काठमाडौं– सरकारले चार महिनादेखि रोकिएको विभिन्न १२ नर्सिङ कलेजको सम्बन्धन 'दबाब र हतारमा' फुकुवा गरेको छ। पाँच वर्षसम्म देशभर नयाँ नर्सिङ कलेज स्थापना नगर्ने चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन सुझाव कार्यान्वयन नहुँदै सम्बन्धन खुलाउने निर्णय भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले साउन दोस्रो साता शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै रोक्का राखिएको सम्बन्धन खोलिदिएको हो । प्रधानमन्त्री कार्यालयको पत्रका आधारमा शिक्षा मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) लाई पत्राचार गरी सम्बन्धन रोकिएका कलेजहरुलाई भटाभट पत्र बाँडिसकेको छ ।
सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीस"ग पाँचौं अनशन तोडाउने क्रममा त्रिवि पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन आएर राष्ट्रिय नीति नबन्दासम्म सम्बन्धन रोक्ने सहमति गरेको थियो ।
उक्त सम्झौताविपरीत शिक्षामन्त्री चित्रलेखा यादव अध्यक्ष रहने सिटिइभिटी बोर्ड बैठकले चैत २३ गते १२ कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । केसीले उक्त निर्णयमा आपत्ति जनाएपछि सरकारले चैत २६ गते स्वास्थ्य शिक्षा नीति नआएसम्म सम्बन्धन प्रक्रिया रोक्न सम्बन्धित निकायलाई लिखित निर्देशन दिएको थियो ।
माथेमा कार्यदलले असार १४ गते प्रधानमन्त्री सुशील कोइरालासमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । त्यसको तीन दिनपछि प्रतिवेदन मन्त्रिपरिषदमा पेस भए पनि मन्त्रीहरुकै विरोधपछि अध्ययन गर्न भन्दै ३७ दिन मन्त्रिपरिषदअन्तर्गत सामाजिक समितिमा थन्क्याइएको थियो । अहिले फेरि प्रतिवेदन थप अध्ययनका लागि भन्दै नयाँ समिति बनाइएको छ जसले कार्यान्वयन प्रक्रिया धकेलिदिएको हो ।
प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दा अहिले पाएका कुनै पनि कलेजले सम्बन्धन पाउने अवस्था छैन । त्यसैले प्रतिवेदन कार्यान्वयन नहुँदै हतारमा यस्तो निर्णय गरिएको स्रोत बताउँछ । सिटिइभिटीबाट सम्बन्धनपत्र पाउने कलेजमा शिक्षामन्त्री यादवकै आफन्त सञ्चालक रहेको जनकपुरस्थित नेसनल ह्युमन रिसोर्स डेभलपमेन्ट एकेडेमी, भौतिक योजनामन्त्री विमलेन्द्र निधिको काठमाडौंस्थित महेन्द्रनारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्था (अस्पताल), कांग्रेस नेतृ मैयाँदेवी श्रेष्ठ स्वमित्वमा चितवनमा रहेको मैयाँदेवी कन्या कलेज छन् । कान्तिपुर एकेडेमी फर हेल्थ साइन्स र दाङस्थित नेपाल सञ्जीवनी इन्स्टिच्युटले पनि पत्र पाएका छन् ।
त्यसैगरी, भण्डारी सर्जिकलका सञ्चालकहरुको सिन्धुपाल्चोकस्थित सिन्दु सदाबहार कलेज, धनगढीस्थित पद्मा अस्पताल, कैलालीको सुदूरपश्चिमाञ्चल मेडिकल कलेज, धनगढीकै सामुदायिक जनस्वास्थ्य सेवा, रुपन्देहीको शुभकामना टेक्निकल कलेज, डोटीको सुजङ अस्पताल र बर्दियाको भेरी कलेज अफ मेडिकल साइन्सले सम्बन्धन पाएका छन् ।
सम्बन्धन पाएका मध्ये चार कलेज मैयाँदेवी, सञ्जीवनी, शुभकामना र भेरी कलेज अफ मेडिकल कलेजका आफ्नै अस्पतालसम्म छैनन् । नयाँ कलेजमध्ये दुइटा काठमाडौंका हुन् । अहिले पनि २० हाराहारी नर्सिङ कलेज सञ्चालनमा छन् ।
एमबिबिएस तहको पढाइ हुने मेडिकल कलेजभन्दा पनि नर्सिङ कलेजहरु पूर्वाधार र जनशक्ति उत्पादन गुणस्तरका दृष्टिले झन् नाजुक छन् । त्यसमा पनि हाल सञ्चालनमा रहेका सयभन्दा बढी नर्सिङ कलेजमध्ये झन्डै एकतिहाइको आफ्नै अस्पताल नहुँदा नर्सको प्रयोगात्मक अभ्यास र सीप सिकाइ कमजोर भएपछि संसदीय समितिको समेत निर्देशनपछि स्वास्थ्य मन्त्रालय सिटिइभिटीलाई समेत पत्र लेखेर आफ्नै अस्पताल नभएका कलेजलाई सम्बन्धन नदिने निर्देशन दिएको थियो । भएकै नर्सिङ कलेजले सरकारी अस्पताललाई शिक्षण अस्पताल बनाउने गरेका छन् । कागजी रुपमा शिक्षण अस्पताल भए पनि धेरै अस्पतालले निजीबाट आएका नर्सलाई काम लगाउँदैनन् । त्यही कारण क्षमता कमजोर भएर हजारौं नर्स बेरोजगार छन् । नयाँ सम्बन्धन पाएका कलेजमध्ये चारवटाको अस्पतालै छैनन् भने अन्यको पनि नाम मात्रैका छन् ।
यस्तै, मन्त्री यादवका आफन्तको कलेजलाई ४० सिट र अन्यले २० सिटका दरले विद्यार्थी पढाउने अनुमति पाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेश राईले उहिल्यै दिइएको सम्बन्धनबारे निर्णय गरेको जानकारी दिए । माथेमा प्रतिवेदनको सुझाव र सीमालाई असर नपर्ने गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको उनको भनाइ छ । यसअघि प्रधानमन्त्री कार्यालयले मेडिकल कलेज सम्बन्धनमा सुरुमा रोकेर बीचमा पत्राचार गरी खुलाएपछि डा. केसी पाँचौंपटक अनशनमा बसेका थिए ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले रोकिराख्दा सम्बन्धन निर्णय कार्यान्वयन गर्न अप्ठेरो पर्ने देखेरै यस्तो पत्र गएको हो । यसमा मन्त्री यादव र अर्का मन्त्री विमलेन्द्र निधिको कलेजसमेत परेकाले सिटिइभिटीका सदस्यसचिव रामहरि लामिछानेले आर्थिक प्रलोभनमा परेर अन्य कलेजसमेत पारेको सिटिइभिटी स्रोतको भनाइ छ ।
'मन्त्रीका कलेजबाहेकबाट २० लाखसम्म उठाएर सम्बन्धन दिइएको हो,' सिटिइभिटी स्रोतले भन्यो ।
कार्यदलले पाँच वर्षसम्म देशभरि नयाँ नर्सिङ कलेजलाई सम्बन्धन नदिने तर मेडिकल कलेज सञ्चालन भइसकेको अवस्थामा सोही कलेजलाई भने नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिन सकिने सुझाव दिएको छ । सिटिइभिटीले सम्बन्धन खोलेका अधिकांश कलेज स्वास्थ्य मन्त्रालयको निर्णयविपरीत समेत छन् । स्वास्थ्यले गत कात्तिकमा नर्सिङ कलेज सञ्चालनका लागि आफ्नै अस्पताल चाहिने निर्णय गरेको थियो ।
माथेमा कार्यदलले पनि मनशायपत्र पाएको तीन वर्षभित्र कम्तीमा सय शड्ढयाको आफ्नै अस्पताल सञ्चालन गरिसकेका उपत्यका बाहिरका संस्थालाई भने सम्बन्धन दिन सकिने सुझाएको छ ।