मौन अवधिमा आचारसंहिता विपरित राति घरघरमा आएर मतदातालाई प्रभावित पार्न खोजेको भन्दै सूर्यविनायक नगरपालिका ५ कटुञ्जेका स्थानीयले उम्मेदवारलाई नियन्त्रणमा लिएका छन्।
नेकपा एमालेकोतर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका राजकुमार जोशी र वडा सदस्यका उम्मेदवार मनोज थापालाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।
बुधबार राति करिब १२ बजे स्थानीय घरदैलोमा आइरहेका उनीहरु दुवैलाई गाडीसहित नियन्त्रणमा लिइएको हो।उनीहरुलाई कटुञ्जे प्रहरी चौकीमा छलफल गरि फेरि आउने शर्तमा छोडिएको छ।
भक्तपुर नगरपालिकामा उमपेयर पदमा उम्मेदवारी दिएका ओमचरण अमात्यले आचारसंहिता उल्लंघन गरेका छन्। मौन अवधि सुरु भइसकेपछि उनले सामाजिक सञ्जालमार्फत् भोट मागेर आचारसंहिता उल्लंघन गरेका हुन्।
नेकपा एसबाट भक्तपुर नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका उनले कलम चिन्हमा छाप लगाएर आफूलाई जिताउन आठ मिनेट ४७ सेकेण्डको सन्देश सार्वजनिक गरेका थिए। भक्तपुर नगरमा नेपाली कांग्रेस र नेकपा एसको गठबन्धन अनुसार नेपाली कांग्रेसले मेयर पाएको छ भने नेकपा एसले उपमेयरको भागबन्डा भएको छ।
यस अनुसार नेपाली कांग्रेसकोतर्फबाट रामप्रसाद कासुलाले भक्तपुर नगरको मेयर पदमा उम्मेदवारी दिएका छन् भने ओमचरण अमात्यले उपमेयर पदमा उम्मेदवारी दिएका छन्। केन्द्रमा गठबन्धन भएका माओवादी केन्द्र र अन्य दलहरुले भने छुट्टै उम्मेदवारी दिएका छन्।