काठमाडौं- आफूलाई मोनिका शाहीका नामले चिनाउने कैलालीका ३७ वर्षे मनोज शाहीले सोमबार राहदानी विभागबाट राहदानी लिएका छन्। 'मनोज शाही' का नाममा जारी '०९०३७१४९' नम्बरको उक्त राहदानी विशेष थियो। नेपालबाट हालसम्म जारी भएका राहदानीमा नभएको व्यवस्था उनको राहदानीमा गरिएको थियो।शाहीका नाममा जारी राहदानीमा लिंगको महलमा लेखिएको छ– 'ओ'। अंग्रेजी वर्ण 'ओ' को अर्थ हो 'अदर्स' (अन्य)। तेस्रो लिंगीको पहिचान खुल्ने राहदानी पाउने शाही पहिलो तेस्रोलिङ्गी बनेका छन्। यसअघि तेस्रो लिंगीको राहदानीमा लिंग उल्लेख गरेको ठाउँमा 'एम' अर्थात मेल (पुरुष) र 'एफ' अर्थात फिमेल (महिला) लेख्ने प्रचलन थियो।
सरकारले एक वर्षअघि राहदानी नियमावली, २०६७ संशोधन गर्दै महिला तथा पुरुषका अलावा तेस्रो लिंगीको पनि पहिचान खुल्ने गरी राहदानी जारी गर्ने व्यवस्था गरेको थियो। सोहीबमोजिम शाहीले तेस्रो लिंगीको पहिचान खुलेको राहदानी पाएका हुन्। राहदानी नियमावली संशोधनपश्चात सरकारले तेस्रो लिंगीलाई राहदानी दिँदा उनीहरूले चाहे लिंगको ठाउँमा 'ओ' सिम्बोल राख्ने निर्णय गरेको थियो।
तेस्रो लिंगीको पहिचान खुल्ने गरी जारी राहदानी विभागका निर्देशक रेवती पौडेलले सोमबार दिउँसो २ः१५ बजे शाहीलाई हस्तान्तरण गरेका थिए। पौडेलले बधाई दिँदै राहदानी दिएपछि शाहीले तेस्रो लिंगीको पहिचान स्थापित भएकोमा खुसी हुँदै धन्यवाद प्रकट गरेका थिए। 'हाम्रो नागरिकतामा भएको व्यवस्था र अन्तर्राष्ट्रिय अभ्यासअनुसार मनोज शाहीलाई पहिचान खुल्ने गरी पासपोर्ट दिएका हौं,' राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले भने।
शाहीले सोमबार बुझेको राहदानीमा जारी मिति '३० जुलाई २०१५' उल्लेख छ। अब तेस्रो लिंगीले राहदानी लिँदा आफ्नो परिचय खुलाउन चाहे राहदानीमा 'लिंग/सेक्स' लेखिएको ठाउँमा 'ओ' सिम्बोल राखी जारी गरिनेछ। 'तेस्रो लिंगीको माग तथा अधिकार सम्बोधन भएन भन्ने थियो, राहदानीमार्फत हामीले त्यो सम्बोधन गरेका छौं,' राहदानी विभागका निर्देशक रेवती पौडेलले भने।
सर्वोच्च अदालतको आदेशपश्चात सरकारले तेस्रो लिंगीलाई छुट्टै लैंगिक पहिचान खुल्ने गरी राहदानी उपलब्ध गराउन राहदानी नियमावली २०७१ असोजमा संशोधन गरेको थियो। नागरिकताका आधारमा राहदानी जारी गरिने हुँदा नागरिकता प्रमाणपत्रमै तेस्रो लिंगी खुलाइएको भए मात्र राहदानीमा पनि तेस्रो लिंगीको पहिचान खुलाउने संशोधित नियमावलीमा उल्लेख छ। नागरिकतामा तेस्रो लिंगीको पहिचान खुलाइएको छैन भने त्यस्ता व्यक्तिले राहदानीमा तेस्रो लिंगीको पहिचान पाउने छैनन्।
यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार महिलाको राहदानीमा अंग्रेजी वर्ण 'एफ' र पुरुषको राहदानीमा 'एम' सिम्बोल राखी वाहकको लैंगिक पहिचान दिने गरिन्थ्यो।
आइकाओले तोकेको मापदण्डभित्र रही विश्वका सबै देशले राहदानी जारी गर्ने गर्छन्। आइकाओको मापदण्डमा तेस्रो लिंगीको पहिचान राहदानीमा छुट्ट्याउने नभए पनि विश्वका केही देशले राहदानीमा तेस्रो लिंगीलाई छुट्टै पहिचान दिँदै आएका छन्। अस्ट्रेलिया, न्युजिल्यान्ड र जर्मनीले तेस्रो लिंगीलाई राहदानी दिँदा अंग्रेजी वर्ण 'एक्स' सिम्बोल राख्ने गरेका छन्। भारतले पनि तेस्रो लिंगीलाई 'इ' सिम्बोल राखी राहदानी दिँदै आएको छ।
नेपालमा दोस्रो जनआन्दोलन २०६२/०६३ पछि तेस्रो लिंगीहरू संगठित भई सुरुमा आफ्नो छुट्टै लैंगिक पहिचान खुल्ने गरी नागरिकता प्रमाणपत्र जारी गर्न सरकारलाई दबाब दिएका थिए। यसका लागि उनीहरू सर्वोच्च अदालत पुगेका थिए। अदालतले उनीहरूको मागअनुसार नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन आदेश दिएपछि सरकारले नागरिकतामा तेस्रो लिंगीको पहिचान खुलाउन थालेको थियो। त्यसपछि उनीहरूले राहदानीमा पनि छुट्टै पहिचान खुलाउनुपर्ने माग राख्दै आएका थिए।