रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढाको मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार माडी गाउँपलिका–४ तार्केबाङ नजिक मोटरसाइकल दुर्घटना भएको हो।
साेही मोटरसाइकलको पछाडि सवार दिलप्रसाद रोका मगर घाइते भएको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।