वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी मदिरा बिक्रीवितरण र सेवनमा निषेध गरिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको हो।
स्थानीय तहको निर्वाचनको सन्दर्भमा निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका,२०७८ को दफा७१ मा भएको व्यवस्था बमोजिम मादक पदार्थ निषेध गरिएको सोमबार जिल्ला प्रशासन कार्यालय बर्दियाले प्रेश विज्ञप्ति जारी गरी जनाएको छ। मंगलबार राति १२ बजे देखि शुक्रबार मतदान कार्य सम्पन्न नभएसम्म मादकपदार्थ बिक्री वितरण र सेवनमा रोक लगाईएको विज्ञप्तिमा उल्लेख छ।
यस अवधिमा कोही कसैले मादकपदार्थ बिक्री वितरण र सेवन गरेको पाईएमा कानून बमोजिम कारवाही हुने समेत प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।