प्राथमिकतामा बल्ल शिशु उपचार
२४ साउन २०७२
•
९ मिनेट पाठ
प्राथमिकतामा बल्ल शिशु उपचार
काठमाडौं— आमाका लागि ८ वर्षदेखि प्रसूतिजन्य उपचार निःशुल्क प्रदान गर्दै आएको सरकारले बल्ल शिशुको उपचारलाई पनि प्राथमिकतामा राखेको छ। नवजात शिशु मृत्युदर घट्न नसकेपछि सरकारले निर्देशिका तयार गर्दै नवजात शिशुको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ। निर्देशिकाअनुसार अबदेखि नवजात (जन्मेदेखि २८ दिनसम्म) का शिशुको निःशुल्क उपचार गर्न अस्पताललाई अनुदान दिइनेछ । र, उपचारमा लैजाँदा कुरुवाले यातायात र बास खर्चसमेत पाउने व्यवस्था गरिएको छ।जन्मनेबित्तिकै सुरु हुने निमोनिया, जन्डिस एवं अन्य संक्रमणको उपचार प्रथामिकतामा नपरेकै कारण ८ वर्षसम्म पनि नवजात मृत्युदर घट्न सकेको थिएन।

यसअघि प्रसूति सेवा निःशुल्क गर्ने घोषणा गरे पनि सरकारले सोही आमाबाट जन्मिएको शिशुको उपचार निःशुल्क गरेको थिएन । सरकारी तथ्यांकअुनसार अहिले पनि प्रत्येक वर्ष करिब १२ हजार शिशु जन्मेको २८ दिनभित्रै मर्छन् । नेपालमा प्रत्येक २ घन्टामा करिब ३ जना नवजातको मृत्यु हुन्छ।

यो मृत्युदर घटाउन यसै वर्षदेखि ७५ वटै जिल्लाका सरकारी अस्पतालमा यो सेवा निःशुल्क गर्न सोअनुसार कार्यविधि एवं पूर्वाधार विकासका लागि योजना बनाउन सुरु भइसकेको बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए । बाल स्वास्थ्य महाशाखा समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन कार्यक्रम प्रमुख चुडामणि भण्डारीले उपचारका लागि उपलब्ध सेवाका आधारमा अस्पतालहरूलाई प्रति शिशु एकमुष्ट अनुदान दिने र अभिभावकलाई यातायात खर्चसमेत दिने तयारी भइरहेको जानकारी दिए । 'हामीले खर्चको औसत लागत अनुमान निकालेर निर्देशिका बनाउँदैछौं,' भण्डारीले भने ।

भण्डारीले नवजात शिशु मृत्युका कारण विश्लेषणबाट यो दर घटाउन स्वास्थ्य संस्थाकेन्द्रित उपचार जरुरी देखिए पनि निःशुल्कको अवधारणा आएको बताए । शाखाका अनुसार नवजात मृत्युको कारण ३० प्रतिशत कम तौल, ११ प्रतिशत जन्मँदा निसासिनु, १५ प्रतिशत निमोनिया, ७ प्रतिशत गम्भीर खालको संक्रमण र ६ प्रतिशत झाडापखाला हुन् । तीबाहेक १९ प्रतिशत मेनेन्जाइटिस, चोटपटक, लहरेखोकी, दादुरा र नसर्ने रोगबाट र ८ प्रतिशत अन्य सरुवा रोग र पोषणसम्बन्धी समस्याका कारण हुन्छ । 'धेरै मृत्युको कारणको उपचार समुदायमा भन्दा स्वास्थ्य संस्थामै चाहिन्छ,' उनले भने ।

नवजात मृत्युमध्ये पनि दुई तिहाइको २४ घन्टाभित्रै, बाँकीको दुई तिहाइ ७ दिनभित्र र बाँकी २८ दिनभित्रै मृत्यु हुने गरेको छ ।

शाखाले विज्ञ तथा दातृनिकाय र सरोकारवालाको संलग्नतामा तयार पारेको कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिकामा उपचारका लागि सुविधासम्पन्न ठूला अस्पतालहरूलाई नवजातको उपचारवापत प्रतिकेस ३ हजार ५ सय दिने प्रस्ताव गरिएको छ । अहिले उपचार आवश्यक पर्ने नवजातको उपचारमा परिवारले करिब १ हजार ८ सयदेखि २० हजारसम्म खर्च गरिरहेका छन् । 'सबैलाई आइसियु र भेन्टिलेटर चाहिन्न र चाहिए धेरै खर्च लाग्छ भन्ने आधारमा हामी समग्रमा कति दिनुपर्छ भन्ने आँकडा निकाल्दैछांै,' उनले भने ।

ठूलो अस्पतालबाहेक नवजातको उपचार गर्ने प्राथमिक स्वास्थ्य केन्द्रस्तरीय संस्थाहरूले न्यूनतम ५ सयदेखि क्षेत्रीय र जिल्ला अस्पतालहरूले समेत उपलब्ध सेवाका आधारमा १ हजार पाउँछन् । रेफर गर्नुपरेको अवस्थामा नवजातका परिवारले सम्बन्धित स्वास्थ्य संस्थाबाट र ठूला अस्पतालबाट फर्कने समयमा समेत यातायात खर्च पाउनेछन् ।

निःशुल्क कार्यक्रमसँग स्वास्थ्य संस्थामा पनि त्यहीअनुसार भौतिक पूर्वाधार विकासको कार्यक्रम पनि अगाडि बढाइने भण्डारीको भनाइ छ । उनका अनुसार सार्कको सहयोगमा प्रत्येक जिल्ला अस्पताल र बर्थिङ सेन्टरमा नवजातको सामान्य उपचार गर्न सकिने न्युनेटरल कर्नरसहित स्वास्थ्यकर्मीलाई तालिमसमेत दिइँदैछ । सोबाहेक कान्तिबाहेक चारवटा अस्पतालमा उच्चस्तरीय सेवासहितको रेफरल सेन्टर बनाउने योजना छ । यो वर्ष सेती, लुम्बिनी र कोसी अञ्चल अस्पताल र गण्डकी उपक्षेत्रीय अस्पतालमा उच्च तहको न्युनेटर उपचार सेन्टर बनाइने तयारी छ । त्यसैगरी जिल्ला तहमा डोल्पा, बागलुङ, सप्तरी, दोलखा, गुल्मीमा रिफर गरेवापत हुने बेलामा र फर्कने समयमा पनि भत्ता दिने कार्यक्रमसमेत पाइलटिङका रूपमा सञ्चालन गरिँदैछ ।

नवजातको उपचार सेवा उपलब्ध नहुनु र समुदायमा पनि नवजातलाई कम प्रथामिकता दिने प्रवृति चुनौतीका रूपमा रहेको भनाइ चिकित्सकको छ । कान्ति अस्पतालका बाल रोग विशेष डा. कृष्णप्रसाद विष्टका अनुसार धेरै नवजातको जीवनरक्षा सामान्य कुराबाटै गर्न सकिने भए पनि सेवा र सीपयुक्त जनशक्ति पु¥याउन कठिनाइ भएको बताए । 'यसअघि आमालाई निःशुल्क थियो, तर बच्चालाई थिएन । यसले ठूलो विभेद गरेको थियो,' विष्टले भने, 'यो विभेद अन्त्य हुँदैछ, तर कार्यक्रम विस्तारको चुनौती थपिएको छ ।'

स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण (एनडिएचएस) सन् २००६ मा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा ३३ रहेकोमा सन् २०११ को सर्वेक्षणमा सो दर कायमै रहेको देखाएको थियो । पछिल्ला अध्ययनहरूले नवजात मृत्युदर २३ मा झरेको देखाए पनि विज्ञहरूले अहिले पनि नवजातको ज्यान बचाउने कार्यक्रम प्रभावकारी बन्न नसकेको बताइरहेका छन् । सरकारले सहस्राब्दी विकास लक्ष्यअन्तर्गत नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १६ मा झार्ने लक्ष्य राखेको छ ।

अहिलेको संरचना र कार्यक्रममा यो लक्ष्य पूरा गर्न असम्भवप्रायः भएको विज्ञहरूले बताउँदै आएका छन् । यस्तो अवस्थामा उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउने दर बढाएर नवजात मृत्यु घटाउन यस्तो कार्यक्रम अगाडि सारिएको डा. पौडेलको भनाइ छ ।

यो वर्ष सरकारले परिवार स्वस्थ्य महाशाखामार्फत ४ करोड ७५ लाख र बालस्वास्थ्य महाशाखामार्फत १ करोड २५ लाख छुट्ट्याएको छ । यो रकम राजधानीमा बढी नवजातको उपचार हुने ठूलो अस्पताललाई अनुदानका लागि मात्रै ठिक्क हुने बालस्वास्थ्य अधिकारीहरू बताउँछन् । तर, राम्रो कार्यक्रमका लागि बजेट अभाव नहुने भनाइ अर्थ अधिकारीको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस