चितवनका सात वटै पालिका तहमा मतगणनास्थललाई सुरक्षित बनाइएको छ। मतगणनास्थलमा फलामको बारसहित जाली, सिसी क्यामेरा जडान लगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिए।
‘मतपत्र सुरक्षा गर्न आवश्यक सुरक्षा व्यवस्था बनाइएको छ। भरतपुर महानगरपालिकासहित सबै तहमा सिसी क्यामेरासहित जाली जगाइएको छ’, उनले भने, ‘यसपटक मतपत्र च्यात्न दिइने छैन।’ भरतपुर महानगरमा चितवन उद्योग संघ प्रर्दशनी केन्द्रको ब्लक सी, माडीको माडी क्याम्पसको पहिलो तला, रत्ननगरमा नगरपालिकाको दोस्रो तला, खैरहनीमा खैरहनी मावि, कालिकामा नगरपालिका भवन नजिकैको आमा सञ्जालको भवन, राप्तीमा भण्डारा मावि, इच्छाकामनामा गाउँपालिकाको भवनमा गणनास्थल तोकिएको छ।
भरतपुर महानगरको मतगणनास्थल रहेको भरतपुर–१० स्थित प्रर्दशनी केन्द्रको सी ब्लकमा फलामसहितको जाली र सिसीटिभि जना भैसकेको छ। ‘मतपत्रको सुरक्षा र मतगणनालाई निष्पक्ष बनाउन हामी संवेदनशील तरिकाबाट लागेका छौं,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवत्ता पुरुषोत्तम पौड्यालले भने, ‘मतगणनास्थलमा सिसीटिभी जडान र फलामको तारसहित जालि लगाइएको छ।’ ८ वटा सिसी क्यामेरा जडान भैसकेका छन्।
कार्यालयले ‘ए’ र ‘बी’ ब्लकलाई सिलबन्दी गरेर ‘सी’ ब्लकमा गणना गर्न लागेको हो। बढीमा सात ठाउँबाट गणना गर्ने गरी काम अगाडि बढेको उनले बताए। सुरुवाती चरणमा एक ठाउँबाटै मतगणना गर्ने र पछि विस्तार गरिने उनको भनाइ छ। ‘सी’ र ‘बी’ ब्लकको बीच भागमा मतपेटिका राख्ने व्यवस्था गरिएको छ। मतगणनास्थलमा निर्वाचन अयोगले पनि सिसीटिभी जडान गर्न पत्रचार गरेको थियो।
उनका अनुसार मतगणनास्थलमा आवश्यक सबै सुरक्षाका उपायहरु अपनाइने बताए। २९ वडा रहेको महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन्। निर्वाचन अधिकृतको कार्यालय माडीका निर्वाचन अधिकृत चुडामणी शर्मा गौतमले माडी क्याम्पसको पहिलो तलामा सुरक्षित बनाइएको बताए। मतगणनास्थलमा १२ वटासम्म सिसी क्यामेरा जडान गरिएको छ।
हरेक मतगणनास्थलमा सीसी क्यामेरामार्फत निगरानी गर्ने व्यवस्था गरिएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना हुँदै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिले मतपत्रै च्यातेका थिए। जेठ १४ गते मध्यरातमा भएको घटनापछि सो वडामा पुनः मतदान भएको थियो।
सोही घटनाबाट पाठ सिक्दै चितवनका पालिकाको मतगणनास्थलमा तारजालीसहित सिसीटिभी जडान गरिएको हो। अहिले देशका आधिकांश स्थलमा जालीसहित सिसीटिभीको व्यवस्था गरिएको हो। मतगणनास्थलमा अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटरको समेत व्यवस्था गरिएको छ। जिल्लाभर ३ लाख ९७ हजार ६८५ मतदाता छन्।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...