बिरामी युवकको मृत्यु भएपछि इटहरीको एपेक्स अस्पताल शुक्रबार रातभर तनावग्रस्त बन्यो। चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा गाउँलेहरूले ढुंगामुढा प्रहार गर्दै राति प्रदर्शन गरेपछि तनावग्रस्त बनेकाे हाे।
मोरङ सुन्दरहरैंचा वडा नंं. ७ का २६ वर्षीय युवक जोनसोन राईको उपचारको क्रममा शुक्रबार साँझ अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना गरेको केही समयपछि उनको निधन भएको थियो। लगत्तै, मृतकका आफन्त र गाउँलेहरूले अस्पतालमा ढुंगामुढा प्रहार गर्दै प्रदर्शन गरेका हुन्।
स्थिती नियन्त्रण बाहिर जान नदिनका लागि प्रहरी रातभर परिचालन गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए।
पेटका बिरामी जोनसोनलाई चिकित्सकले ओभरडोज सुइ लगाएकाले मृत्यु भएको मृतककी काकी आरती लिम्बुको आरोप छ। अस्पताल सञ्चालक राजेन्द्र पोखरेलले भने लिभर ड्यामेज भएर अन्तिम अवस्थामा पुगेको बिरामीलाई भर्ना गरेपछि उपचार सम्भव नभएको बताए।
रातिभर प्रदर्शनपछि बिहान चार बजे दुई पक्षीय सहमति भएपछि साम्य हुन पुग्यो। अस्पतालले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति बनेपछि साम्य भएको हो।
चैत ३ गते राति पनि एक जना बिरामी बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको थियो। त्यतिबेला पनि मृतकका आफन्त र गाउँलेहरूले थालेको हिसांत्मक आन्दोलन उपचार खर्च बेहोर्ने सर्तमा साम्य भएको थियो।