युवा भन्छन्, ‘हाम्रो मतले आफ्नै गाउँ नगरको विकास गर्ने हो’
२९ वैशाख २०७९
•
३ मिनेट पाठ
युवा भन्छन्, ‘हाम्रो मतले आफ्नै गाउँ नगरको विकास गर्ने हो’
सूर्यविनायक नगरपालिका-५ की १९ वर्षीया कञ्चन शर्माले मतदाता परिचयपत्र हात परेपछि दङ्ग परेकी छिन्।




जिल्ला प्रशासन कार्यालयमा एक वर्षअघि नागरिकता लिन बनाउन जाँदा मतदाता परिचयपत्रका लागि खिचेको फोटो आज आफ्नै गाउँको मतदान केन्द्रमा खटिएका कर्मचारीबाट हातमा परेपछि उनी औधी रमाएकी हुन्।

परिचयपत्र लिएपछि उनले संँगैरहेकी साथीलाई भनिन्, 'ओई, हेरन मेरो त फोटो अलि बिग्रएछ।' साथमा रहेकी १९ वर्षीया कल्पना घिमिरेले पनि आफ्नो मतदाता परिचयपत्र हेर्दै भनिन्, 'अ, हेर न, मेरो पनि फोटो कुचुक्क आएछ।'

मतदाता परिचयपत्र लिएपछि उनले रमाउँदै भनिन्, 'जीवनमै पहिलो पटक भोलि भोट हाल्ने हो, मतदानको अनुभव पनि लिन पाइने भो।' उनले भनिन्, 'धेरै पटक भोट हाल्नेले पार्टी रोजे होलान्, हामीलाई त पार्टीको मतलव छैन, हाम्रो त पहिलो भोट, आफ्नो गाउँ बनाउन सक्ने, विकास गर्न सक्ने, युवाका पक्षमा कार्यक्रम ल्याउनेलाई दिने हो।'

निर्वाचन आयोगले यही वैशाख २८ र  २९ गते नयाँ मतदाता, बसाइँसराइ गरेर आएका, मतदाता परिचयपत्र हराएर आवेदन दिएकालाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमार्फत देशभरका २१ हजार ९५५ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरी मतदाता शिक्षा दिइरहेका जनाएको छ।

भक्तपुर नगरपालिका व्यासीका २० वर्षीय सुरेश पक्का नेवारले मतदाता परिचयपत्र लिँदै भोलिको प्रतिक्षामा रहेको बताए। व्यासी मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिएका उनले भने, 'भोलि मतदान गर्ने प्रतिक्षामा छु, बिहानै भोट हाल्छु र आफ्नो मताधिकार बिहानै प्रयोग गरी नगरपालिकामा राम्रो काम गर्नेलाई भोट दिन्छु।'

यस्तै भक्तपुर नगरपालिकाकी रञ्जु खर्बुजाको भनाइ पनि उस्तै छ। पहिलो पटक मतदान गर्ने उत्सुकतामा रहेकी उनले भनिन्, 'पहिलो पटक मतदान गर्दैछु, मेरो मत खेर नजाओस् भन्ने चाहना राखेको छु, मेरो मतले एउटा उम्मेदवार जिताउनु मात्रै होइन, मेरो गाउँ, मेरो टोल बनाउने कि नबनाउने भन्ने फैसला गर्नु पनि हो।'

चाँगुनारायण नगरपालिका-४ छालिङका १९ वर्षीय सन्तोष गैँडा भौतिक संरचनालाई मात्रै विकास भन्ने परम्पराको विरोध गर्छन्। मतदाता परिचयपत्र लिएपछि प्रतिक्रिया दिँदै उनले भने, 'हामी बाटो बनेन, ढल भएन, पानी आएन मात्रै भन्छौँ, कृषिका लागि सिँचाइ भएन, युवालाई रोजगारमूलक शिक्षा भएन, महिलालाई आत्मनिर्भर बनाउने सीप भएन, अपाङ्गलाई सहज जीवन जिउने व्यवस्था भएन भन्दैनौँ।'

उनले भौतिक संरचनासँगै मानवीय जीवनको विकासको योजना ल्याउने सबैको प्रतिनिधित्व गर्ने उम्मेदवार आफ्नो रोजाइँमा पर्ने बताउँदै युवाको मत गाउँ, नगर र देश बनाउने नेतृत्वका लागि हो, जनता झुक्याउनेहरुका लागि होइन भन्छन्।

मध्यपुरथिमि नगरपालिका कमेरोटारमा रोहन मानन्धरको भनाइ पनि उस्तै छ। मतदाता परिचयपत्र हातमा लिँदै उनले सम्पदाको सहर र पुरानो नेवार बस्ती भए पनि उपत्यकाकै पछाडि पारिएको मध्यपुरको विकास गर्दै पर्यटकीय गन्तव्य बनाउन सक्ने उम्मेदवारलाई आफ्नो मत दिने बताउँछन्।

यहाँका कला, संस्कृति जोगाउने, लोप भएका ऐतिहासिक परम्परा ब्यूझाउने, यहाँका सम्पदाको संरक्षण गर्ने, नयाँ तथा पुराना बस्तीलाई समान रुपमा विकास गर्ने, भूकम्प, कोरोना जस्तो महामारीमा जनताको समस्यालाई साथ दिने, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक, महिला, युवा, गुणस्तरीय शिक्षा, स्वास्थ्यको एजेण्डा बोकेर आफ्नो नगरको भविष्य सुनिश्चित गर्ने शिक्षित उम्मेदवालाई मतदान गर्ने बताउँछन्।

आफ्नो एक भोट गलत उम्मेदवारलाई परेर पाँच वर्ष पछुताउनु नपरोस् भन्नेमा युवाको चाहना हुनुपर्ने उनको धारणा छ। त्यस्तै निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र हराएका वा नभएकाले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेको छ।

मतदाता परिचय नभएकाले आफ्नो पहिचान खुल्ने कागजात जस्तै नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गा धनी पूर्जा, राष्ट्रिय परिचयपत्र जस्ता कागजको सक्कलप्रति लिएर गएर पनि मतदान गनै पाउने व्यवस्था गरेको छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस