नौ उम्मेदवारको निधन
२९ वैशाख २०७९
•
३ मिनेट पाठ
नौ उम्मेदवारको निधन
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ।




स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए।

‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ,’ उनले भने, ‘उम्मेदवारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दललाई वैकल्पिक उम्मेदवार खडा गराउन समय दिएर मनोनयपत्र दर्ता गराउनेदेखि दाबीविरोध, अन्तिम नामावली निकाली निर्वाचन चिह्न प्रदान गरेर वैशाख ३० गते निर्वाचन गराउने तर निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा उम्मेदवारको मृत्यु भएको हुँदा ती ठाँउमा वैकल्पिक उम्मेदवार खडा गरेर प्रचारप्रसारलगायतका लागि समय दिएर जेठ ३ गते निर्वाचन गर्नसक्ने व्यवस्था आयोगले मिलाएको छ।’

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखमा उम्मेदवार बनेकी शोभावती कुर्मी र दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको सोमबार मृत्यु भएको थियो। महाराजगन्ज नगरपालिकाकी निवर्तमान उपप्रमुखसमेत रहेकी कर्मीको हृदयाघातका कारण तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यस्तै नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका लवरु चौधरीको निर्वाचन प्रचारप्रसारका क्रममा बिरामी परेपछि दुईपटक नेपालगन्जस्थित भेरी अस्पताल लगिएको थियो।

मिर्गौला र कलेजोसम्बन्धी समस्याबाट ग्रसित उनको थप उपचारका लागि राजधानीको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। तुलसीपुर उपमहानगरपालिका–१७ का निवर्तमान वडासदस्य उनको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो। उम्मेदवारको मृत्यु भएपछि रोकिएका लुम्बिनीका दुई स्थानमा आगामी जेठ ३ गते मतदान हुँदै छ। ‘उम्मेदवारको मृत्यु भएपछि रोकिएको कपिलवस्तुको महाराजगन्ज र दाङको तुलसीपुर–१७ मा आगामी जेठ ३ गते मतदान हुने तय भएको छ,’ उनले भने।

उम्मेदवारको मृत्युपछि उनीहरूका आफन्तलाई सम्बन्धित राजनीतिक दलहरूले निर्वाचनको मैदानमा उम्मेदवार बनाएर उतारेका छन्। सहानुभूतिको मत तान्न कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसले उपप्रमुखमा उम्मेदवार बनेकी कुर्मीकी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको छ भने दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीका छोरा प्रदीप चौधरीलाई नेकपा एमालेले उम्मेदवार बनाएको छ।

वैशाख २३ मा नेकपा एमालेबाट सिराहा नगरपालिका–५ का वडासदस्यका उम्मेदवार भएका मुना सेखको मृत्यु भएको थियो भने कपिलवस्तुस्थित कपिलवस्तु नगरपालिका–१० मा नेकपा माओवादी केन्द्रका वडासदस्य उम्मेदवार राजेन्द्र चौधरी थारूको मृत्यु भएको थियो।

वैशाख १७ मा नेकपा एमालेबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्यमा उम्मेदवारी दिएकी कुसुमी पासिनको मृत्यु भएको थियो। वैशाख १६ मा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको पनि मृत्यु भएको थियो। निर्वाचन प्रचारमा सक्रिय हुँदा मुटुमा समस्या देखिएपछि थप उपचारका लागि भारतको लखनउमा उनको मृत्यु भएको थियो।

वैशाख १६ मा मोरङ केरावारी गाउँपालिकाका–२ मा नेपाली कांग्रेसबाट वडासदस्य उम्मेदवारी दिएका नवीन लिम्बु, रौतहट बृन्दावन नगरपालिका–५ मा जसपाकी महिला सदस्य उम्मेदवार मिना देवीको मृत्यु भएको थियो। त्यस्तै वैशाख १४ मा सुनसरी हरिनगर गाँउपालिका–६ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी मडुवनदेवी चमारको मृत्यु भएको थियो।

आयोगका अनुसार कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुलसीपुर नगरपालिकाबाहेक अन्य ठाँउमा वैशाख ३० गते निर्वाचन हुँदै छ। यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना पदाधिकारीहरू र ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरू समेत निर्विरोध निर्वाचित भएका छन्।
अर्को समाचार
वडाध्यक्षका उम्मेदवारको निधन भएपछि बुद्धभूमि नगरपालिकाको निर्वाचन कार्यक्रम स्थगित
१७ वैशाख २०७९
•
१ मिनेट पाठ
वडाध्यक्षका उम्मेदवारको निधन भएपछि बुद्धभूमि नगरपालिकाको निर्वाचन कार्यक्रम स्थगित
वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको छ। नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले शनिबार निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




निर्वाचन ऐन दफा ६० अनुसार निर्वाचनको कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत महेश पाण्डेयले बताए। एमालेबाट उम्मेदवार बनेका तिवारीको शुक्रबार मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो। तिवारीको भारतमा उपचारकाक्रममा निधन भएको थियो।

मुख्य निर्वाचन अधिकारी तेजेन्द्र प्रसाद शर्मा सापकोटाले तिवारीको मृत्युको बिषयमा निर्वाचन आयोगमा जानकारी गराएको बताए। पूर्वनिर्धारित तालिम अनुसार शनिबार दलहरुलाई चनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ। तिवारीको मृत्युले शनिबारको कार्यक्रम स्थगित भएको छ। निार्वचन आयोगको आदेश आएपछि मनोनय पत्रका लागि फेरि समय उपलब्ध गराइने शर्माले बताए। निर्वाचन भने वैशाख ३० गते नै हुनेछ।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस