बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भारतीय नागरिकबाट हुन सक्ने प्रहरीले अनुमान गरेको छ। व्यक्तिगत रिसिबीका कारण उनलाई भारतीय नागरिकले हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको हो। ‘एक जना भारतीय व्यक्ति उहाँसंग जानुभएको रैछ। उहाँको हत्या पनि उसैले गरेको हुन सक्छ,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता नरहरी अधिकारीले भने ‘भारतीय भन्ने व्यक्तिको पहिचान खुलिसकेको छैन।’ उनले खोजी कार्य तीव्र पारेको बताए।
परियार नेपाली कांग्रेसका कार्यकर्ता रहेको खुलेपछि उनलाई राजनीतिक प्रतिशोधका कारण हत्या गरेको आशंका गरिएको थियो। तर, प्रहरीले परियारको हत्या व्यक्तिगत ‘रिसिइबी’ का कारण भएको खुलाएको हो। परियारको आइतबार साँझ ८ बजेको समयमा भरतपुर कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो। हत्या भएको घटनास्थलमा गोलीका २ वटा खोका फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता अधिकारीले घटनास्थलमा दुई वटा गोलीको खोका फेला परेको बताए। उनका अनुसार धारिलो हतियार प्रयोग गरिएको घाउ भएपनी गोली समेत फेला परेको र थप अनुसन्धान जारी रहेको बताए। उनको छुरा प्रहार गरी हत्या भएको भनिएपनि घटना स्थलमा गोलीको खोका समेत फेला परेपछि घटना थप शंकाको घेरामा परेको छ। गम्भीर घाइते भएका परियारलाई उपचारका लागि तत्काल चितवन मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा परियारको मृत्यु भएको थियो। उनको शव अहिले पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको अधिकारीले बताए।
यसैबीच सो घटनाप्रति नेपाली कांग्रेस चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाउदै यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा सजायको माग गरेको छ। चितवन कांग्रेसका सभापति राजेश्वर खनालद्वारा आज जारी प्रेस विज्ञप्तिमा निर्वाचनको प्रचारप्रसारको सिलसिलामा खटिएका परियारमाथि सुनियोजित तरिकाले सांघातिक आक्रमण भएको जनाइएको छ। हत्याको बिरोधमा नेपाली कांग्रेसले एक घण्टा चौविसकोठीमा चक्का जाम गरेको थियो। मृतक परियार कांग्रेस चितवन २ (ख) का सदस्य हुन्।