विरोधबीच प्रतिवेदन संविधानसभामा
२४ साउन २०७२
•
१० मिनेट पाठ
विरोधबीच प्रतिवेदन संविधानसभामा
काठमाडौं— नयाँ संविधानमा हिन्दु राष्ट्र हुनुपर्ने माग गर्दै राप्रपा नेपालले वेलमा नाराबाजी गरिरहेका थिए, वेलमै अर्कोपट्टि ६ प्रदेशको सीमांकन खारेजीको माग गर्दै संघीय समाजवादी फोरम नेपालसहितका चार दलले नारा लगाइरहेका थिए । नयाँ संविधानमा दलित र जनजातिलाई आरक्षणको माग गर्दै बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान भने बेलमै पलेँटी कसेर बसेका थिए । बेला–बेला सिट्ठीसमेत बजेको सुनिन्थ्यो ।आइतबार बेलुका अबेर संविधानसभा हलमा नाराबाजी र होहल्ला चलिरहेका बेला सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई प्रतिवेदन पेस गर्न समय दिए ।

भट्टराई उठेर प्रतिवेदन पेस गर्न जानै लाग्दा राप्रपा नेपालका केही सभासदले रोक्न खोजे । तर, ती सभासदलाई मर्यादापालकले अघि बढ्न दिएनन् । राप्रपा नेपालका सभासद र मर्यादापालकबीच धकेलाधकेल हुन थाल्यो । सभापति भट्टराई प्रधानमन्त्री सुशील कोइरालाको कुर्सी पछाडिबाट तर्किँदै रोस्ट्रमतर्फ अघि बढे ।

प्रतिवेदन टेबल गर्न रोस्ट्रम पुगेका भट्टराईले तत्काल प्रतिवेदन पेस गरेनन् । उनले इतिहास कोट्ट्याए र संविधान निर्माणमा अवरोध गर्न लागिपरेको भन्दै राप्रपा नेपालका नेताहरूको आलोचना गरे ।

'इतिहास दुईपटक दोहोरिन्छ भनेर कार्ल माक्र्सले भनेका थिए,' भट्टराईले भने, 'एकपटक दुःखमा र एकपटक ठट्ट्यौलीका रूपमा । २००७ सालमा बिपी कोइराला संविधानसभाको माग गरेर अघि बढे । १४ सालमा छाडेपछि १७ सालमा 'कू' गरेर ३० वर्ष पञ्चायती व्यवस्था ल्याइयो । हामी बिपीका अनुयायी अब फेरि त्यस्तो गल्ती गर्नेछैनौं । अहिले राष्ट्रियताको खोल ओडेर संविधानसभा भाँड्ने तŒव सक्रिय छन् भनेर जान्दाजान्दै हामी कतै इतिहास बिर्सँदै त छैनौं ? यहाँ (संविधानसभामा) हास्य दृश्य मञ्चन भएको छ । हामी अब पनि गल्तीले इतिहास दोहोरिन दिन्नौं ।'

भट्टराईले आफ्ना कुरा अघि बढाएपछि वेलमा नाराबाजी गरेका बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपासहित कुर्सीमा रहेका सबै सभासदले गडगडाहट ताली पिटिरहे ।

भट्टराई यतिमै रोकिएनन्, 'जनताका प्रतिनिधिले संविधानसभाबाट संविधान बनाइछाड्छन् । फेरि १७ सालका भूत जागेर तर्साउन खोज्दैछन् । तर, हामी कत्ति पनि तर्संन्नौं । पहिले पनि विदेशीको दलाली गरेर नेपाली उद्योगधन्दा चौपट पारे । अहिले पनि कथित राष्ट्रियताको आडमा विदेशीको दलाली गरिरहेका छन् ।'

भट्टराईले अहिले कांग्रेस, कम्युनिस्ट, आदिवासी, जनजाति, पिछडिएको क्षेत्र सबै एकठाउँ भएर संविधान जारी गर्न लागेको बताए । उनले अहिले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि संविधान जारी भएपछि पनि संघर्ष गर्दै जान सकिने बताए ।

अहिले संविधानको विरोध गर्नुको कुनै तुक नभएको उनको टिप्पणी थियो । 'हामी २०६२÷६३ का सहयात्री अहिले एकठाउँमा उभिएका छौं,' उनले भने, 'एकातिर भीर छ अर्कोतिर खाडल छ, यस्तो बेलामा हामी बुद्धिमानीका साथ अघि बढ्नुपर्छ ।'

भट्टराई केहीबेर अन्तै मोडिए पनि फेरि आक्रोशित हुँदै पुरानै विषयतर्फ फर्कंन्थे । 'हामी अब फेरि पनि ढिला ग¥यौं भने १७ साल दोहोरिन्छ,' उनको भनाइ थियो, 'हामी अहिले लचिलो भएर संविधान जारी गरौं ।'

संविधानका विवादित विषय चार दलका शीर्ष नेताको सिन्डिकेटका आधारमा लादिएको भन्दै पटक–पटक विरोध गर्दै आइरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाप्रति संकेत गर्दै भट्टराईले थपे, 'कुनामा षड्यन्त्र गरेर नेपालको बदनाम गर्नेले हाम्रा नेतालाई सिन्डिकेट भनेर बदनाम गरिरहेका छन् । तिनका विरुद्ध संविधान बनेपछि पनि थप संघर्ष गर्दै जानेछौं ।'

उनले थापालाई लक्षित गर्दै नेपालमा अब संविधान बन्ने सुनिश्चित भएपछि भाँड्न उद्धत रहेको धारणा राखेका थिए । 'बत्तीमा पुतली होमिएजस्तै फेरि होमिन खोजेका छन्,' भट्टराईले भने, 'ती तŒवले संविधान रोक्न खोजेका छन् । उनीहरू कहिले धर्मका नाममा र कहिले केका नाममा नाटक मञ्चन गरिरहेका छन् ।'

भट्टराईले आदिवासी जनजाति, मधेसी, महिलालगायतलाई त्यस्ता नाटकबाट सचेत हुन आग्रह गरे । 'तपाईंहरू जुन नाटक देखिरहनुभएको छ,' भट्टराईले भने, 'यसले तपाईंहरूले बनाएको बाटो अन्तै लान सक्छ । बेलैमा सचेत रहनुहोला ।'

भट्टराईले यति भनिसक्दा कांग्रेस, एमाले र एमाओवादीका सभासदले दर्जनौंपटक गडगडाहट ताली बजाएका थिए । त्यसपछि उनले संवाद समितिको प्रतिवेदन पेस गरेका थिए ।

त्यसअघि संविधानसभाको बैठक सुरु हुनेबित्तिकै विभिन्न दलका सभासदले सीमांकनका बारेमा फरक–फरक धारणा राखेका थिए ।

राप्रपा नेपालका अध्यक्ष थापाले चार दलका शीर्ष नेताले स्वेच्छाचारिता र सर्वसत्तावादी ढंगबाट सिन्डिकेट लादेको आरोप लगाएका थिए । उनले जनताले दिएको सुझावमा सहमति कायम गर्ने जिम्मा पाएको विशेष समितिले हिन्दु धर्म, जननिर्वाचित कार्यकारीजस्ता जनताका महŒवपूर्ण आवाजलाई बेवास्ता गरेको भन्दै विरोध गरेका थिए । उनले त्यस विषयमा कुन शक्तिका कारण निर्णय सकेनन् भन्दै प्रश्न उठाएका थिए । थापाले प्रतिवेदन स्वीकार गर्न नसकिने भएकाले विरोध स्वरूप वेल घेराउ गर्ने निर्णय गरिएको बताए ।

राप्रपा नेपालका सभासदहरूले विशेष समितिको प्रतिवेदनको प्रति च्यातेपछि सभाध्यक्ष नेम्वाङले गलत काम गरेको भन्दै चेतावनी दिएका थिए ।

तमलोपाका सर्वेन्द्रनाथ शुक्लले पनि ६ प्रदेशको सीमांकन खारेजी हुनुपर्ने बताएका थिए । उनले धारणा राखिसकेपछि संघीय समाजवादी फोरम नेपालसहित चार दलका सभासद वेल घर्न अघि बढेका थिए ।

त्यसअघि उमेश यादव, विश्वेन्द्र पासवान, सुरेन्द्र चौधरी, गणेशमान पुन, हृदयराम थानी, डिम्पलकुमारी झालगायतले आफ्नो धारणा राखेका थिए ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको दिनभर बसेको बैठकले विशेष समितिको प्रतिवेदन पारित गर्दै संविधानसभामा पेस गर्ने निर्णय गरेको थियो ।

विशेष समितिमा प्राप्त फरक मतसहित सभासदले दिएका सुझाव समावेश गर्ने जिम्मा फेरि पनि विशेष समितिलाई दिइएको थियो । विशेष समितिको बैठकमा बागलुङलाई अखण्ड राख्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरू सकारात्मक देखिएको स्रोतले बताएको छ ।

संविधानको अन्तिम मस्यौदा पारित नभएसम्म विशेष समितिले विवादित विषयमा सहमतिको प्रयास गर्दै जाने समितिले जनाएको छ ।

विशेष समिति र संवाद समितिले समेत थ्रेसोल्ड र धर्मका बारेमा भने टुंगो लगाउन सकेका छैनन् । यस विषयमा सहमतिको प्रयास गर्दै जाने, नभए संविधानको अन्तिम मस्यौदा पारित गर्ने बेलामा संशोधन हालेर सच्याउने समझदारी भएको स्रोतले जानकारी दियो ।

संवाद समितिको प्रतिवेदनमाथि मंगलबार बिहान ९ बजेदेखि छलफल हुनेछ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस