मोरङमा दिउँसो पौने ४ बजेसम्ममा ५५ प्रतिशत भन्दा बढी मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार पौने ४ बजेसम्ममा ५५ प्रतिशत भन्दा बढी मतदान भएको हो।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार दिउँसो सम्ममा ५५ प्रतिशत भन्दा बढी मतदान भइसकेको छ। मोरङमा उत्साहजनक रुपमा मतदान भइरहेको अधिकारीले बताए। मोरङमा छिटफुट बाहेक कहिं कतै विवादसमेत नभएको उनले बताए।
अधिकारीले भने ‘मोरङका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्वक उत्साहजनक रुपमा मतदान भइरहेको छ।’ मोरङमा ३ सय ओटा मतदानस्थलमा ८ सय ओटा मतदान केन्द्र रहेका छन्। मोरङमा ७ लाख १५ हजार २ सय २३ जना मतदाता छन्।
जसमा ३ लाख ५१ हजार ७ सय ६९ जना महिला, ३ लाख ६३ हजार ४ सय ४८ जना पुरूष र अन्य ६ जना मतदाता छन्। निर्वाचन आयोगका अनुसार जिल्लाका १७ ओटा स्थानीय तहमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा बढी १ लाख ३३ हजार १ सय ४२ जना मतदाता छन्।