स्थानीय तह निर्वाचनः नारा भजाएर चुनाव जित्छन्, पूरा गर्दैनन्
२४ वैशाख २०७९
•
४ मिनेट पाठ
स्थानीय तह निर्वाचनः नारा भजाएर चुनाव जित्छन्, पूरा गर्दैनन्
इँटा भट्टाको धुँवाले दिउँसै अन्धकार गोलबजार सहर। गोलबजारमा सञ्चालित इँटा भट्टाको चिम्नीले कालो मुस्लो फाल्दै। तस्बिरः मिथिलेश/नागरिक
सिरहाको उदयमान व्यपारिक नगर गोलबजार नगरपालिकाका उम्मेदवारहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न लोकप्रिय नारा भजाउँदैछन्। गत स्थानीय तह निर्वाचनमा निवर्तमान मेयर देवनाथ साह इँटा भट्टालाई प्रदूषणरहित बनाउने घोषणा गरेका थिए। संयोगले  इँटा भट्टा सञ्चालक उनी पुनः यस नगरको मेयर उम्मेदवार बन्न पुगेका छन्।




माओवादी केन्द्रबाट मेयरका उम्मेदवार देवनाथ साहको यो नगरमा दुईवटा इँट्टा भट्टा छ। उनी निर्माण व्यवसायी पनि हुन्। वृद्ध उनी २०७४ सालमा पहिलोपटक स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए। उनको प्रतिबद्धतामध्ये एक थियो– इँट्टा भट्टाबाट निस्कने धुँवाको मुस्लोबाट नगरबासीलाई मुक्त गराउने। आफू चुनाव जितेपछि नगरमा धुँवारहित आधुनिक चिम्नीमार्फत् इँट्टा उत्पादन सुरु गर्ने उनको वादा फगत चुनावी नारामै सीमित हुन पुगेको नगरबासी बताउँछन्।  

यसपाली गोलबजारको नेतृत्वका लागि माओवादी केन्द्रबाट निवर्तमान मेयर देवनाथ साह दोस्रोपटक प्रतिस्पर्धा गर्दैछन्। नेकपा एमालेबाट श्याम श्रेष्ठ, जनता समाजवादी पार्टी र नेकपा(एस) गठबन्धनबाट मनोज सिंह(महतो), नेपाली कांग्रेसबाट लालबाबु साह मेयरमा प्रतिस्पर्धामा छन्।

गोलबजारको नेतृत्वका गर्न मैदानमा उत्रिएका उम्मेदवारहरूको फरक फरक नारा भएपनि गोलबजारबासीको साझा माग– स्वच्छ हावामा सास फेर्न पाउनु नै हो। यहाँका जनता कालो धुँवाबाट मुक्ति चाहिरहेका छन्। स्थानीय सोयब अनवर भन्छन्, ‘कालो धुँवाको कहरबाट मुक्ति चाह्ने नगरबासी यसपाली धुँवा फैलाउनेहरुको विपक्षमा मत पोख्छन्। धुँवाले निस्सासिएका जनता स्वच्छ हावामा सास फेर्न चाहिरहेका छन्।’

गोलबजार नगरपालिकामा दुई दर्जनभन्दा बढी इँटा भट्टा सञ्चालित छन्। एउटै वडामा पाँचवटासम्म भट्टा छन्। धेरैवटा भट्टाबाट निस्कने धुँवाको असर यहाँका बस्ती, धाँजा फाटेका खेत र आँपका बगैंचामा सजिलै हेर्न सकिन्छ।

धुँवा र प्रदूषणले आसपासका बगैंचामा आँप फल्दैन। खेतबारीमा अन्नबाली उत्पादन हुँदैन। बस्तीका मानिस श्वासप्रश्वास समस्याले पीडित छन्।

गोलबजार मुसहरी बस्तीका रामा सदाय (नाम परिवर्तन) क्षयरोगबाट थलिएका छन्। गाउँकै इँटाभट्टामा मजदुरी गर्ने उनी भन्छन्, ‘सुरूमा खोकी लाग्यो, धेरै समय निको नभएपछि जचाउँदा टिबी रहेको थाहा पाएँ।’ बिसेक हुनका लागि उनले सरकारी अस्पतालबाट निःशुल्क औषधि त पाएका छन् तर कामको चापले नियमित सेवन गर्न नपाउँदा रोगले झनझनै च्याप्दै गएको छ। अहिले उनी घरमै थला परेका छन्।

इँटाभट्टाबाट निस्कने प्रदूषणका सिकार हुने सदाय एक्ला होइनन्, गोलबजारका अरू थुप्रै मानिस धुँवाको ‘कुहिरो’ का बीच निस्सासिन बाध्य छन्। गोलबजारका बहादुर सदाय भन्छन्, ‘हावा नचलुन्जेल त ठीकै छ, हावा चलेपछि आगोले पोलेजस्तो हुन्छ। यहाँ त बसिनसक्नु हुन्छ।’ अर्का सगमलाल सदाय घरआँगन कोइला बलेर निस्कने धुँवाको मुस्लो बस्तीभरि फैलिने बताउँछन्। ‘कतिचोटि त हावाले उडाएर ल्याउने कालो धुलो खानामै झर्छ,’ उनले भने।  

राजनीतिक, आर्थिक र सामाजिक रूपमा बलिया इँटा उद्योग सञ्चालकलाई प्रतिकार गर्ने साहस स्थानीयसँग छैन। त्यसैले जति दुःख बेहोर्नुपरे पनि पनि उनीहरू चुपचाप छन्। ‘बोल्यो भने मालिकले लात हानेर निकालिदिन्छ,’ भट्टामा आश्रितहरू भन्छन्, ‘रोगी हुँदा पनि पेटका लागि चुपचाप बस्नुपरेको छ। भोक हेर्ने कि रोग।’

यहाँका मुसहरहरू बर्खाको तीन महिनाबाहेकका समय भट्टामा काम गरेर गुजारा गर्छन्। बस्तीसँगै भट्टा रहेकाले धुँवाको पहिलो सिकार पनि उनीहरू नै हुन्छन्। स्थानीय बासिन्दा भन्छन्, ‘बच्चादेखि वृद्धसम्म सबैको नाकमा वर्षैभरि सकसक भइरहन्छ। बिहान उठ्दा नाकबाट कालैकालो पदार्थ निस्कन्छ। लाग्छ, रातभर धुँवामा सास फेरेछु, बच्चालाई झन् कति गाह्रो हुँदो हो।’

इलाका स्वास्थ्य चौकी गोलबजारको तथ्यांकअनुसार यस क्षेत्रका बासिन्दामा श्वासप्रश्वास, दम, क्षयरोगसम्बन्धी स्वास्थ्य समस्या बढी रहेको देखिन्छ। दैनिक जचाउन आउने बिरामीमध्ये चार/पाँचजना श्वासप्रश्वासका बिरामी हुन्छन्। नगरका १४ जना क्षयरोगी यो स्वास्थ्य चौकीमा नियमित औषधि सेवन गर्न आउने गरेका छन्।  इँटाभट्टाको धुँवा (कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइड) ले वायुमा मात्र नभई पानी र माटोमा पनि नकारात्मक प्रभाव पार्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

बस्तीको बीचमा इँटाभट्टा भएपछि प्रदूषणले मानव स्वास्थ्यलाई हानी पुर्याएपनि कोही बोल्न सक्ने अवस्थामा नरहेको स्थानीय बताउँछन्। एउटै नगरमा यति धेरै इँटा उद्योग हुने गोलबजार देशकै पहिलो नगर रहेको घरेलु कार्यालयका उद्योग कार्यालय लहानले जनाएको छ। यति धेरै उद्योगबाट निस्किएको धुँवाको असर त यहाँको वातावरणमै हुन्छ।  

इँटाभट्टा (फिक्स चिमनी) ले फाल्ने हानीकारक धुँवाको प्रभावले गोलबजारमा मात्र होइन, आसपासका गाउँमा समेत खाद्यान्न उत्पादन घटेको छ। कृषि ज्ञान केन्द्र सिरहाको सर्वेक्षणले यी ठाउँमा सञ्चालित इँटाभट्टाको धुँवाले उत्पादनमा असर पुर्‍याएको निष्कर्ष निकालेको छ।

कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको अन्य भागको तुलनामा यो क्षेत्र वातावरणीय दृष्टिले संवेदनशील छ। आँप, गहुँ, धानलगायत उत्पादन अन्य क्षेत्रको तुलनामा यहाँ अत्यन्त कम छ। पहिला वैशाखमा पनि पर्याप्त पानी हुने पोखरीमा अहिले धाँजा फाटेको छ, खेतको हालत पनि उस्तै छ। धुँवाले वातावरण प्रदूषित बनाउँदाको चरम असर यो क्षेत्रका रुखबिरुवा, अन्न उत्पादनमा देखिएको छ।  

मानव जीवनलाई प्रदूषणबाट मुक्ती दिलाउने उम्मेदबारको पक्षमा मत पोखेर गोलबजारबासी स्वच्छ्ताको सास फेर्न चाहन्छन्। रुख विरुवा र जमीन हराभरा भएको देख्न चाहन्छन्, गोलबजारबासी। उदयमान व्यपारिक सहरलाई गुल्जार बनाउने भिजन भएका जनप्रतिनिधि चान्छन्, गोलबजारबासी।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
यो पनि पढौँ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस