काठमाडाैं–पाल्पाबाट बुटवल जाँदै गरेको लु १ ख ५७७१ नम्बरको बस पाल्पाको दोभानस्थित सिद्धबाबामा दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएको छ । बस सडकबाट खोलामा खसेको छ । पाल्पा प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीका अनुसार बस खोलामा खसेपछि माथिबाट पहिराेसमेत झरेको छ ।'बसमा कति यात्रु थिएभन्ने खुल्न सकेको छैन,' चौधरीले नागरिकन्युजसँग भने,'बस खोलामा खसेका कारण ठूलै हताहती भएको अनुमान गरेका छौं ।'प्रहरी निरीक्षक चौधरीका अनुसार बस खसेको ठाउँमा माथिबाट पहिरो झरी रहेकाले उद्दार कार्यमा कठिनाई भएको छ ।
'बससँगै पहिराे पनि खसिरहेको छ,' उनले भने,'पहिरा खस्ने क्रम नरोकिएकाले उद्दार कार्यमा कठिनाई भइरहेको छ ।' घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिए पनि भौगोलिक विकटताका कारण उद्दार कार्य हुन नसकेको उनले बताए । बस धनीका अनुसार २०, २५ जना यात्रु थिए ।
पहिरोका कारणा पाल्पा बुटवलस सडक अबरूद्ध छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी सहित शसस्त्र र नेपाली सेनाको टोली पनि घटनास्थल पुगेको छ । रूपन्देही तर्फबाट पनि उद्धारका लागि सुरक्षााकर्मीकाे टोली पुगेको छ ।अहिले पनि पहिरो खसिरहेका कारण बस खसेको क्षेत्रमा सुरक्षाकर्मीलाइ पुग्न हम्मे परेको छ । बुटवलबाट ड्रोन क्यामेरा ल्याएर बस र घटनास्थलको अवस्थाबारे जानकारी लिने काम भैरहेको घटनास्थलमा पुगेका पत्रकार बसन्त कुँवरले बताए । दुईवटा शव दुर्घटनास्थलमा फेला परेकाे र दुईवटा तिनाउ नदीमा बग्दै गरेकाे अवस्थामा बुटवलमा फेला परेकाे प्रहरीले जनाएकाे छ ।