काठमाडौं– काठमाडौंको कालिमाटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान आएको ४ दशमलव ३ रेक्टरस्केलको परकम्पपछि उपत्यकाका अघिकांश विद्यालयको पठन पाठन स्थगित भएको छ।

केन्द्रविन्दु रहेको कालिमाटी क्षेत्रमा सञ्चिालित सबैजसो विद्यालयले पठनपाठन स्थगित गरेका छन् ।'यस्ताे भूकम्प अाएकाे बेला बच्चालार्इ विद्यालयमा कसरी छाेड्नू,' काठमाडाैंकाे बाफलस्थित जेनिथ इंगलिस सेकेन्डरी स्कुलबाट अाफ्नाे बच्चा लिएर फर्कीँदै गरेकी मिनाक्षी अधिकारीले भनिन्।

'अग्ला भवन भएका केही विद्यालयको पठनपाठन स्थगित गरिएको छ,' काठमाडौं जिल्ला प्याब्सनका अध्यक्ष थकिन गुरुङले भने, 'विद्यालयको अवस्थिति र अवस्था हेरेर पठनपाठन मंगलबारका लागि स्थगित गरिएको हो।'

बिहान १० बजेर ४२ मिनेटमा आएको परकम्पपछि अभिभावकहरु आफ्ना बालबालिका लिन विद्यालयतर्फ दौडिएका थिए । काठमाडौंमै केन्द्रविन्दु परेपछि महसुस गरिएको धक्काले विद्यार्थी र अभिभावक दुबै त्रासमा परेका कारण कतिपय विद्यालयले मंगलबारको पठाइ स्थगित गरेका हुन्। 'ललितपुरमा विद्यालय बन्द नगरिए पनि अभिभावकले विद्यालयबाट आफ्ना विद्यार्थी घर लिएर गएका छन्,' ललितपुर जिल्ला प्याब्सनका अध्यक्ष शिव कार्कीले भने, 'एक दुई विद्यालयले पठान पाठन स्थगितको सूचना गरेको खबर पाएका छौं।'

ठूलो आवाजका साथ जमीनै थर्काउने गरी आएको भूकम्पपछि काठमाडौंका अधिकांश सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी विद्यालयबाट घर फर्किंदै गरेको देखिएको थियो।

मंगलबार पठनपठान स्थगित गरिए पनि पुनः ठूलो परकम्प नआए बुधबार विद्यालयहरु सुचारु प्याब्सनका अध्यक्ष कार्कीले बताए। फाेटाेहरु: टेकनारायण भट्टरार्इ