काठमाडौं- चुरे संरक्षण संयुक्त संघर्ष समिति सदस्य र चुरे संरक्षणसम्बन्धी ऐन मस्यौदाका लागि गठित प्राविधिक टोली सदस्यबीचको विवादले मस्यौदा निर्माण अनिश्चित बनेको छ। मस्यौदा निर्माण टोलीमा सहभागी संघर्ष समितिका पदाधिकारी र प्राविधिक टोलीका सदस्यबीच विवाद सुरु भएको हो।संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका पदाधिकारीले समिति र मन्त्रालयबीचको १९ बुँदे सम्झौताअनुसार काम गर्न नदिएको आरोप लगाएको छ। मस्यौदा तयार गर्ने प्राविधिक टोलीको काममा मन्त्रालयले हस्तक्षेप गरेको भन्दै समिति पदाधिकारीले निर्माण प्रक्रियाबाट बाहिरिने चेतावनी दिएका छन्।
'आन्दोलनरत समिति र मन्त्रालयबीच ऐन मस्यौदा तयार गर्नुअघि १९ बुँदे सम्झौता भएको थियो, त्यसैअनुसार प्राविधिक टोली गठन भयो तर मस्यौदा बनाउने बेला मन्त्रालयले हस्तक्षेप गर्यो ,' समितिका तर्फबाट सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठकले भनिन्।
उनले मन्त्रालयका पदाधिकारीले टोलीमा हस्तक्षेप गर्दै समितिका प्रतिनिधिमाथि अभद्र व्यवहार गरेको आरोप लगाइन्। 'ऐन बनाउने कार्यमा हस्तक्षेप तथा झडपको स्थितिसमेत सिर्जना गराएकाले हामी बाध्य भई प्रक्रियाबाट बाहिरिने निर्णय गरेका छौं,' उनले भनिन्।
संघर्ष समितिकै अर्को सदस्य गाविस महासंघले भने बुधबारको पत्रकार सम्मेलन र त्यसको निर्णयप्रति आपत्ति जनाएको छ। 'हामी पनि ऐन मस्यौदा निर्माण समिति र टोलीमा छौं,' गाविस महासंघका महासचिव भीमप्रसाद ढुंगानाले भने, 'हामीलाई नसोधी र स्पष्ट नपारी गरिएको निर्णय मान्य छैन।' उनले ऐन बनाउने कार्यलाई तीव्रता दिनुपर्नेमा उल्टै त्यसमा सहभागी नहुने विज्ञप्ति निकाल्नु गलत भएको बताए। 'प्राविधिक टोलीले मस्यौदा बनाएर मूल समितिमा नबुझाइसकेको अवस्थामा कसरी निर्माण कार्य बहिष्कार गर्ने कुरा आयो, यसमा मेरो आपत्ति छ,' उनले भने।
मस्यौदा निर्माण प्राविधिक टोलीका सदस्य भोला भट्टराईका अनुसार वन मन्त्रालयमा करिब तीन साताअघि भएको तेस्रो बैठकमा उक्त विवाद भएको हो। बैठकमा सहभागी सदस्यबीच भनाभन र टेबुल ठोकाठोक भएको थियो।
'ऐनले समेटनुपर्ने क्षेत्रबारे छलफल हुँदा विवाद भएको हो,' उनले भने। उनका अनुसार ऐनले चुरे मात्र नभई चुरेबाट प्रभावित मधेस र दशगजासम्मको क्षेत्रलाई समेट्नुपर्ने कुरा उठेको थियो। 'त्यतिबेला सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि आक्रोशित हुनुभयो, म्याइन्युट गरेको रजिस्टर फाल्नुभयो,' उनले भने, 'चित्त नबुझेको कुरामा नोट अफ डिसेन्ट लेख्नु भनिरहेका थियौं, उहाँले मान्नुभएन।'
००००००
सामुदायिक वन उपभोक्ता महासंघको प्रतिनिधित्व गरेका दिलराज खनाल भने टोलीका अन्य सदस्यले समिति र मन्त्रालयबीच भएको सैद्धान्तिक सहमतिभन्दा बाहिरको कुरा माइन्युटमा लेखेपछि विवाद भएको बताउ"छन्। 'चुरे एकीकृत व्यवस्थापन ऐन बनाउने भन्ने सैद्धान्तिक सहमति थियो तर माइन्युटमा चुरे वातावरण संरक्षण ऐन बनाउने कुरा उल्लेख गरियो, यही विषयमा विवाद भएको हो,' उनले भने, 'सैद्धान्तिक सम्झौताविपरीत काम भएपछि मैले असहमति जनाएको हु"।'
खनालले अझै पनि 'लिने र छोड्ने' नीतिअनुरुप मस्यौदा निर्माण कार्य अघि बढाउन सकिने बताए। 'मस्यौदा बनाउनै नसकिने गरी विवाद भएको होइन,' उनले भने। खनालले मन्त्रालयले आफूखुसी प्राविधिक टोली सदस्य थपेको आरोप पनि लगाए।
मस्यौदा निर्माण प्राविधिक टोलीमा वन मन्त्रालयका कानुन उपसचिव चन्द्रकान्त पौडेल, साझेदारी वनका तर्फबाट भोला भट्टराई, सामुदायिक वन उपभोक्ता महासंघका तर्फबाट दिलराज खनाल, जनजाति महासंघका तर्फबाट किरण बराम, गाविस महासंघका तर्फबाट परशुराम उपाध्याय र चुरे समितिका तर्फबाट डा. प्रेम पौडेलले प्रतिनिधित्व गरिरहेका छन्। तेस्रो बैठकमा बराम र उपाध्याय सहभागी थिएनन्।
वन मन्त्रालय प्रवक्ता कृष्णप्रसाद आचार्यले पदाधिकारीले कुनै अभद्र व्यवहार नगरेको स्पष्ट पारे। 'प्राविधिक टोलीका सदस्यबीच विवाद आएको भन्ने सुनिएको हो, त्यसपछि बैठक बसेको छैन,' उनले भने। सरकारले वातावरण चुरे संरक्षण क्षेत्र घोषणा, विकास समितिको गठन गरेपछि त्यसको प्रतिवाद गर्न विभिन्न संघ–संस्था मिलेर संघर्ष समिति बनाएका हुन्। यो समितिले सरकारी निर्णयको विरोध गर्दै आएको छ।