सेर्तुङ (धादिङ)- धादिङ सेर्तुङ–४ का एकबहादुर विश्वकर्मा हेलिकप्टरले राहत सामग्री झारेको ठाउँसम्म आइपुग्न एक खुट्टाले घस्रँदै थिए। मात्र ११ वर्षका उनको मंगलबार घरछेउको कान्लाबाट खसेर दाहिने खुट्टा भाँचिएको थियो।सल्यानटारबाट विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को हेलिकप्टरले राहत सामग्री उनकै घरमुन्तिर झार्दै थियो। आमा जेठीमाया विश्वकर्मा राहत लिन झरेपछि पछ्याउँदै उनी पनि झरेका।
'हिजो कान्लाबाट खसेर खुट्टा भाँचेछ, यहाँ उपचार हुन सकेन, काठमाडौं लान सकिएन,' जेठीमाया (३०) ले दुःखेसो पोखिन्। छोराको खुट्टा भाँचिएको थाहा पाएलगत्तै जेठीमायाले बोकेरै केही माथिको स्वास्थ्य चौकी पुर्या एकी थिइन्। स्वास्थ्यकर्मीले त्यहाँ उपचार हुन नसक्ने बताए। वैशाख १२ गतेको भूकम्प र त्यसपछिको अनुकम्पनका कारण खसेको पहिरोले सबै बाटा बगाएपछि औषधि केही आएको छैन। भएको औषधि रित्तिसक्यो। सामान्य ब्यान्डेज बाँधेर स्वास्थ्यकर्मीले तुरुन्त उपचारका लागि जिल्ला सदरमुकाम वा काठमाडौं लैजान भनेपछि उनी निराश छिन्। 'हिँड्ने बाटो पहिरोले बन्द छ, हेलिकप्टर मगाउन पैसा छैन, खुट्टा सुन्निएको सुन्नियै छ,' जेठीमायाले सुस्केरा हालिन्।
धादिङको विकट गाविस सेर्तुङ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि अन्य गाविस र सदरमुकामबाट टाढिएको छ। सेर्तुङ पुग्ने पैदल बाटो पहिरोले बगाएको छ। स्थानीयकै शब्दमा खुलाउने प्रयास कसैबाट भएको छैन। 'बाटो बनाउन कोही आउँदैन, हामीले त गोरेटो बाटोसमेत हिँड्न पाएनौं,' सेर्तुङ–८ का फिर्चा लामाले भने।
गाउँबाट सदरमुकाम धादिङवेसी ७० किलोमिटर टाढा छ। तर, पहिरोले सदरमुकामलाई भावनात्मक रूपमा निकै पर धकेलिदिएको छ। लिस्ने खोला, डुम्रे खोला, गलगा डाँडामा बाटो बिग्रँदा उनीहरुको राजधानी काठमाडौं आउने मार्ग फेरिएको छ। 'पहिला घ्याङसाङसम्म गाडी आउँथ्यो, धादिङवेसी हुँदै काठमाडौं जान्थ्यौं, अहिले नुवाकोट हुँदै काठमाडौं जानु परेको छ,' फिर्चा भन्छन्।
वैशाख १२ गते भूकम्प आउनुअघि सेर्तुङवासी एक दिनमा काठमाडौं आइपुग्थे। अहिले चार दिन लाग्ने गरेको छ। उनीहरू नुवाकोट निस्केर काठमाडौं आउन बाध्य छन्। यसले उनीहरुको खर्चसमेत बढाएको छ। 'बल्लतल्ल तीन दिनमा बेत्रावती पुगिन्छ, त्यसपछि विदुर हुँदै गल्छीबाट काठमाडौं जानुपरेको छ,' उनले भने।
पहिरोले भत्काएको बाटो नबन्दा गाउँका सबै पसल रित्तिसकेका छन्। किन्न सक्नेले पनि अन्नपात पाएका छैनन्। गाउँका सबै खच्चड बेकामे बनेका छन्। भूकम्प अघिसम्म सामान ढुवानीको एक मात्र माध्यम खच्चड थियो। अहिले खच्चड हिँड्ने बाटो छैन। गाउँमा रहेका १ सय ५० वटा खच्चडलाई त्यसै बाँधेर राख्नुपरेको छ। 'गाउँमा आउन सक्ने भनेको हेलिकप्टर मात्र हो, एकजना बिरामी परेर काठमाडौं लग्नु परे एकपटकमा एक लाखभन्दा बढी लाग्छ, यो सेवा लिन हामी सक्दैनौं,' सेर्तुङ–८ का चेरुङ तामाङ (४५) ले भने, 'बिरामी परे यहीँ अलपत्र परेर मर्नुको विकल्प छैन।'
अहिलेसम्म सेर्तुङवासी जेनतेन गरी बाँचेका छन्। उपचार नपाएर र खान नपाएर कसैको ज्यानै भने गएको छैन। तीन महिनापछि यो अवस्था आउन सक्छ। 'भूकम्प गएपछि हामी जुन बाटो तीन दिन हिँडेर नुवाकोटको बेत्रावती पुग्ने गरेका छौं, तीन महिनापछि (मंसिरदेखि) त्यो बाटो हिँड्न सक्दैनौं,' फिर्चाले भने, 'बाटोभरि बाक्लो हिउँ पर्छ। त्यो अवस्थामा हामी नाकाबन्दीमा पर्छौं। त्यतिबेला के गर्ने, के खाने भन्नेमा कसैको ध्यान गएको छैन।'
भूकम्प गएको तीन महिना बितिसक्यो, सेर्तुङवासी अहिले पनि त्रिपालमुनि रात बिताउँदै छन्। उत्तिखेरै पानी पर्छ, उत्तिखेरै घाम। पानी दर्के त्रिपालभित्र पस्छ, सबैजना एकै ठाउँ गुजुमुज्ज भएर बस्छन्। अर्को उपाय पनि छैन। 'तीन–चारवटा त्रिपाल राख्दा पनि छेक्दैन, पानी पर्न थालेपछि जहाँ चुहिँदैन, त्यहीँ सबै गुटमुटिएर बस्ने गरेका छौं,' सेर्तुङ–६ का कोचोमान तामाङ (५२) ले निराशा व्यक्त गरे। भएका भाँडाकुँडा घर भत्किँदा पुरिए। झिक्दा केही मात्र सद्दे निस्के। उनीहरूसँग न खाना पकाउने सद्दे भाँडा छन् न खाने।
राहतको जस्तापाता भर्खर गाउँ पुग्दै छ। एक्टेड नेपाल नामक संस्थाले जस्ता उपलब्ध गराएपछि डब्लुएफपीले अहिले धादिङको सल्यानटारबाट आफ्नो हेलिकप्टरमा सेर्तुङ–४, चालिसगाउँमा जस्ता झारिरहेको छ। सेर्तुङमा मात्र होइन, वरपरका सबै गाविसमा डब्लुएफपीले हेलिकप्टरमार्फत खाद्यसामग्री र जस्तापातालगायत सामग्री पुर्यातइरहेको छ। सल्यानटारमा विभिन्न संघ–संस्थाले ल्याएका राहत सामग्रीलाई सम्बन्धित गाउँ पुर्याुउन डब्लुएफपीले आफ्ना दुईवटा हेलिकप्टर खटाएको छ।
'अहिलेसम्म ९ सय २० बन्डल जस्तापाता बाँडिसकेका छौं, यहाँ आइसकेको १ सय २० बन्डल बाँड्न बाँकी छ,' सेर्तुङ–५ का दामीरत्न तामाङ (४२) ले भने। प्रत्येक घरधुरीलाई दुई बन्डल (१४ वटा) जस्तापाता वितरण गरिएको छ। सेर्तुङका ४, ५ र ६ वडामा जस्तापाता बाँडिसकिएको छ भने ७, ८ र ९ मा बाँड्न बाँकी छ।
अहिलेसम्म विभिन्न संघ–संस्थाले उपलब्ध गराएको चारसय बोरा चामल (१० हजार केजी) र १ सय ४० लिटर खाने तेल डब्लुएफपीले सेर्तुङ– ४ मा झारेको छ। २ सय ४६ घरधुरीलाई चामल बाँडिएको सेर्तुङ–५ का तुलु तामाङले बताए। 'अझै २ सय बोरा चामल आउन बाँकी छ,' उनले भने। २ सय बोरा चामल आएपछि थप चामल ल्याइदिने आश्वासन कसैले दिएका छैनन्। त्यसपछि एक मात्र विकल्प भनेको आफ्नै बारी हो। बारीबाट जे उत्पादन हुन्छ, त्यसैमा निर्भर हुने।
'यसपटक अचम्म भएको छ, लगाएको कोदो र मकैमा कहिल्यै नलाग्ने रोग लागेको छ, भर्खर रोपेको धान पनि मरेको छ,' राहतमा आएको चामल सकिएपछि आउने दुःखको बारेमा सेर्तुङ–८ का ६८ वर्षे लिङदेन तामाङले भने, 'बाली भित्रेला जस्तो छैन।'