शुक्रबार (वैशाख ३० गते) हुने स्थानीय तहको निर्वाचनमा सुनसरी प्रशासनले सुरक्षाका दृष्टिकोणले तीनवटा गाउँपालिकाभर र तीनवटा नगरपालिकाका सातवटा वडाका सर्वसाधारणलाई आवश्यक कामबाहेक बाहिर ननिस्किन आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले भोक्राहा नरसिंह, कोशी र हरिनगर गाउँपालिकाभर विहीबार राति आठ बजेदेखि शुक्रबार अपरान्ह पाँच बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको छ। प्रशासन कार्यालयले इटहरी उपमहानगरपालिकाको वडा नं. ३, दुहवी नगरपालिकाको वडा नं. १, ८ र ९ वडामा पनि सुरक्षा संवेदनशीलताका आधारमा अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई बाहिर ननिस्किन आदेश जारी गरेको छ।
यसैगरी, इनरुवा नगरपालिकाका वडा नं. ३, ९ र १० मा पनि शुक्रबार अपरान्ह पाँच बजेसम्म व्यक्तिगत र सामूहिकरुपमा भेला नहुन तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आदेश जारी गरेका छन्।
बिहीबार राति विभिन्न राजनीतिक दल तथा उम्मेदवारले समूह समूहमा वस्तीमा प्रवेश गरि निर्वाचनमा मौन अवधिलाई उल्लंघन गरि मतदाता प्रभावित पर्ने काम भएको गुनासाका आधारमा प्रशासन कार्यालयले कडाई गरेको हो। सुनसरीमा सुरक्षा संवेदनशीलताकै कारण १२४ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था पनि अप्नाएको छ। जिल्लाका ४४ वटा मतदान स्थललाई अति संवेदनशील र ८० वटा संवेदनशील ठानेर सुरक्षा व्यवस्था कडा पारिएको हो।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरि सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिइयो। सुनसरीमा ४२ वटा मतदान स्थल मात्र सामान्य सूचीमा वर्गीकरण गरिएको छ। सुनसरीमा एक सय ६६ वटा मतदान स्थल अन्तर्गत पाँच सय ८१ वटा मतदान केन्द्र छन्। मतदान केन्द्रमा २ हजार २ सय ४६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।