काठमाडौं— राजधानीमा एक सातायता हैजा संक्रमणको जोखिम बढेको छ। चिकित्सकका अनुसार कडा खालको झाडापखाला गराएको केही बेरमै मृत्युसम्म गराउने भिब्रियो कलेरा (हैजा) का १४ बिरामी प्रमाणित भइसकेका छन् भने झाडापखालाका बिरामी बढिरहेका छन्।
शुक्रराज सरुवा रोग अस्पताल, टेकुमा अघिल्लो शनिबार भर्ना भएका मध्ये १४ जनामा हैजा भेटिएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जनकारी दिए ।
'शनिबार मात्रै नयाँ तीन जना बिरामी भेटिए,' उनले भने, 'भर्ना भएर उपचाररत थप ७ जनामा पहिलो चरणमा देखिएपछि रि–कन्फर्ममेसनका लागि पुनः परीक्षण हँुँदैछ ।'
अहिले अस्पतालमा ५० भन्दा बढी झाडापखालाका बिरामी भर्ना भएर उपचार गराइरहेका छन् । प्रत्येक दिन २२ देखि २५ जना नयाँ बिरामी थपिइरहेको अस्पतालले जनाएको छ ।
साउन लागेसँगै ठूलो संख्यामा झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन् । अहिले अस्पताल भर्ना भएका अधिकांश कालिमाटी, कुलेश्वर, ठमेल, टेकु क्षेत्रका छन् । कुलेश्वरबाट आएकामा पनि धेरै बिरामी टंकेश्वरी क्षेत्रका भेटिएपछि उक्त क्षेत्रमा विश्व स्वास्थ्य संगठनकै टोली स्रोत खोजीमा लागेको छ ।
'एउटै घरमा बस्ने र परिवारका सदस्यसमेत धेरै छन्,' पुनले भने, 'यसले कुनै निश्चित क्षेत्रबाट रोग फैलिइरहेको देखाउँछ ।' उनका अनुसार त्यस क्षेत्रबाट अस्पताल आइपुग्दा ठूलो संख्यामा गम्भीर अवस्था र केही बेहोससमेत भइसकेका थिए ।
चिकित्सकका अनुसार हैजा (भिब्रियो कलेरा) संक्रमण भएपछि १ देखि १० दिनसम्म पनि मानिसले यसका विषाणु फालिरहन सक्छ । रोगले गम्भीर नभएका बिरामीले पनि यसका किटाणु फैलाउँदै हिँड्न सक्छन् । हैजा दिसामा रहेका किटाणु, पानी, खाना वा भाँडाकुँडाका माध्यमले मानिसमा सरेपछि संक्रमण हुन्छ ।
सामान्य खालका झाडापखाला भाइरल, प्रोटोजुवा र जिहाइडियोसिसलगायत कारण समेत हुने भए पनि हैजा विषाणु (ब्याटेरिया, भिब्रियो कलेरा) ले गराउँछ । हैजाले झाडापखाला र वान्तासमेत गराएर लक्षण देखिएको केही बेरमै शीघ्र जलवियोजन गराउँछ र किड्नीलगायत बहुअंग (मल्टी अर्गान फेलियर) नचल्ने भएर बिरामीको मृत्यु हुनपुग्छ ।
'हैजाले झाडापखाला सुरु भएको ८ देखि १२ घन्टाभित्रै उपचार नपाएर मृत्यु गराउँछ,' डा. पुनले भने । चिकित्सकका अनुसार हैजाका बिरामीको तत्काल उपचार नभए सहरी क्षेत्रमै पनि हताहती हुनसक्छ । यस्तो अवस्थामा तत्काल स्लाइन र एन्टिबायोटिक्स दिनुपर्छ । कतिपय एन्टिबायोटिक्समा पनि हैजाका जीवाणुले प्रतिरोधी क्षमता विकास गरिसकेको अनुसन्धानले पुष्टि गरिसकेका छन् ।
'यसपटक एन्टिबायोटिक्स सेन्सिटिभिटी जाँच गरेर हेर्दा टेटासाइक्लिनी सेन्सेटिभ देखएको छ,' पुनले भने, 'अन्य अस्पतालमा पनि उपचारमा यो तथ्य ध्यान दिनुपर्छ ।'
अस्पतालका अनुसार गएको वैशाखदेखि नै झाडापखालाका बिरामी आउन थाले पनि साउन सुरुदेखि यो दर ह्वात्तै बढेको छ । अस्पताल पुगेका मध्ये वैशाखमा ८०, जेठमा १ सय २६, असारमा २ सय ४ झाडापखालाका बिरामी भर्ना गर्नुपरेको थियो । साउन २० सम्म २ सय ४ जना संक्रमित भर्ना भइसकेका छन् ।
अस्पतालका अनुसार अघिल्लो शनिबार केही गम्भीर अवस्थाका बिरामीसहित संख्या बढी देखिन थालेपछि अस्पतालले हैजाको आशंकामा विस्तृत परीक्षण सुरु गरेको थियो ।
सुरुको चरण परीक्षण 'ह्यागिङ ड्रप टेस्ट' का क्रममा माइक्रोस्कोपमा बढी मात्रामा ब्याक्टेरिया चलेको देखिएपछि चिकित्सकले 'हाइली सस्पेक्टेड स्टेन्डर टेस्ट' र 'सेरोटाइप टेस्ट' समेत गरेका थिए । यी अतिरिक्त परीक्षणले शतप्रतिशत नतिजा दिन्छ ।
'सुरुमा ६ वटा, पछि ५ र आजै तीनवटा नयाँ केस प्रमाणित भए,' उनले भने, 'नजाँचीकन उपचार गरिरहेका थुप्रै बिरामी अन्य अस्पतालमा समेत हुन सक्छन् भन्ने यसले देखाउँछ ।'
चिकित्सकका अनुसार हैजा संक्रमण जार (मिनरल) को पानी पिउनाले सरेको आशंका छ ।
अस्पताल भर्ना भएका र गम्भीर खालका ५० भन्दा बढी बिरामीसँग खाना, पानी र अन्य सरसफाइ अवस्थाबारे सोधखोज गर्दा अधिकांशले जारको पानी नउमाली र फिल्टरसमेत नगरी पिएको भेटिएपछि यस्तो आशंका बलियो भएको हो ।
'बिरामी हुनुअघि जारको पानी नउमाली, फिल्टरसमेत नगरी पिएको देखियो,' उनले भने, 'ती पनि पानी भरेर मात्र बेच्ने नामै नसुनिएका कम्पनीका थिए,' पुनले भने ।
चिकित्सकले टेकु अस्पतालमा भर्ना भएकामा यो संख्या देखिए पनि अझै थुप्रै बिरामी निजी अस्पतालमा उपचार गराइरहेको हुनसक्ने बताए । उनले टेकुमै भर्ना भएका बिरामीले पनि आफ्ना छिमेकी र एउटै घरमा बसेका थुप्रै बिरामी परेको बताइरहेकाले हैजा र झाडापखाला फैलिने क्रममा रहेको बताए । चिकित्सकले अहिलेको संक्रमण भूकम्पका कारण विस्थापित बसेका शिविरमा पुगे भयावह रुप लिन सक्ने औंल्याएका छन् ।
यसपटक देखिएको हैजाका विषाणु अलि कडा खालको भएको अनुमान डा. पुनको छ । हैजा गराउने ब्याक्टेरिया भिब्रियो कलेरा (ओ१) मा तीन प्रजाति ओगावा, इनवा र हिकोजिमामध्ये यसपटक सबैमा इनवा देखिएको छ । यो प्रजाति सन् २००७ मा काठमाडौंमा पहिलोपटक देखिएको थियो । त्यसपछिका प्रत्येक वर्ष हैजाका केस भेटिए पनि सबै वर्षमा ओगावा प्रजाति भेटिएको थियो । 'धेरै वर्षपछि इनवा आएको छ, बिरामीको प्रकृति हेर्दा यो कडा खालको भएर आएको छ, यस्तो अवस्थामा समयमै उपचार नभए मृत्युको जोखिम अझै बढी हुन्छ,' उनले भने ।
डा. पुनको अनुभवमा सन् २०१२, २०१३ र २०१४ मा पनि राजधानीमा फाट्टफुट्ट हैजाका बिरामी भेटिएका थिए । ती सबै केसमा ओगगावा प्रजातिका विषाणु थिए । 'ती वर्ष अस्पताल बसाइ छोटो हुन्थ्यो,' पुन थपे, 'अहिले कडा स्वरुप भएकाले अस्पताल बसाइ लम्बिएको छ ।'
चिकित्सकले हैजा तथा झाडापखालाजन्य रोग धेरैजसो संक्रमित पानी र खानाबाटै सर्ने भएकाले राम्रोसँग हात धुनु यसबाट बच्ने प्रमुख उपाय रहेको बताएका छन् । पछिल्ला दिन यो सन्देश पनि पूर्ण नभएको चिकित्सकको बुझाइ छ ।
'हात धुने पानी, भाँडा माझ्ने पानी पनि कस्तो छ भन्ने कुराले पनि फरक पार्छ,' उनले भने, 'पानी तताएर पिउनुपर्छ भन्ने सबै बिरामीलाई थाहा थियो तर तिनीहरुले मिठो हुन्न भनेर त्यसो नगरेका रहेछन्,' पुनले थपे, 'अब व्यवहार परिवर्तन गराउने गरी नै सचेत गराउनुपर्छ ।'
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले उपत्यकामा हैजाका केही केस देखिए पनि नियन्त्रणबाहिर नपुगेको बताए । उनले बिरामी भेटिएका क्षेत्रमा स्रोतको खोजी भइरहेको भन्दै कारण पत्ता लागेपछि सघन रुपमा जनचेतनासहित अन्य निकायसँग समेत समन्वय गरेर नियन्त्रण प्रयास थालिने बताए ।