निर्वाचनमा सुरक्षाका लागि सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ८ को श्री आधारभूत विद्यालय मतदानस्थलको खटिएका एक जना प्रहरी जवानले बोकेको राइफल पड्किएको छ। प्रहरी जवान विशेष याक्खाले बोकेको इन्सास राइफल अचानक आज दिउँसो पड्किएको हो।
राइफल पड्किदा केही बेर होहल्ला भई मतदाताबीच भागदौड भएको थियो। राइफल के कारणले पड्किएको यकिन हुन सकेको छैन्। जिल्ला प्रहरी कार्र्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र कार्कीले भने भुलवस पड्किएको बताए। राइफल पड्किए पनि घटनामा कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।
यसैगरी, बराहक्षेत्र वडा नं. १० को भगवती निम्न माध्यमिक विद्यालयको मतदान केन्द्रमा शुरुवातमा बराहक्षेत्रबाट मेयरका उम्मेदवार निलम खनाल केन्द्रभित्र प्रवेश गरेको बिरोधमा काँग्रेस कार्यकर्ताले हो हल्ला र नाराबाजी गरे। खनाल चढेको गाडीमा काँग्रेस कार्यकर्ताले ढुंगामुढा समेत गरे। यस्तै, बराहक्षेत्र वडा नं. ६ को महेन्द्र माध्यमिक विद्यालयको मतदान केन्द्रमा सूचना, प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुग्दा पनि एमालेका कार्यकर्ताले होहल्ला र नाराबाजी गरे।
मतदानका क्रममा सुनसरीका हरिनगरमा नेपाली काँग्रेसका कार्यकर्ता र जनता समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ। जनता समाजवादी पार्टीका कार्यकर्ताले मतदातालाई भोट हाल्ने चिन्हसहित उम्मेदवारको भिजिटिङ् कार्ड वितरण गरेको बिरोधमा कुटाकुट भएको हो। कुटाकुटबाट कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जानकारी दिइयो।
यसैबीच, इटहरीमा नौ जना किरियापुत्रीले मतदान गरेका छन्। इटहरी वडा नं. ७ को लक्ष्मी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट ६ जना र इटहरी वडा नं. १६ को सरस्वती जब्दी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट तीन जनाले गरी नौ जनाले मतदान गरेका हुन्।
इटहरी वडा नं. ७ बाट चन्द्रकान्त न्यौपाने, लोकनाथ न्यौपाने, त्रिभुराज न्यौपाने, सपना न्यौपाने, तिला न्यौपाने र उर्मिला न्यौपानेले मतदान गरेका छन्। यस्तै, इटहरी वडा नं. १६ बाट प्रेमप्रसाद न्यौपाने, शोभा न्यौपाने र धर्मकुमारी न्यौपानेले मतदान गरेका हुन्। बुवा तोयानाथ न्यौपानेको निधन भएको नवौँ दिनका दिन उनीहरूले मतदान गरेका हुन्।