मकवानपुर–जिल्लाका छुट्टा छुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परी बिहीबार तीन जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथको थाहानगरपालिकामा भएको ट्रक दुर्घाटनामा परी चालक र सहचालको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दिपककुमार रायले हेटौंडाबाट पालुङतर्फ जाँदै गरेको ना ३ ख ९८९३ नम्बरको मिनी ट्रक दामन नजिकै सडकबाट छ सय मिटर तल खस्दा ट्रक चालक थाहा नगरपालिका ११ बस्ने २५ बर्षीय राजेश लामा र सहचालक १७ वर्षीय कुमार बलको घटनास्थलमै मृत्यु भएको बताए । तीब्र गतिका कारण चालकले नियन्त्रण गुमाएपछि ट्रक दुर्घाटनामा भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी शिशु शर्माका अनुसार चामल लिएर पालुङ जाँदै गरेको ट्रक सडकबाट तल खसेको बारे थप अनुसंधान भई रहेको छ। यसैगरी हेटौंडा ११ नवलपुरमा बिहान हेटौंडाबाट चितवन तर्फ गईरहेको ना २ ख नम्बरको ट्रक र चितवनबाट हेटौंडा तर्फ जादै गरेको लु अ स १०२२ नम्बरको बलेरो पिकअप भ्यान अक आपसमा ठोक्ँिकदा भारतको पूर्वीचम्पारण घर भई हेटौंडा १ चाईनाक्वाटर बस्ने ४५ वर्षीय जनक सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलोरे पिकअप भ्यानमा सवार सहनी ट्रकको ठक्करबाट घाइते भएपछि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।