काठमाडौं- मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले राजधानीको कोटेश्वर चोकमा रहेका अग्ला घरले हवाई उड्डयन सुरक्षामा गम्भीर असर पुर्यायइरहेको भन्दै त्यस्ता घर 'भत्काउनुपर्ने' निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ।'राजनीतिक शक्तिकेन्द्र' सम्म पहुँच भएका स्थानीय सन्तलाल शाहीको कोटेश्वर चोकस्थित सबैभन्दा अग्लो आठतले घरले उड्डयन सुरक्षामा जोखिम बढाइरहेको तथा नेपालमा उडान गरिररहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई कम यात्रु वा कम कार्गो (तौल) बोक्न बाध्य पारिरहेको समाचार नागरिक दैनिकमा साउन १८ मा प्रकाशित भएको थियो। लगत्तै भोलिपल्ट उड्डयन प्राधिकरणले यसबारे छानबिन गर्न समिति गठन गरेको थियो।
छानबिन समितिले कोटेश्वर चोकमा रहेका सम्पूर्ण अग्ला घरले उड्डयन सुरक्षामा पुर्याकएको असर तथा अन्तर्राष्ट्रिय वायुसेवाका जहाजलाई आफ्नो पूर्णक्षमताभन्दा कम यात्रु वा कार्गो बोक्न वाध्य पारिरहेको र त्यसबाट मासिक करोडौं घाटा बेहोरिरहेको विषयलाई उच्च प्राथमिकता दिएर छानबिन गरेको थियो।
'स्थानीय सन्तलाल शाहीको आठतले घरसहित कोटेश्वर चोकमा रहेका अधिकांश अग्ला घरले उड्डयन सुरक्षामा गम्भीर असर गरेको देखियो,' प्राधिकरणस्थित उच्च स्रोतले उक्त प्रतिवेदन उद्धृत गर्दै बिहीबार नागरिकसँग भन्यो, 'त्यसकारण त्यहाँ जति पनि अग्ला घर छन्, ती सबै भत्काउनुको विकल्प छैन।'
स्रोतका अनुसार छानबिन समितिले प्रतिवेदन तयार गर्ने क्रममा स्थानीयसँग पनि व्यापक सोधपुछ गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको दक्षिणपट्टि रहेको कोटेश्वर चोकमा रहेका घरका लागि काठमाडौं महानगरपालिकाले सुरुमा साढे तीनतलाको मात्र नक्सा पास गरेको स्थानीयले जानकारी दिएका थिए। त्यसपछि केहीले 'गैरकानुनी' तरिकाले तला थप्दै नौसम्म पुर्या्एका थिए। स्थानीयका अनुसार शाहीले पनि तला थप्दै नौ पुर्याकएका थिए। गत वैशाखमा आएको विनाशकारी भूकम्पले उनको घरको नवौं तलामा क्षति पुगेपछि उनले आफैं भत्काएका थिए। अहिले उनको घर आठतले छ।
'प्रतिवेदनले तीन तलाभन्दा माथिका सबै घर भत्काउनुपर्ने निष्कर्ष निकालेको छ,' स्रोतले भन्यो, 'तर, घर भत्काउने काम उड्डयन प्राधिकरणको होइन, यो काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने भएकाले बाँकी काम उसैले गर्छ।'
स्रोतका अनुसार केही दिनभित्रै प्रतिवेदनको एक–एक प्रति व्यवस्थापिका संसदको विकास समिति र काठमाडौं महानगरपालिकालाई बुझाइने छ। त्यसपछि कोटेश्वर चोकमा रहेका तीन तलाभन्दा अग्ला घरबारे के गर्ने भन्ने निर्णय विकास समिति र महानगरपालिकाले गर्नेछन्। 'आशा छ, यसबारे सही निर्णय हुने छ र मुलुकको उड्डयन सुरक्षामा परिरहेको गम्भीर असर हट्ने छ,' स्रोतले भन्यो।
उड्डयन प्राधिकरणले कोटेश्वर चोकका अग्ला घरबारे छानबिन गर्न समिति गठन गरेपछि संसदको विकास समितिले पनि त्रिभुवन विमानस्थलको सुधार तथा उडान सुरक्षाबारे सम्बद्ध निकायसँग छलफल गरेको थियो। समितिले पनि शाहीको आठतले सहित कोटेश्वर चोकमा रहेका अग्ला घरले उड्डयन सुरक्षामा गम्भीर असर पुर्या एको तथा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसहित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई करोडौं घाटा लगाइरहेको भन्दै तीन महिनाभित्र समस्या समाधान गरी विस्तृत प्रतिवेदन पेस गर्न साउन २५ गते सरकारलाई निर्देशन दिएको थियो।
समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल लगायतसँग छलफल गरेपछि पर्यटन मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास प्राधिकरण र काठमाडौं महानगरपालिकालाई ती घरबाट सिर्जित समस्या समाधान गर्न निर्देशन दिएको थियो।
त्यसलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि कोटेश्वरका अग्ला घरबारे छानबिन गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको थियो।
शाहीको उक्त घर नक्सा पासविपरीत निर्माण भएको काठमाडौं महानगरपालिकाले पनि पुष्टि गरिसकेको छ। महानगरपालिकाका अनुसार शाहीले उक्त घर साढे पाँच तलामात्र निर्माण गर्ने गरी नक्सा पास गराएका छन्। तर, ठिक विपरीत उनले साढे दुई तला थपेका थिए भने अन्तिममा फलाम (ट्रस) बाट थप एकतला निर्माण गरेका थिए। त्यसबीचमा उड्डयन क्षेत्रको नियामक तथा त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक निकाय नागरिक उड्डयन प्राधिकरणले शाहीलाई तल नथप्न आग्रह गरे पनि उल्टै अटेर गर्दै तला थपेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्दा जुन ठाउँबाट जहाजले भुइँ छाड्छ, त्यहाँबाट दक्षिणपट्टि ३ सय मिटरजतिको दुरीमा शाहीको सँगै अन्य अग्ला घर ठडिएका छन्। ती घरका कारण ३ सय सिट क्षमतासम्मका ठूला जहाजले आफ्नो भारवहन क्षमताभन्दा झन्डै ६ टन (६ हजार किलो) र १ सय ५० देखि १ सय ७० सिट क्षमताका साना जहाजले दुई टन (२ हजार किलो) कम तौल बोक्दै आएका छन्। तोकिएकै जति तौल लिएर उड्दा तिनै घरका कारण दुर्घटना हुन सक्ने डर रहेको वायुसेवा कम्पनीहरूको भनाइ छ।
नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अनुसार यस्तो समस्याका कारण ठूला जहाजले यहाँबाट जाँदा एउटा उडानमा सिटभन्दा ५४ र सानाले १८ यात्रु कम बोकिरहेका छन्। केहीले भने कार्गो कम बोकिरहेका छन्।
नेपाल वायुसेवा निगमको १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०' सिरिजको जहाजले पनि १ सय ४० मात्र यात्रु बोकेर उडान भरिरहेको छ। यो हिसाबले एक उडानमा १८ यात्रु कम हुँदा दैनिक एक उडानमा निगमले ५ लाख ४० हजार रुपैयाँ आम्दानी गुमाइरहेको छ। निगमले २ जहाजबाट दैनिक एक–एक उडान गरिरहेको छ जसबाट दैनिक करिब १० लाखभन्दा बढी आम्दानी गुम्छ।
निगमको भन्दा ठूला जहाज र बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको आम्दानी धेरै उच्च छ। कुनैले दैनिक चार उडानसम्म गरिरहेका छन् भने कुनैले दैनिक एक उडान गरिरहेका छन्। अधिकांशले सानो आकारका जहाज ल्याउँछन्। कतार एयरवेज, टर्किस एयरलाइन्स, थाई एयरवेजलगायतले भने ठूलो आकारका जहाज ल्याउने गरेका छन्।