछन्। 'त्यसैले यसका नकारात्मक र सकारात्मक दुवै पाटो छन् तर कुन सकारात्मक र कुन नकारात्मक हो भन्ने कुरा अध्ययन गरेर मात्र थाहा हुन्छ,' उनले भने। पछिल्ला वर्ष क्युमलोनिम्बस बादलको गतिविधि बढेको उनी स्वीकार्छन्। 'खण्डवृष्टि, अतिवृष्टि, चट्याङको कारण यो हो,' उनले भने। डा. शर्माले लुम्लेको वर्षालाई भने 'क्लाउड ब्रस्ट' को संज्ञा दिए।

उनका अनुसार औसत वर्षा मात्रा नघटे पनि खण्ड र अतिवृष्टि बढेको, पानी पर्ने दिन घट्दै गएको, थोरै समयमा धेरै पानी परेको, पानी पर्ने र नपर्ने दिनबीचको फरक बढ्दै गएको अध्ययन देखाएको छ।

अर्कोतिर यस वर्ष नेपालमा विगतका मनसुनमा भन्दा कम पानी पर्ने अनुमान गरिएको थियो। हरेक वर्ष मनसुन सुरु हुनुअगावै विश्व मौसम संगठनको अगुवाइमा दक्षिण एसिया क्षेत्रका मौसमविदको साझा मञ्चले दक्षिण एसियाको मनसुनको अवस्थाबारे पूवार्नुमान गर्छ। यस वर्ष पनि बंगलादेशको ढाकामा छैटौं दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले विभिन्न जलवायु मोडल प्रयोग गरेर यस क्षेत्रमा पानी कम पर्ने जनाएको थियो। यही कारणले पनि तराईका अधिकांश जिल्लामा खडेरीको संकेत देखिएको मौसमविदहरू बताउ"छन्।

मञ्चको निष्कर्षअनुसार पश्चिमी उच्च पहाडी क्षेत्र, हिमाली जिल्ला र पूर्वको दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा कम पानी पर्ने अनुमान गरिएको छ। यद्यपि मञ्चले मनसुनको अवस्था सरदर न्यून अनुमान गरिए पनि केही ठाउँमा मुसलधारे वर्षाका दिन बढ्नसक्ने आकंलन गरेको छ।

मौसमविदका अनुसार प्रशान्त महासागरमा तापक्रम वृद्धि हुँदा सामुद्रिक वेभ विपरीत दिशा (पश्चिम) तर्फ जान्छ। यसले गर्दा जलवाष्पयुक्त वायु नेपालतर्फ नआई अन्यत्र जान्छ। पानी कम पर्छ। 'चार/पा"च वर्षको अन्तरालमा एनिनो एफेक्टको प्रभाव देखिने गरेको छ, त्यही एफेक्ट यस वर्ष पनि देखिन थालेको हो,' नेपालका मौसमविदले भन्दै आएका छन्।

सामान्यतया जेठ २४ देखि असोज ६ गतेबीचको समयलाई मनसुन अवधि भनिन्छ। यस अवधिमा वर्षको कुल वर्षाको ८० प्रतिशत पानी पर्छ। गत वर्ष ८७ प्रतिशत पानी परेको थियो। सरदर वर्षा भन्नाले कुनै स्थानको लामो समयको औसत वर्षाको ९० प्रतिशतदेखि १ सय १० प्रतिशतसम्मको अवस्थालाई बुझाउ"छ। सरदरभन्दा कम र बढीको वर्षा भन्नाले क्रमशः औसत वर्षाको ९० प्रतिशतभन्दा कम र १ सय १० प्रतिशतभन्दा बढीको अवस्था बुझिन्छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस