सरोगेसीको उपत्यकाबाहिर पनि फैलँदो सञ्जाल
०१ भदौ २०७२
•
१२ मिनेट पाठ
सरोगेसीको उपत्यकाबाहिर पनि फैलँदो सञ्जाल
काठमाडौं-नेपालमा कानुनी मान्यता पाइनसकेको सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने विधि) उपत्यका बाहिर पनि विस्तार भएको पाइएको छ। स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले हाल सरोगेसी सेवा दिइरहेका राजधानीका चार अस्पतालका व्यवस्थापक एवं सरोगेट आमासँग कुराकानी गर्दा नेपालगन्ज, वीरगन्ज र विराटनगरमा पनि सरोगेसी सेन्टर खुलिसकेको तथ्य फेला परेको हो।

'विस्तृत प्रतिवेदन तयार नपार्दासम्म कुन–कुन अस्पतालअन्तर्गत भनेर खुलाउन मिल्दैन,' छानबिन समितिका एक सदस्यले भने, 'सार्वजनिक भएका तथ्यहरूभन्दा धेरै ठूलो सञ्जाल बनाएर अस्पतालहरूले सेवा दिइरहेको पाइयो।'

समितिका ती सदस्यले उपत्यकामा सेवा दिइरहेका अस्पतालले ती ठाउँमा सरोगेट आमा खोज्नकै लागि शाखा खोलेको हुन सक्ने बताए।

'भाडामा कोख दिन खोज्नेहरूको पहिचान गर्न र नाकाबाट बाहिर लान पनि सजिलो होस् भनेर सीमा क्षेत्रमा पनि सेन्टर खोलेको देखिन्छ,' उनले भने।

सरोगेसीसम्बन्धी कानुन नै नबनेको अवस्थामा नेपालमा कानुनी मान्यता पाएको प्रचारप्रसार गर्दै ठूलो संख्यामा विदेशी र नेपाली महिलाको कोख भाडामा लिएर बच्चा जन्माइरहेको खबर सार्वजनिक भएपछि मन्त्रालयले छानबिन समिति बनाएको थियो।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले छानबिन समितिको प्रतिवेदन नआएसम्म केही जानकारी दिन नमिल्ने बताए। स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख महेन्द्र श्रेष्ठको संयोजकत्वमा बनेको समितिमा मन्त्रालयकै कानुन शाखा प्रमुख खुमानन्द भुसाल र प्रसूति गृहका विशेषज्ञ डा. गेहनाथ बराल सदस्य छन्।

समितिले राजधानीका ग्रान्डी, ग्रिनसिटी, ओम र भेनस अस्पतालमा पुगेर व्यवस्थापनसँग परामर्श गरेको थियो।

सबैभन्दा बढी सेवा दिइरहेको ग्रान्डी सिटीमा सञ्चालक नभएको भन्दै अस्पतालका कर्मचारीले जानकारी दिन नमानेको समिति स्रोतले बतायो। 'हामी छिट्टै रिपोर्ट दिने तयारीमा थियौ, ग्रान्डी सिटीका प्रमुख व्यक्ति ११ दिन लामो ध्यानमा जानुभएको छ भन्ने कुरा आयो,' स्रोतले भन्यो।

समितिले स्वास्थ्य मन्त्रालयका तर्फबाट चारवटै अस्पताललाई पत्र दिएर सोधपुछका लागि आएको जनाउँदै सहयोगका लागि आग्रह गरेको छ। समितिका सदस्यहरूले सरोगेसीका कतिपय सेन्टरमा प्रवेश गर्न प्रहरी प्रशासन चाहिने र कूटनीतिक तहको समेत संलग्नता देखिएकाले स्वास्थ्य एक्लैले छानबिन गर्न नसक्ने प्रारम्भिक निष्कर्षसमेत निकालेको छ।

'कार्यविधि बनेको छैन, अहिले परराष्ट्रदेखि धेरै निकायको संलग्नता देखिन्छ, सहसचिवस्तरीय समितिले कसरी अरू मन्त्रालयलाई औल्याउन सक्छ?' समितिका सदस्यले भने। ती सदस्यले गहिराइमा गएरभन्दा पनि अहिले देखिएको अवस्थासहित सेवा चाहिने नचाहिने भन्नेबारे विस्तृत अध्ययन जरुरी भएको बताए।

स्वास्थ्य सचिव श्रेष्ठले भने मन्त्रालयले सरोगेसीमा छानबिन थालेको भन्दै प्रतिवेदनका आधारमा कारबाही गरिने बताए। मन्त्रालय उच्च स्रोतका अनुसार स्वास्थ्यबाट फाइल नै गायब भएको विषयमा छानबिन गर्ने अधिकार भने समितिलाई छैन। फाइल गायबमा मन्त्रीकै संलग्नता आशंका गरिएकाले समितिलाई सो विषयमा छानबिन गर्न अधिकार नदिइएको हो।

मन्त्रिपरिषदबाट कानुन बनाएर उक्त सेवा चलाउन सैद्धान्तिक सहमति दिने निर्णय भएलगत्तै फाइल गायब पारिएको थियो। स्वास्थ्य मन्त्रालयअन्तर्गत चिकित्सा सेवा महाशाखाबाट टिप्पणीसहित मन्त्रिपरिषदबाट निर्णय भएको १० महिना बित्दा पनि उक्त फाइल महाशाखा फर्किएको छैन। स्वास्थ्य मन्त्रालयको प्रस्तावका आधारमा मन्त्रिपरिषदले गत वर्ष असोज २ गते सरोगेसी सेवा दिने स्वास्थ्य संस्थामा हुनुपर्ने पूर्वाधारसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो।

त्यससम्बन्धी कानुन नबन्दै मन्त्रालयकै सहमतिमा केही अस्पतालले अनधिकृत रूपमा यो सेवा सुरु गरिसकेका छन्। छानबिन समिति पुग्दा यस्तो सेवा दिइरहेका केही अस्पतालले सरोगेसी सेवा नदिएको दाबी गरेका थिए भने केहीले मन्त्रालयले कानुनी मान्यता पाएको दाबी गर्दै पत्रसमेत देखाएका थिए।

मन्त्रालयकै असम्बन्धित महाशाखाले कान्तिपथस्थित ग्रान्डी सिटी क्लिनिक एन्ड डाइगोस्टिक सेन्टरलाई २०७१ असोज २८ मा पत्राचार गरी सरोगेसी सेवाका लागि आवश्यक सम्पूर्ण पूर्वाधारबारे जानकारी दिँदै सेवा सुरु गर्न भनेको थियो।

सरोगेसीसम्बन्धी सेवा चिकित्सा सेवा महाशाखाअन्तर्गत पर्ने भए पनि प्रशासन महाशाखाका सहसचिव केदारबहादुर बोगटीले अस्पताललाई पठाइएको पत्रमा हस्ताक्षर गरेका छन्।

ग्रान्डी सिटीसँगै ओम, भेनस र ग्रान्डीजस्ता ठूला अस्पतालले पनि सरोगेसी सेवा दिइरहेको तथ्य फेला परेको छ। ठूला अस्पतालले भारतमा आइभी सेवा दिइरहेका अस्पतालका चिकित्सक र दलाललाई नेपाल भिœयाएर सेवा प्रदान गरिरहेको पाइएको छ।

सरोगेसीका लागि आकर्षक गन्तव्य मानिने दुई मुलुक थाइल्यान्ड र भारतमा विकृति देखिएपछि त्यहाँ व्यावसायिक सरोगेसीमा प्रतिबन्ध लगाइएको छ। अमेरिकाका अधिकांश राज्य, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायतमा व्यावसायिक सरोगेसी बन्द छ।

प्रतिबन्ध लगाइएका देशमा सेरोगेसीका कारण लिंग पहिचान र भु्रण हत्या बढ्ने गरेको, एउटै महिलालाई पतिले दबाब दिएर पटक–पटक सेरोगेसी बन्न बाध्य गराउने गरेको, बच्चामा 'डाउन सिन्ड्रोम' देखिए लान अस्वीकार गर्ने, लिंगका आधारमा पनि लान नमान्ने हुनाले सेवा दिने देशमा ठूलो झन्झटसमेत निम्तिने गरेपछि ती देशहरूले यो सेवा बन्द गरेका थिए।

'सरोगेसी हब' मानिएका अधिकांश क्षेत्रमा सेवा बन्द भएपछि माफियाले नेपाललाई नयाँ गन्तव्यका रूपमा विकास गर्न खोजेको उच्च सरकारी अधिकारी बताउँछन्।

ग्रान्डीले भारतीय चिकित्सक डा. रीता बक्सीलाई यो सेवा सञ्चालन जिम्मा दिएको छ। उनले 'सरोगेसी नेपाल' नामक वेबसाइट खोलेकी छन्। बक्सीको फेसबुक पेजमा समेत यससम्बन्धी विज्ञापन छ। त्यसैगरी, ग्रान्डी सिटीले भारतीय डा. शिवानी सचदेव र डा. साहिल गुप्तालाई यो सेवा प्रदान गर्ने जिम्मा दिएको छ।

ग्रान्डीले २०१४ अक्टोबर र ओमले २०१५ को फेब्रुअरीमा विदेशी नागरिकलाई सरोगेसी सेवा दिएर जन्मिएको बच्चाको जन्मदर्ता प्रमाणपत्रसमेत दिएको पाइएको छ। उनीहरूले ती बच्चा विदेश लैजाने क्रममा परराष्ट्र मन्त्रालयअन्तर्गतको प्रमाणीकरण शाखामा बुझाएका थिए। त्यसको प्रतिलिपि नागरिकसँग सुरक्षित छ।

स्रोतका अनुसार अन्य थुप्रै अस्पतालले पैसाको लोभमा 'सरोगेसी दलाल' सँग मिलेर आइभीमार्फत भ्रुण प्रत्यारोपण र प्रसूति सेवा दिइरहेका छन्। अस्पताल सञ्चालकहरूले भने आफूहरूले प्रसूति सेवा मात्रै दिएको दाबी गर्दै आएका छन्। स्वास्थ्य मन्त्रालयले केही अस्पताललाई आवश्यक पूर्वाधार तयार पारेर निवेदन दिन सक्ने आशयको सूचनासमेत प्रकाशन गरेको छ।

मन्त्रिपरिषदले कानुन बनाउन दिएको सैद्धान्तिक सहमतिलाई नेपालमा कानुनी मान्यता पाएको भन्दै दर्जनौं संस्थाले वेबसाइटमार्फत ग्राहक खोज्न थुपै्र विज्ञापन गरिहेका छन्।

अहिले केही ठूला अस्पतालले ४० देखि ५० लाख रुपैयाँ लिएर सरोगेट आमाको नियमित गर्भावस्था परीक्षण, टेस्ट्युबमा डिम्ब र वीर्य मिलाएर भु्रणको विकास गरेपछि त्यसको प्रत्यारोपण र पछि प्रसूति सेवा दिने गरेका छन्। दलालहरूले बच्चा राख्न धापासी, कालोपुल, कुपन्डोललगायत क्षेत्रमा घर भाडामा लिएका छन्। अहिले नेपालमा महिला र ग्राहकको खोजी, वीर्य संकलनका काम दलालहरूले गरिदिने गरेका छन्।

उनीहरूले सरोगेट मदरसँग सम्झौता गरेपछि नौ महिनासम्म बन्धकजस्तै बनाएर समूहमै राखेर हेरविचार गर्दै बच्चा पाएपछि सम्झौताअनुसार ३ देखि ४ लाख दिएर छाड्ने गरेका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस