स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गर्दै रातारात राजनीतिक दलका नेता, कार्यकर्ताहरु हिड्ने र यसले झडप हुने सम्भावना भएपछि प्रशासनले सुनसरीको ४ गाउँपालिका भरी र ३ नगरपालिकाको केही वडामा निषेध आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार राति ८ बजेदेखि मतदान हुने दिन शुक्रबार बिहान ५ बजेसम्मको लागि निषेध आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार धेरै झडप हुने सम्भावना देखिएकोले निषेध आदेश जारी गर्नुपरेको हो। उक्त समयमा सुरक्षा निकायसँग समन्वय गरेरबाहेक अन्य व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ। ‘झडप हुने धेरै सम्भावना देखियो। त्यसैले झडप रोक्नको लागि यो आदेश गरिएको हो,’प्रजिअ यादवले भने,‘गए राती पनि स्थिति त्यस्तो देखियो। आज पनि नहोस् भनेर आदेश गरिएको हो।’
सुनसरी प्रशासनले भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका भरी निषेध आदेश जारी गरेको छ। यस्तै, इटहरी उपमहानगरपालिका वडा नं ३ मा पनि निषेध आदेश जारी गरिएको छ भने दुहबी नगरपालिकाको वडा नं १, ८ र ९ मा पनि निषेध आदेश जारी भएको छ। यस्तै, इनरुवा नगरपालिका वडा नं ३, ९ र १० मा पनि आदेश जारी गरिएको छ।
सुनसरीका प्रहरी प्रमुख तथा एसपी सञ्जयसिंह थापाले सुरक्षा अवस्था नियन्त्रणमा नै रहेको भएपनि अप्रिय घटना हुन नदिन निषेध आदेश जारी गर्नुपरेको बताए। राती राती राजनीतिक दलका कार्यकर्ताहरु सक्रिय भएर हिड्ने गरेको र यसले मुठभेठ हुनसक्ने अवस्था देखिएको उनले बताए। ‘मौन अवधिमा दलहरु सक्रिय भएर हिड्न थालेपछि समस्या देखियो, त्यसैले कुनै घटना हुन नदिन निषेध आदेश भएको हो,’एसपी थापाले भने।
एसपी थापाका अनुसार समग्रमा जिल्लाको निर्वाचन लक्षित सुरक्षा स्थिति सामान्य अवस्थामा रहेको छ। सुरक्षा संयन्त्रहरु सचेत र सक्रिय रहेको पनि उनले बताए। निर्वाचनको लागि जिल्लाभर करिब ४३ सय सुरक्षाकर्मीहरु परिचालन गरिएको पनि एसपी थापाले जानकारी दिए। उनका अनुसार निर्वाचनको लागि २०६८ जना म्यादी, १३१७जना प्रहरी, ५६५ जना सशस्त्र प्रहरी, ३३० जना आर्मी र १९ जना राष्ट्रिय अनुसन्धानबाट खटिएका छन्।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...