काठमाडौं–शिक्षण अस्तापलका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्ना माग पुरा गर्न भदौ सात गते चार बजेसम्मको समय दिएका छन् । बुधबार मुख्यसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा स्वास्थ्यसचिव सहितको सरकारी टोलीसँगको वार्तापछि डा. केसीले भदौ सात गते चार बजेसम्मको समय दिएका हुन् ।चिकित्सा शिक्षासम्बन्धी नीतिबारे माथेका कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेर आजै आमरण अनशन बस्ने तयारी गरेपछि डा. केसीसँग सरकारी टोलीले वार्ता गरेको हो ।
सो क्रममा सरकार पक्षले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने र त्यसका लागि थप समय आवश्यक परेको बताएपछि डा. केसीले भदौ सात गतेसम्मको समय दिएका हुन् । 'हामीले उहाँ (डा. केसी) ले राखेका सबै माग पुरा गर्ने र त्यसको लागि थप समय आवश्यक रहेको बताएपछि भदौ सात गतेसम्मको सयम दिनुभएको छ,' स्थास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले भने ।
६ सूत्रीय माग राखेर अल्टिमेटम दिएको १७ दिन बित्दा पनि सरकार माग पूरा गर्न संवेदनशील नभएको भन्दै केसीले बुधबारदेखि अनशन बस्ने बताएका थिए । डा.केसीले शान्तिपूर्ण रूपमा आफूले उठाएका मागको औचित्य र आवश्यकता बोध गराउन अभियान थालेको वर्षौं बितिसक्दा पनि सरकारमा बस्नेहरूको सोच र गम्भीरता नफेरिएको बताए । 'मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका विकृतिबारे जनताले धेरै बुझिसकेका छन्,' डा. केसीले भने, 'अब पहिलाजस्तो टालटुले र झुटको सम्झौता मान्दिनँ ।'
डा। केसीले यसअघिका अनशनमा समेत सरकारी पक्ष चर्को दबाबपछि झुकेर आउने, तर सम्झौतापछि कार्यान्वयनमा हेलचेक््रयाइ गर्ने गरेको बताए । उनले मेडिकल शिक्षा क्षेत्रमा सरकारभन्दा माफिया धेरै बलियो देखिएको भन्दै कार्यकारी प्रधानमन्त्रीसमेत मेडिकल माफियासामु निरीह बन्ने गरेको अनुभव सुनाए ।