सैनिक कल्याणकारी कोष : रकम बढ्छ, वृद्धिदर उस्तै
२२ साउन २०७२
•
७ मिनेट पाठ
सैनिक कल्याणकारी कोष : रकम बढ्छ, वृद्धिदर उस्तै
काठमाडौं- सैनिक कल्याणकारी कोषमा अहिले सरकारले नेपाली सेनालाई वार्षिक उपलब्ध गराउने बजेटभन्दा बढी रकम संकलित छ। तर, पनि कोषको वृद्धिदर भने सन्तोषजनक छैन।
पाँच वर्षअघि १६ अर्ब मौज्दात छँदाको वृद्धिदर कोषमा २६ अर्ब रुपैयाँ पुग्दा पनि उस्तै छ।थपिएका थुप्रै विद्यालय, महाविद्यालयले खर्च बढाउँदा कोषको रकम वृद्धिदर केही वर्षयता उस्तै देखिएकोे सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेल बताउँछन्।

'विद्यालय, महाविद्यालय बढेका छन्, खर्च बढेको छ,' उनले भने, 'आम्दानीको ९० प्रतिशत कल्याणकारी कार्यमा खर्च गर्ने प्रावधान छ, यी सबै कारणले कोष वृद्धिदर कम देखिएको हो।' यस वर्ष भूकम्पपीडितका लागि २ अर्ब रुपैयाँ छुट्ट्याइएको उनले जानकारी दिए।

संयुक्त राष्ट्रसंघीय मिसन, बैंक तथा वित्तीय संस्थामा निक्षेप रकमको ब्याज, विदेशी मुद्रा सटही प्रिमियम, नेपाली सेना स्वास्थ्यविज्ञान संस्था, विद्यालय/महाविद्यालय, परिवारआवास भाडा र अक्सिजन प्लान्टबाट प्राप्त हुने रकम कोषको मुख्य आयस्रोत हो।

२०७२ असार मसान्तसम्म कोषमा ३० अर्ब ३४ करोड ६६ लाख रुपैयाँ मौज्दात छ। आर्थिक वर्ष २०७१/०७२ मा ३ अर्ब ७० करोड १७ लाख रुपैयाँ लगानी छ। सेनाको कल्याणकारी योजना निर्देशनालयका अनुसार लगानीसमेत जोड्दा २०७२ असार मसान्तसम्म कुल सम्पत्ति ३४ अर्ब ४ करोड ८३ लाख पुग्छ। यो रकम सरकारले चालू आवका लागि सेनालाई विनियोजन गरेको बजेटभन्दा झन्डै डेढ अर्ब रुपैयाँ बढी हो। सेनाले यस वर्ष ३२ अर्ब ६९ करोड रुपैयाँ बजेट पाएको छ।

'२०७२ असार मसान्तसम्म ३ अर्ब ४६ करोड ३९ लाखले वृद्धि भई कोषमा नगद मौज्दात ३० अर्ब ३४ करोड ६६ लाख रुपैयाँ पुगेको छ,' निर्देशनालयका निर्देशक सहायक रथी ज्ञानेन्द्रजंग रायमाझीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, '२०७२ असार मसान्तसम्मको लगानीसमेत जोड्दा कुल रकम ३४ अर्ब ४ करोड ८३ लाख छ। '

निर्देशनालयका अनुसार २०७१ असार मसान्तसम्म कोषमा नगद मौज्जात २६ अर्ब ८८ करोड थियो। लगानीसमेत जोड्दा कुल ३० अर्ब ३९ करोड पुगेको थियो। त्यति बेला अघिल्लो वर्षको तुलनामा ३ अर्ब ५७ करोड रुपैयाँ वृद्धि भएको थियो।

२०७० असार मसान्तमा कोषको मौज्दात २३ अर्ब ३१ करोड रुपैयाँ थियो, वृद्धिदर ३ अर्ब ५१ करोड। २०७१ असार मसान्तमा २६ अर्ब ८८ करोड रुपैयाँ पुगे पनि वृद्धिदर ३ अर्ब ४६ करोड रुपैयाँमा झरेको थियो। २०७१ मा तीन अर्ब रुपैयाँ बढ्दा आर्थिक वृद्धिदरचाहिँ अघिल्लो वर्षको तुलनामा झन् कम छ। कोषमा साढे तीन अर्ब नगद थपिँदा वार्षिक वृद्धिदर भने ११ करोड रुपैयाँ घटेको पाइएको छ।

विगत दुई वर्षमा मात्र कोषको आर्थिक वृद्धिदर उस्तै देखिएको भने होइन। केही वर्षयता कोषमा नगद बढेको बढ्यै छ भने वार्षिक वृद्धिदर त्यो अनुपातमा छैन। २ अर्ब ४ करोड रुपैयाँ वृद्धि भएर २०६७ असार मसान्तमा कुल नगद मौज्दात १६ अर्ब रुपैयाँ पुगेको थियो। एक वर्षमै ३ अर्ब रुपैयाँ वृद्धि भई २०६८ असार मसान्तमा आइपुग्दा १९ अर्ब रुपैयाँ थियो।

चार वर्षअघि १६ अर्ब रुपैयाँ मौज्दात हुँदा पनि वार्षिक रकम वृद्धि ३ अर्ब देखिन्छ भने एक वर्षअघि मौज्दात २६ अर्ब ८८ करोड पुग्दा वृद्धिदर ३ अर्ब ४६ करोड मात्र।

२०६८ असार मसान्तमा १६ अर्ब पुगेको कोषको नगद २०६९ असार मसान्तमा २१ अर्ब १३ करोड पुगेको थियो। अघिल्लो वर्ष ३ करोड रकम वृद्धि भई १९ अर्ब नगद पुगेको कोषमा २०६९ मा वार्षिक वृद्धि रकम घटेर २ अर्ब १३ करोडमा झर्यो । कोषमा रकम बढेर २०६९ असार मसान्तमा २१ अर्ब १३ करोड पुग्यो तर २०७० असार मसान्तमा २ अर्ब १८ करोड मात्र थपिई नगद मौज्दात २३ अर्ब ३१ करोड पुगेको देखिन्छ।

सेनाले २०३२ सालमा कोष स्थापना गरी विभिन्न कल्याणकारी कार्य गर्दै आएको छ। स्थापनाताका १ करोड २४ लाख रुपैयाँ जम्मा गरिएको थियो। संयुक्त राष्ट्रसंघको शान्ति–मिसनमा खटिने सैनिकबाट उनीहरूले पाउने भत्ताको २२ प्रतिशतका दरले रकम कट्टा गरी कोषमा राखिँदै आएको छ। त्यसरी आउने रकम र बैंकबाट प्राप्त ब्याज नै कोषको मुख्य आम्दानी हो।

'२०७२ असार मसान्तसम्म मौज्दातमध्ये ४३ प्रतिशत बैंकको ब्याज र ३२ प्रतिशत शान्ति मिसनबाट प्राप्त रकम हो, बाँकी अन्य कार्यबाट आम्दानी भएको हो,' निर्देशनालय निर्देशक रायमाझीले पत्रकार सम्मेलनमा भने।

रायमाझीकै भनाइलाई आधार मान्दा पनि विगत पाँच वर्षमा न मिसनमा जाने सैनिकको संख्या घटेको छ न त बैंकमा जम्मा नगद। तर, वार्षिक वृद्धिदरमा खासै सुधार आएको देखिँदैन। कोषले मौज्दात रकम विभिन्न २९ वटा बैंकमा राखेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस