काठमाडौं–कुटपिटको आरोपमा युवासंघका केन्द्रीय सदस्य अमित लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त दरवारमार्गले उनलाई गुन्डागर्दीको आरोपमा पक्राउ गरेको हो ।बृत्तका डिएसपी रमेश बस्नेतका अनुसार शुक्रबार बेलुका दरवारमार्गमा रहेको भिक्टोरी क्लवमा छिर्न नदिएको भन्दै त्यहाँका गार्ड र बाउन्सरलाई कुटेको आरोपमा उनलाई पक्राउ गरिएको हो । बस्नेतका अनुसार लामालाई सार्वजनिक अपराधको आरोपमा प्रहरी हिरासतमा राखिएको छ । रात्रीकालीन व्यवसायमा आवद्ध लामा गुन्डागर्दीको आरोपमा पटक–पटक पक्राउ पर्ने गरेका छन् ।
अर्को समाचार
युवासंघका केन्द्रीय सदस्य पक्राउ
अर्को समाचार
युवासंघका नेतामाथि खुकुरी हान्ने पक्राउ
काठमाडौं-प्रहरीले बाँकेको कोहलपुरमा युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथी खुकुरी प्रहार गर्ने मुख्य आरोपीलाई बालाजुबाट नियन्त्रणमा लिएको छ।
बुढाथोकी माथि पुस १४ गते कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै लक्ष्मण मल्ल सहितको समुहले खुकुरी प्रहार गरेका थिए ।
अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख एसएसपी धिरु बस्न्यातले घटनाको अनुसन्धानमा मल्लको संलग्नता देखिएपछि पक्राउ गरिएको बताए ।
उनका अनुसार घटना पछि बाँकेबाट भागेर काठमाडौं आएका मल्ललाई घटनाको अनुसन्धान समुहले पक्राउ गरेको हो। मल्ललाई अहिले महानगरीय प्रहरी बृत बालाजुको हिरासतमा राखिएको छ।

यो पनि पढौँ
ट्रेन्डिङ